काठमाडौं, १६ मंसिर ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियोग लगाएर हटाउने प्रक्रियामा अघि बढ्न सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवामाथि दबाब बढाएका छन् ।
विशेषगरी माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधान न्यायाधीश राणाको बहिर्गमनको पक्षमा छन् । नेपाल बार एशोसियसनले गोला प्रक्रियामा गएपछि पनि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइमाथिको अवरोध पुर्याउनुको उद्देश्य पनि यहि रहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानै शीर्ष नेताहरूबीच यसबारेमा छलफल भएको छ । सत्तारुढ पाँच दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ ।
बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएको हो ।