मधेसका तीन जिल्लामा एमाले अधिवेशनको नयाँ मिति तोकियो

 न्यूज विराट
मधेसका तीन जिल्लामा एमाले अधिवेशनको नयाँ मिति तोकियो

महोत्तरी, २२ माघ । नेकपा (एमाले) ले मधेस प्रदेशका तीन जिल्लामा अशिवेशनको मिति तय गरेको छ । प्रदेश कमिटीको शुक्रबार साँझको बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमशः ७–८ फागुन, ९–१० फागुन र ११–१२ फागुनका लागि तय गरेको हो ।

आसन्न निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश अधिवेशनभन्दा अघि जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्नैपर्ने चुनौती रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले बताउनुभयो । प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइइसकेको बताउदै आएका छ भने अर्को पक्षले विरोध गर्दै आएको छ । महोत्तरीमा चार केन्द्रीय सदस्यमध्ये दुई जना एउटा कित्तामा र दुई जना अर्को कित्तामा उभिएका छन् ।

एमाले पोलिटब्युरो सदस्यसमेत रहेका रामदयाल मण्डल र केन्द्रीय सदस्य बुधिनीदेवीले जिल्ला कमिटीका लागि सपथसमेत खुवाए भने केन्द्रीय सदस्यद्वय सरोज यादव र टेकबहादुर बलाम्पाकीले विरोध गर्दै आएका छन् । कोभिडको कारण देखाउदै पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेको थिएन ।

सम्बन्धित समाचार

प्रदेश ५ मा २५ जना संक्रमित निको भएर घर फिर्ता

बुटवल, १९ जेठ-भैरहवाको भीम अस्पतालबाट कोरोना जितेर २५ जना घर फर्किएका छन् । रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुका ५, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका १ र रुपन्देहीको कोटहीमाई...

करसम्बन्धी सरकारको भ्याकेट निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौं, १ असार-सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीका विरुद्ध सरकारले ल्याएको भ्याकेट (पुनरावलोकन निवेदन) खारेज गर्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार...

असुरक्षित गर्भपतनले महिलाको मृत्यु, मेडिकल संचालक पक्राउ

विराटनगर । असुरक्षित गर्भपतन गराउने क्रमम झापाको एक जना महिलाको मृत्यु भएको छ । औषधि पसलले गर्भपतन गराउनका लागि दिएको औषधि सेवन गर्दा दमक नगरपालिका–४ की ४० वर्षीया कल्पना राईको मृत्यु भएको हो । मोरङको...

भौतिक विकासलाई भन्दा मानवीय विकासलाई प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले साना सडक, मन्दिर र सामुदायिक भवनको योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्नु अपराध हो भन्दै प्रश्न गरेका छन् । झापाको शिवसताक्षी गाउँपालिका ३ पाराबारीमा मुख्यमन्त्रीसँग योजना...

कोरोमा माहामारीमा पनि सामाजिक काममा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउनटाउन

विराटनगर, २३ असोज–विश्वव्यपी माहामारिका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का बिच पनि रोटरी क्लब अफ विराटनगर डाउन टाउन सामाजिक कार्यमा अग्रसर बन्दै आएको छ । नियमित विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर...

२४ घण्टामा १८० जनामा कोरोना संक्रमण

काठमाडौं, २२ असार-सोमबार कोरोना भाइरस संक्रमितको संख्या घटेको छ । देशभर १८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्यष मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालमा गरिएको परीक्षणमा...

कोरोनाभाइरसको संक्रमणबाट १७ प्रहरीको मृत्यु

काठमाडाैं, १४ वैशाख-कोरोनाभाइरसको संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा देशव्यापी जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा कोरोना संक्रमित १७ जना प्रहरीको मृत्यु भएको अधिकारीहरु र स्थानीय मिडियाले जनाएका छन् । अधिकारीहरूले यस हप्ताको सुरुमा नै...

मेयर राजवंशीले गरे केचना डेरीलाई ३ हजार लिटर क्षमता भएको दुध चिस्यान उपकरण हस्तान्तरण

विराटनगर, २० असार । सुनवर्षी–१ स्थित केचना सहकारी संस्थाले सञ्चालन गरेको दुध चिस्यान उपकरण हस्तान्तरण गरिएको छ । सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले ३ हजार लिटर क्षमता भएको दुध चिस्यान उपकरण हस्तान्तरण गरेका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्