ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु १२ जना घाइते

 न्यूज विराट
ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु १२ जना घाइते

विराटनगर, २९ कात्तिक । ओखलढुङगामा बोरोले दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । ओखलढुङगाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा सोमबार बिहान दुर्घटना हुँदा सद्धिचरण नगरपालिका–१० की ३५ बर्षीया मिठुमाया मगर, १६ बर्षीया तुलसा मगर, १९ बर्षीय खगेन्द्र मगर र ३६ बर्षीया शान्तामाया मगरको मृत्यु भएको हो ।

ओखलढुङगाको च्यामनबाट ककनी मन्दिर तर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नंम्बरको बोलेरो गाडी आफै अनियन्त्रीत भएर सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएको उनीहरुलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनरले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका १२ मध्ये ४ जनालाई मुस्ताङ एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाण्डौ पठाइएको छ । तीन जनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भईरहेको र अन्य घाईतेहरुलाई मिशन अस्पताल पठाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरिक्षक नविनराज राईले जानकारी दिए ।

सम्बन्धित समाचार

धरानमा शनिबार थपिए १३५ कोरोना संक्रमित

विराटनगर, २४ असोज-सुनसरीको धरानमा शनिबार आएको रिपोर्टमा १३५ जना कोरोना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारीअनुसार सञ्चारकर्मी, धरान उपमहानगरपालिकाका कर्मचारी, अधिकारकर्मी र बीपी प्रतिष्ठानका कर्मचारीसहित १३५ जनामा कोरोना...

कोशी प्रदेशको बजेट : स्वास्थ्यमा ३ अर्ब ७ करोड बजेट विनियोजन

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०– ०८१ को लागि स्वास्थ्यमा तीन अर्ब बढी रकम बजेट विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय समेत समालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज अध्यादेशबाट आगमी...

बीपी प्रतिष्ठानमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु

विराटनगर, २५ वैशाख । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत धरान १२ का ४१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो...

अध्यक्षका छोराले तोडफोड गरे ग्रामथान गाउँपालिकाको गाडी

विराटनगर, ८ असार । गाउँपालिका अध्यक्षका छोराले ग्रामथान गाउँपालिको गाडी तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले गाउँपालिकाकै गाडी तोडफोड गरेका हुन् । सो गाडी अध्यक्ष गच्छदारले प्रयोग गर्दै आएका थिए ।...

आजदेखि मतदाता नामावली संकलन नहुने, औँठा छाप हान्ने काम भाेलिसम्म

आजदेखि आगामी निर्वाचनका लागि मतदाता नामावली संकलन नहुने भएको छ । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन नगर्ने जनाएको हो । गत असार १ गतेदेखि आगामी प्रदेश र संघलाई लक्षित गरेर आयोगले मतदाता नामावली संकलन थालेको थियो...

अस्पतालबाट शिशु गायब प्रकरण , डाक्टर कर्ण र बच्चाको बावुविरुद्ध ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ म्याद थप

विराटनगर । विराटनगरस्थित ग्रीनक्रस हस्पिटलमा एकदिनकोे नवजात शिशु हराएपछि पक्राउ परेका उपचारमा संलग्न चिकित्सकसहित दुई जनालाई प्रहरीले म्याद थप गरेर अनुसन्धान सुरू गरेको छ । पक्राउ परेका उपचारमा संलग्न स्त्री तथा प्रसूती रोग विशेषज्ञ विराटनगरका...

प्रदेश स्तरीय आइटिएफ तेक्वान्दोको उपाधि सुनसरीलाई

विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ ।कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा सुनसरी ८ स्वर्ण, ६ रगत र ४ कास्य पदकका साथ सुनसरीले उपाधि जितेको हो...

थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

काठमाडौं, ९ जेठ-नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा नवलपरासी (वर्दघाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्