विराटनगरमा १४ सहित प्रदेश १ मा ३३ जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा १४ सहित प्रदेश १ मा ३३ जनामा कोरोना संक्रमण

विराटनगर, १६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण भएको छ । ३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १४, उर्लाबारीमा २, झापाको मेचीनगरमा ७, दमक र शिवसताक्षी १–१, सुनसरीको धरानमा २, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४ महिला र ३८ पूरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौंको तारकेश्वरमा देखियो बर्डफ्लु, २५ सयभन्दा बढी पक्षी नष्ट

काठमाडौंको तारकेश्वर पालिएका पक्षीमा बर्डफ्लु रोग देखिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका- ७, साङ्लेखोला, फुटुङमा स्थानीय कृषकले पालेको टर्की र हाँसको नमुना परीक्षण गर्दा शुक्रबार बर्डफ्लु पुष्टि...

नेपालगंजमा थप १ जनामा कोरोना संक्रमण

 काठमाडौं, २६ वैशाख-नेपालगंजमा थप १ जनामा कोरोना भाइरस देखिएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १०२ पुगेको छ । 'नेपालगंजको भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १ जनामा कोरोना पोजेटिभ देखिएको छ । उहाँ १६...

अन्तर कलेज भलबिल प्रतियोगिता सुरु

विराटनगर । जिल्लास्तरीय अन्तर कलेज भलिबल प्रतियोगिता विराटनगरमा सुरु भएको छ ।मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो । उद्धाटन खेलमा इडनबर्ग कलेज विराटनगर विजयी भएको...

इण्डो–नेपाल क्रिकेट प्रतियोगिता : भारतको पूर्णियालाई हराउँदै सिराहाको शानदार जित

विराटनगर । विराटनगरमा जारी चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा सिराहा जिल्ला क्रिकेट क्लब विजय भएको छ । भारतको डिजायर क्रिकेट क्लब पूर्णियालाई ७ विकेटले हराउँदै सिराहा क्वाटरफाइनलमा प्रवेश गरेको हो...

उत्तरी सिक्किमस्थित दुई देशीय सीमानामा भारत र चीनका सैनिकबीच झडप

काठमाडौं, २८ वैशाख-भारत र चीनका सैनिकबीच झडप भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार उत्तरी सिक्किमकाे नाकु ला क्षेत्रस्थित दुई देशीय सीमाना खटिएका २ देशका सैनिकबीच झडप भएकाे हाे ।  झडपमा ७ चिनियाँसहित ४ भारतीय सैनिक...

देउवालाई ओलीले भने- खोप हामीले जुटाएका हौँ, खोप, खोप भनेर राजनीति नगर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप आफूहरूले जुटाएको उल्लेख गर्दै खोप, खोप, खोप भनेर राजनीति नगर्न चेतावनी दिएका छन् । केन्द्रीय कमिटीको बैठकमा उनले आफू नेतृत्वको सरकारले कोरोनाविरुद्धको खोप ल्याएको भन्दै ओलीले राजनीति...

मिल्स भेट्रान्स गोल्डकप सुरु, उद्घाटन खेलमा आयोजकको सानदार जित

विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप फुटबल प्रतियोगिता सुरू भएको छ । मिल्स भेट्रान्स क्लब रानीको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन...

लिड्समाथि लेस्टर सिटीको प्रभावशाली जीत

एजेन्सी, १८ कात्तिक-इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले लिड्स युनाइटेडमाथि प्रभावशाली जीत हात पारेको छ । लिड्सको मैदानमा भएको खेलमा लेस्टर सिटी लीड्स युनाइटेडलाई ४–१ ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्