आगलागीमा तीन बालकको मृत्यु

 न्यूज विराट
आगलागीमा तीन बालकको मृत्यु

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रीटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको हो ।

मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

उद्योग परिसंघ प्रदेश १ र एसियन थाइफुड्सद्वार दुई हजार मजदुरलाई राहत वितरण

विराटनगर, ११ जेठ । नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ प्रदेश समितिको समन्वय र एशियन थाइफुड्सको सौजन्यमा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका श्रमिक परिवारलाई राहत हस्तान्तरण गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरण र रोकथामका लागि सरकारले जारी...

धरणीधर सहकारीको अढाइ करोड वचत जोखिममा

विराटनगर । ‘भोलीदेखि कार्यालय बन्द गर्छु म कारबाहीमा जान्छु जे सुकै गर्नुहुन्छ गर्नु लु,’ सहकारीका वचतकर्ताले दबाब दिएपछि अध्यक्ष रामबहादुर घिमिरेले वचतकर्तालाई उल्टै धम्की दिए ।विराटनगर–९ स्थित ट्राफिक चोकमा मुख्य कार्यालय रहेको धरणीधर बहुमुखी सहकारी...

तलब नपाएपछि यूएईको एमपी होटलमा कार्यरत मजदुर आन्दोलित

काठमाडौं, जेठ ४-यूएईको एमपी स्टार होटलमा कार्यरत नेपाली कामदारहरू आन्दाेलित भएका छन् । उनीहरू कम्पनीले विगत २ महिनादेखि तलब नदिएपछि आन्दोलनमा उत्रिएका हुन् । उनीहरूका अनुसार होटलले विगत २ महिनादेखि तलब दिएको छैन । साे...

नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो

काठमाडौं, २७ जेठ-नेपालमा थप  ३ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबारको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना भाइरस...

जापानमा थप ७ सय अर्ब डलरको आर्थिक प्याकेज घोषणा

एजेन्सी, २३ मंसिर-जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना भाइरस (कोभिड-१९) का कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गरेका छन् । सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम...

कोरोनासम्बन्धी गतिविधिका लागि ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्स

पोखरा, २ बैशाख-कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशमा मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्समार्फत प्रदेशमा...

१ महिनासम्म पर्यटन बिदा हुन सक्ने

सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि पर्यटन बिदा नीति अघि सारेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि यस्तो नीति अघि बढाउन थालेको जानकारी गराएका हुन् । 'तत्काल विदेशी...

सामाजिक सञ्जाल कम्पनी बन्द गर्ने ट्रम्पको धम्की

एजेन्सी, जेठ १५-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल कम्पनीहरु बन्द गर्ने धम्की दिएका छन् ।  ट्विटरले उनको ट्वीटमा फ्याक्ट चेक चिन्ह राखेपछि आक्रोसित बनेका ट्रम्पले सामाजिक सञ्जाल बन्द गर्ने धम्की दिएका हुन् । उनले सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्