राउण्ड टेबल नेपाल बिसिआरटी १५ द्वारा ५० जना श्रमिकका परिवारलाई न्यानो कपडा वितरण

 न्यूज विराट
राउण्ड टेबल नेपाल बिसिआरटी १५ द्वारा ५० जना श्रमिकका परिवारलाई न्यानो कपडा वितरण

विराटनगर, ५ पुस । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आइरहेको राउण्ड टेबल नेपाल बिसिआरटी १५ ले न्यानो कपडा वितरण गरेको छ । राउण्ड टेबल नेपाल बिसिआरटी १५ ले एक कार्यक्रमकाबीच मोरङको कटहरीस्थित सप्तकोशी सिमेन्ट उद्योगमा कार्यरत श्रमिक र उनीहरुको परिवारलाई न्यानो कपडा वितरण गरेको हो ।

राउण्ड टेबल नेपाल बिसिआरटी १५ ले शीतकालीन सहयोग अभियानको पहिलो चरण अन्तर्गत ५० जना श्रमिक र उनीहरुका परिवारलाई न्यानो कपडा बितरण गरेको हो ।

कठ्यांग्रीदो जाडो सुरु भएपनि न्यानो कपडा खरिद गर्न समस्या भइरहेका श्रमिक र उनीहरुका परिवारका लागि सप्तकोशी सिमेन्ट परिसरमै कपडाहरु टेवलमा राखिएको थियो ।

न्यानो कपडा आवस्यक श्रमिकहरुले आफू र परिवारका लागि लाइनमा लगेर रोजाई अनुसारका कपडाहरु छानि छानि लगेका थिए । तराइ क्षेत्रमा न्यानो कपडाको अभावमा कठ्यांग्रीएर मृत्यु भएका खबरहरु आइरहेकाले जाडोबाट जोगाउनका लागि ५० जनालाई न्यानो कपडा वितरण गरिएको राउण्ड टेबल नेपाल बिसिआरटी १५ ले जनाएको छ ।

मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका श्रमिकहरुले न्यानो कपडा छानेर लान पाउदा खुशि ब्यक्त गरे । ‘हामीलाई कपडाको धेरै आवश्यकता थियो, यो बेलामा सप्तकोसी सिमेन्टमानै हामीले चाहिएको न्यानो कपडा छानिछानि लान पायौँ ।’ एक श्रमिकले भने,‘हाम्रो लागि पनि कोही छ भन्ने महसुस भएको छ । राउण्ड टेबल र सप्तकोशी सिमेन्टलाई धेरै धन्यवाद । हामी धेरै खुशी छौँ ।’

आगामी दिनमा पनि समस्यामा परेका व्यक्ति र परिवारलाई सहयोग गरिने आयोजक राउन्ड टेवल नेपाल बिसिआरटि १५ ले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा प्रचण्ड–नेपाल निकट अनेरास्ववियुका कार्यकर्ताद्वारा मशाल जुलस प्रदर्शन

विराटनगर, ९ पुस-प्रधानमन्त्री केपी शर्माओलीले गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रचण्ड–नेपाल निकट अनेरास्ववियुले विराटनगरमा मसाल जुलुससहित प्रदर्शन गरेको छ । बिहीबार साँझ माधव –प्रचण्ड समूह निकटका विद्यार्थीहरूले मसाल जुलुस सहित प्रदर्शन गरेका हुन् । विराटनगरको शनसरी...

घरको छतमा मनाइयो चैती छठी

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको ‘लकडाउन’का कारण जनकपुरधामबासीले आ–आफनो घरमै चैती छठ मनाएका छन् । चैती छठ तलाउ, पोखरी लगायतका जलाशयमा छठघाट तयार पारेर सामूहिक रूपमा पूजाअर्चना गरेर मनाइने चलन छ । तर,...

पाँच महिनामा १ अर्ब ८६ करोडको अलैंची निर्यात

काठमाडौं, पुस २२–चालू आर्थिक वर्षको मंसिरसम्ममा १ अर्ब ८६ करोड रुपैयाँबराबरको अलैंची निर्यात भएको छ । यो परिमाण गत आवको सोही अवधिको तुलनामा ५०.७ प्रतिशत धेरै हो । गत आवको पहिलो पाँच महिनामा १ अर्ब...

सञ्चार विधेयकमा भएको कमजोरी सच्याउन तयार छु : मुख्यमन्त्री कार्की

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आमसञ्चार विधेयक सहमतिमा अघि बढ्ने बताएका छन्। विराटनगरमा बुधबार प्रेस चौतारी कोशी प्रदेश समितिको दोश्रो अधिवेशनको उद्‌घाटनमा बोल्‍दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।उनले भने, ‘ सरकार प्रादेशिक...

४ जेठमा स्थानीय निर्वाचन गर्ने सरकार र आयोगबीच समझदारी

काठमाडौं, १८ माघ । निर्वाचन आयोग र सरकारबीच ४ जेठमा स्थानीय तहकाे निर्वाचन गर्ने समझदारी बनेको छ । बालुवाटारमा मंगलबार आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको छलफलमा यो समझादरी बनेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले...

आज केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २१ भदौ-आज देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसाे प्रदेश- १,  बागमती र गण्डकी प्रदेशका केही स्थानमा...

आज १०४४ संक्रमित थपिए, १२७१ जना डिस्चार्ज

गत २४ घण्टामा देशभर १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ । आज ७ हजार ४ सय १४ जनाको...

कोशी अस्पतालमा भर्ना भएका तीनै जनाको रिपोर्ट ‘नेगेटिभ’

विराटनगर, चैत १५–कोरोना भाइरस (कोभिड—१९) को आशंकामा केही दिनअघि विराटनगर स्थित कोशी अञ्चल अस्पतालको आइसोलेसनमा भर्ना भएका तीनैजनाको रिपोर्ट नेगेटिभ आएको छ । कतारबाट एक हप्ता अगाडि नेपाल आएका दुई जना युवा र विराटनगरकी एक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्