रतुवामाईबाट साढे चार केजी गाँजासहित एक जना पक्राउ

 न्यूज विराट
रतुवामाईबाट साढे चार केजी गाँजासहित एक जना पक्राउ

विराटनगर, ९ माघ । मोरङको रतुवामाई नगरपालिकाबाट प्रतिवन्धित लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका—८ स्थित कुखुरे डाँडाबाट स्थानीय ४५ वर्षीय कृष्ण राईलाई ४ केजी ३९० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

आइतबार दिउँसो १२ बजेतिर इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएका प्रहरी जवान अण प्रसाद कोइरालाले राईलाई घरबाटै पक्राउ गरेका हुन् । प्रहरी जवान कोइरालाले गोप्य सूचनाका आधारमा खान तलासी गर्दा घरमै उक्त परिमाणको गाँजासहित राईलाई पक्राउ गरेका थिए ।

पक्राउ परेका राईको विषयमा थप अनुसन्धान भइरहेको र आइतबार म्याद थपका लागि जिल्ला अदालत लगिने प्रहरीले जनाएको छ । प्रहरी जवान कोइरालाको सकृयताका कारण पछिल्लो समय सो क्षेत्रबाट लागुऔषध ओसारपसार र कारोबारमा संलग्ग व्यक्तिहरु धमाधम पक्राउ पर्दै आएका छन् ।

केही दिन अघि पनि प्रहरी जवान कोइरालाले रतुवामाईबाटै ठुलो परिमाणको लागुऔषधसहित एक जनालाई पक्राउ गरेका थिए ।

सम्बन्धित समाचार

प्रदेश १ का मुख्यमन्त्री कार्कीसहित तीन मन्त्रीले लिए शपथ

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।प्रदेश प्रमुख पर्शुराम खापुङ्गबाट सोमबार मुख्यमन्त्री कार्कीले शपथग्रहण गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीसँगै अन्य तीन मन्त्रीले...

मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेकपा एमालेद्धारा खेद ब्यक्त

विराटनगर । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । आज सम्पन्न जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा...

समय तालिकाअनुसार सबै व्यवसाय खुलाउन माग

पोखरा, १७ जेठ-लकडाउनका कारण अर्थतन्त्र सिथिल भएको भन्दै पोखरा क्षेत्रका व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिले समय तालिका मिलाएर सबै व्यापार/व्यवसाय खोल्नुपर्ने माग गरेका छन् । उनीहरूले प्रशासनले तोकेको समयमा सुरक्षाका सबै निर्देशन पालना गर्दै व्यवसाय गर्न तयार...

अदालतबाट जेल सजाय तोकिएकी फरार नेकपा सांसद प्रदेशसभामा उपस्थित

विराटनगर, जेठ १४-सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको अभियोगमा अदालबाट एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवाना सजाय तोकिएकी प्रदेश १ की सांसद गुलेफुन मियाँ खातुन बुधबार प्रदेशसभा सचिवालयमा सुटुक्क प्रवेश गरिन्...

कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्छःमन्त्री मगर

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सहकारीले कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्ने बताउनु भएको छ।नेपाल निजामती कर्मचारी संगठन मोरङको विस्तारित वैठक तथा सम्मान कार्यक्रम एवं राष्ट्र सेवक वचत तथा ऋण सहकारी संस्था लिमिटेड...

चितवनमा ५३७ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

चितवनका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत ५३७ जना चिकित्सक–स्वास्थ्यकर्मी कोभिड–१९ सङ्क्रमित भएका छन् । सरकारी, निजी अस्पताल, पालिकाकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक–स्वास्थ्यकर्मी सङ्क्रमित भएका हुन् । हालसम्म सबैभन्दा बढी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १४४...

सप्तरीमा आगलागीबाट तीन घर जलेर नष्ट

सप्तरी, माघ १–सप्तरीको तिलाठी कोलाडी गाउँपालिकामा आज बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । वडा नं ७ मा स्थानीय देवनारायण साहको घरबाट अचानक सल्केको आगो निजको एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको...

लेटाङ बजारमा अनुगमन, म्याद गुज्रिएका औषधी बरामद

विराटनगर, बैशाख २१-मोरङको लेटाङमा बजार अनुगमन गरिएको छ । घरेलु कार्यालय विराटनगरको संयोजकत्वमा वाणिज्य कार्यालय, औषधि व्यवस्था कार्यालय, लेटाङ नगरपालिका लगायतको टोलीले बजार अनुगमन गरेको हो । मोरङका विभिन्न ठाउँमा बजार अनुगमनलाई निरन्तरता दिएको घरेलु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्