सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक फागुन २ गतेसम्मका लागि स्थगित

 न्यूज विराट
सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक फागुन २ गतेसम्मका लागि स्थगित

काठमाडौं । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको जनाएको छ ।

सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक स्थगित भएको जनाइएको छ । सूचनामा भनिएको छ, ‘माघ २६ गते बुधबार दिउँसो १ बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम फागुन २ गते सोमबार दिउँसो १ बजे बस्ने व्यवहोरा सूचना प्रकाशित गरिएको छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्न सभामुखलाई सन्देश पठाएका थिए । सभामुखले पनि माहोल राम्रो नभएको भन्दै टेबुल नगर्ने अडान लिइरहेका छन् ।

सम्बन्धित समाचार

तेस्रो प्रयासमा गच्छदारलाई हराउँदै भगवती चौधरीको संसद्‍ यात्रा

विराटनगर । सुनसरीको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् । उनले काँग्रेसका नेता विजय गच्छदारलाई हराउँदै प्रतितिनिधि सभामा विजयी भएकी हुन् । २०७० सालको संविधानसभा निर्वाचन र...

आईपिएलः मुम्बईलाई हराउँदै चेन्नाइ शीर्ष स्थानमा

एजेन्सी, ४ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा चेन्नाइ सुपर किंग्सले विजयी सुरुआत गरेको छ । आइतबार भएको खेलमा चेन्नाइले मुम्मबइ इन्डियन्सलाई २० रनले पराजित गरेको हो । जितपछि ८ खेलबाट दिल्ली क्यापिटल्स...

सनसिटी अपार्टमेन्टका २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २ वैशाख-पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको पाटन अस्पतालले जनाएको छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए...

मोरङको बाहुनीमा न्यूरोको वृहत् स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकको सेवाबाट बिरामी दङ्ग

विराटनगर । विराटनगरस्थित  न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले मोरङको बेलबारी ७ बाहुनीमा वृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । स्वास्थ्य अभियान कार्यक्रम अन्तर्गत बाहुनीमा शनिवार वृहत् स्वास्थ्य शिविर आयोजना गरेको हो ।  न्युरो अस्पतालका...

तोकियो गहुँको समर्थन मूल्य, प्रतिक्‍वीन्टल ९६ रुपैयाँ बढाइयो

सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । गत वर्षको तुलनामा केही रकम बढाएर सरकारले गहुँको समर्थन मूल्य तोकेको हो । कृषि मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गहुँको समर्थन मूल्य बढाउने प्रस्ताव २० फागुनमा...

सरकारले सञ्चारमाध्यमको नवीरण शुल्कमा छुट दिने

काठमाडौं, १ साउन-सरकारले सञ्चारमाध्यमको नवीरण शूल्कमा छुट दिने निर्णय गरेको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारीमा समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चारमाध्यमको नवीरण शूल्कमा छुट दिने निर्णय पनि भएको बताए । मन्त्रिपरिषद्का निर्णय...

ब्राजिलमा एकैदिनमा ४८ हजार कोरोना संक्रमित

एजेन्सी, असार १९-ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिनमा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८ हजार १ सय ५ जना सक्रमित भएका हुन् । यो सँगै...

‘लक डाउन’ उल्लंघन र अनुमतिबिना बाँडेपछी सेनिटाइजर नियन्त्रणमा: मेयर राई

विराटनगर, चैत १५। मोरङको रतुवामाई नगरपालिकाका मेयर रवीन राईले सरकारले घोषणा गरेको लक डाउन उल्लंघन गरेकाले सेनिटाइजर नियन्त्रणमा लिएको स्पष्ट पारेका छन् । उनले उर्लाबारी नगरपालिका सम्मको मात्र पास ल्याएर रतुवामाई प्रवेश गर्न नपाउने दावी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्