पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात, दैनिकी कष्टकर

 न्यूज विराट
पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात, दैनिकी कष्टकर

भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो ।

प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष पुसको सुरुआतमै हिमपात भएको हो ।
पाँचथरमा पर्ने तिम्बुपोखरी, पहाडेमेगु, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफुले, फालोट, तीनसिमाना, चाररातेलगायत उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरु विन्दु चिवाभञ्ज्याङ क्षेत्र हिउँले ढाकिनुका साथै करिब दुई किलोमिटर तलसम्म सडकमा हिउँ जमेको छ । याङवरक–२ का सन्तप्रसाद बेघाका अनुसार दुई वर्षअघि मंसिर महिनाको अन्त्यमा समेत हिउँ परेको थियो । यसपालि सामान्य वर्षापछि हिउँ पर्न थालेको बेघाले जानकारी दिए ।

‘हिउँ धेरै दिनचाहिँ रहँदैन । तर यसपालि चाँडै हिमपात सुरु भयो’, उनले भने, ‘हिमपातपछि चिसो अत्यधिक बढेको छ ।’ हिमपात भएका क्षेत्रमा चौँरी तथा भेडीगोठ छन् । तर चिसो बढ्ने भएपछि गत कात्तिकबाटै गोठ गाउँबस्तीको नजिक सारिएका छन् । ‘गाउँको छेउमा सारिए पनि चिसोको प्रभाव पर्ने नै भयो’, उनले भने ।

हिमपातपछि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको छ । पाँचथरमा याङवरक गाउँपालिकामा चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा तीन सिमाना फालोट र चाररातेमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) राखिएका छन् । बिओपीहरु हिउँले ढाक्दा सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको हो । नेपालसँग सीमा जोडिएको भारतको सिक्किम क्षेत्रमा समेत हिमपात भएको छ । जिल्लामा भारतसँग सीमा जोडिएको ४५ किलोमिटर भू–भाग पर्दछ । उच्च पहाडमा पर्ने सीमा क्षेत्रमा वर्षेनीजस्तो हिमपात हुने गरेको छ ।

सम्बन्धित समाचार

२ जनामा कोरोना पुष्टि भएपछि टोखा क्षेत्र सिल

काठमाडौं, १३ जेठ-टोखा नगरपालिकाका २ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रलाई सिल गरिएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका-३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने...

महिला क्रिकेटको उपाधि मोरङलाई

विराटनगर । दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगिताको उपाधि मोरङले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा मोरङले सिरहालाई ५ विकेटले...

मन्त्री कार्कीद्वारा उदयपुरको सुरक्षाबारे ‘ब्रिफिङ’

उदयपुर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले उदयपुरमा रहेका सुरक्षा निकायसङ जिल्लाको सुरक्षाका बारेमा ब्रिफिङ लिनुभएको छ । मङगलबार जिल्ला प्रशासन कार्यालय उदयपुर परिसरमा सुरक्षा निकायका प्रतिनिधिसँग भएको छलफलमा जिल्लाको सुरक्षा...

धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज र उममेयरमा माओवादीका अइन्द्रविक्रम विजयी

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित भएका छन् । उनले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मतमा रोकिए । दुईजनाबीचको मतान्तर...

भव्य भयो अर्किड स्कुलको वार्षिक उत्सव

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले सबैको रोजाइमा परेको विराटनगरस्थित अर्किड स्कुलले वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । शनिबार स्कुल परीसरमा दिनभरी विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।...

उपत्यकासहित देशभर प्रदूषण ह्वात्तै घट्यो, अधिकांश भाग ‘ग्रिन जोन’मा

गत मंगलवारदेखि देश लकडाउनमा गएसँगै उपत्यकासहित देशभरको प्रदूषण मात्रा ह्वात्तै घटेको छ ।प्रदूषणको ‘रेड जोन’मा रहने काठमाडौं उपत्यका ‘ग्रिन जोन’मा पर्न थालेको छ । प्रदूषण मापन केन्द्रकाे तथ्यांकअनुसार दमक, धनकुटा, सिमरा र सुर्खेतबाहेक देशभर वायु...

जिल्ला कारागार झापाका १० कैदीबन्दीमा कोरोना

झापा, ९ असोज-जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा आज थपिएका १४ जना संक्रमितमध्ये एक महिला र नौ पुरुष बन्दीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन...

कोरोना असर : स्वदेश फर्किए ७७ हजार नेपाली

काठमाडौं, १० असोज-कोभिड-१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९ सय ६७ नेपाली स्वदेश आएका छन् ।  कोभिड-१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सीसीएमसी) का अनुसार बिहीबारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्