अब वीरेन्द्रनगरमै ठूलो क्षमताको अक्सिजन प्लान्ट, उत्पादन सुरु

 न्यूज विराट
अब वीरेन्द्रनगरमै ठूलो क्षमताको अक्सिजन प्लान्ट, उत्पादन सुरु

वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ । करिब डेढ करोड रुपैयाँकाे लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल भएको अस्पतालले जनाएको छ ।

दोस्रो चरणको कोरोना महामारी उत्कर्षमा पुगेका बेला वीरेन्द्रनगर नगरपालिकाले चौधरी ग्रुपसँगको सहकार्यमा प्लान्ट स्थापनाको काम थालेको थियो । ‘प्लान्ट नियमित सञ्चालनका लागि तयारी अवस्थामा राखिएको छ, अब सुर्खेतमा अक्सिजनको अभाव हुने अवस्था आउने छैन’, नगरपालिकाका जनस्वास्थ्य शाखा निरीक्षक भूपेन्द्रदेव गिरीले भने, ‘प्लान्ट जडान गरी उत्पादनका लागि तयारी अवस्थामा राखिएको छ, आवश्यक पर्नासाथ सिलिन्डरमा भरिनेछ ।’

उनका अनुसार प्लान्टबाट २४ घण्टामा ४० लिटरका १५० थान सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ । उत्पादन क्षमता धेरै भएकाले यसले प्रदेशकै मेडिकल अक्सिजन अभाव टार्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । वीरेन्द्रनगरमै प्लान्ट सञ्चालन हुँदा कोरोना सङ्क्रमणका गम्भीर बिरामीदेखि स्वासप्रस्वासमा समस्या भएकालाई उपचारमा निकै राहत हुने जनस्वास्थ्य निरीक्षक गिरीको भनाइ छ ।

यसैबीच प्रदेशका पाँच जिल्लाका अस्पतालले अझै प्लान्ट सञ्चालनमा ल्याउन सकेका छैनन् । प्रदेश र सङ्घीय सरकारको सहयोगमा प्लान्ट जडानको प्रक्रिया अघि बढाइए पनि ती जिल्लामा प्लान्ट निर्माणको काम सम्पन्न हुन नसकेको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले रुकुम पश्चिम, सल्यान, मुगु, डोल्पा र हुम्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान नभएको जनाएको छ । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षमा आठ जिल्लामा मिनी अक्सिजन प्लान्ट स्थापनाका लागि प्रतिजिल्ला ४० लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।

सम्बन्धित समाचार

शिक्षादीप स्कुलमा सिंगीन र डान्सिङ्ग प्रतियोगिता

विराटनगर । विराटनगरस्थित शिक्षादीप स्कुलमा सिङगिन स्टार र डान्सिङ स्टार प्रतियोगिता आयोजना भएको छ । स्कुल परिसरमा आइतबार उक्त प्रतियोगिता भएको हो । शिक्षादीप सिंगीन स्टारको प्रथम स्मृति श्रेष्ठ, द्धितीय हिना यादव र तृतीय सन्देश...

मोरङमा श्रृंखलाबद्ध चोरीको घटना बढ्यो, सहकारीको सुरक्षा माग गदैै प्रजिअलाई ज्ञापनपत्र

विराटनगर । मोरङका सहकारी संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा चोरी,तोडफोड,कर्मचारी माथी आक्रमण जस्ता अपराधिक गतिविधिहरु ब्ढेपछि शान्ति सुरक्षा कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । अपराधिक गतिविधि नियन्त्रण गरिनुपर्ने र दोषी पत्ता लगाई कार्वाहीको माग...

प्रदेश २ का मुख्यमन्त्री राउत अभिव्यक्तिकाकारण विवादमा

जनकपुर, माघ २४–अभिव्यक्तिका कारण पटकपटक विवादमा पर्दै आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केटीले केटाको मुखमा एसिड फाल्ने कुरो गरेर फेरि विवादमा आएका छन् । मुख्यमन्त्रीको एसिडसम्बन्धी वक्तव्य सामाजिक सञ्जलमा भाइरल भइरहेको छ ।...

शनिबार एकै दिन २५ अर्ब ५५ करोड रूपैयाँ सरकारी भुक्तानी

काठमाडौ । आर्थिक वर्ष २०७८/७९ को खर्चअन्तर्गत हिजो शनिबार एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी भएको छ । हिजो भएको खर्च जोड्दा सरकारी खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ । प्राय: शनिबार सरकारी...

प्रदेश १ मा आज १७ संक्रमित थपिए, ४९ डिस्चार्ज

विराटनगर २४ असार–प्रदेश १ माआज १७ जनाकोरोनासंक्रमितथपिएका छन् । आज मोरंङमा ३, झापामा ७, सुनसरीमा २, ते¥हथुममा १, ताप्लेजुङ र इलाममा २÷२ जनामा संक्रमण देखिएको छ । सामाजिकविकास मन्त्रालयकाअनुसार मोरङको लेटाङमा एक पुरुष , धनपालथानमा...

लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

विराटनगर, १८ फागुन । झापा मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचथर आङना-४ घर भई हाल झापा दमक-१ बस्ने २३ बर्षीय गणेश खत्री र...

सिक्कममा मनाइयो इन्द्रजात्रा, झी पुचः का अध्यक्ष भविस श्रेष्ठको सहभागि

विराटनगर । भारतको सिक्कममा इन्द्रजात्रा पर्व भव्य कार्यक्रम आयोजना गरी मनाएको छ । सिक्कमका मुख्यमन्त्री प्रेम सिङ तामाङ (गोले) को प्रमुख अतिथिमा भव्य कार्यक्रम आयोजना गरी इन्द्रजात्रा मनाएको हो । इन्द्रजात्रा पर्वमा नेपालबाट विराटनगरमा रहेको...

प्रदेश १ मा ९६९ जनामा कोरोना संक्रमित थपिए

विराटनगर, २८ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ र १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्