प्रदेश स्तरीय आइटिएफ तेक्वान्दोको उपाधि सुनसरीलाई

 न्यूज विराट
प्रदेश स्तरीय आइटिएफ तेक्वान्दोको उपाधि सुनसरीलाई

विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ ।
कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा सुनसरी ८ स्वर्ण, ६ रगत र ४ कास्य पदकका साथ सुनसरीले उपाधि जितेको हो ।
शनिबार सम्पन्न भएको प्रतियोगितामा मोरङ ६ स्वर्ण, ८ रजत र ४ कास्य पदकका साथ दोस्रो र झापा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदकका साथ तृतीय भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रियताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताको एकल पुरुष स्पाइरिङतर्फ ४५–५० केजी समूहमा सुनसरीका इशान राई प्रथम, मोरङका प्रकाश शर्मा द्वितीय भए । यसैगरी ५१–५५ केजी समूहमा पाँचथरका आलोक राई प्रथम, मोरङका संजय खवास दोस्रो, ५६–६० केजी समूहमा शौरभ चौधरी प्रथम, झापाका सनम चौधरी दोस्रो, ६१–६५ केजी समूहमा सुनसरीका आशिष मगर प्रथम, भोजपुरका दीपक राई दोस्रो, ६५–७० केजी समूहमा झापाका प्रितम धिमाल प्रथम, मोरङका लक्ष्मण राजवंशी दोस्रो, ७१–७५ केजी समूहमा झापाका अनमोल लिम्बू प्रथम, मोरङका निशान्त भुजेल दोस्रो, ७६ केजी समूहमाथि झापाका श्याम राई प्रथम, भोजपुरका इन्द्रबहादुर बस्नेत दोस्रो भए ।
त्यस्तै, एकल महिला स्पाइरिङतर्फ ४०–४५ केजी समूहमा सुनसरीकी विपना राई प्रथम, मोरङकी विनिशा माझी दोस्रो, ४६–५० केजी समूहमा सुनसरीकी करुणा विष्ट प्रथम, मोरङकी सविना मगर दोस्रो, ५१–५५ केजी समूहमा मोरङकी अनुश्का धिमाल प्रथम, इलामी दीक्षा आचार्य दोस्रो, ५६–६० केजी समूहमा मोरङकी कुशुम राजवंशी प्रथम, इलामकी विनु काङ्वाङ दोस्रो, ६१–६५ केजी समूहमा सुनसरीकी प्रतिष्ठा कटवाल प्रथम, झापाकी निशा ताजपुरिया दोस्रो, ६६ केजी समूहमाथि झापाकी सेङना लिम्बू प्रथम, पाँचथरकी दीक्षा खड्का दोस्रो भइन् ।
एकल महिला प्याटनतर्फ हरियो पेटमा झापाकी विविसिंह शर्मा प्रथम, सुनसरीकी क्याट्रिना राई दोस्रो, निलो पेटीमा मोरङकी अनुश्का धिमाल प्रथम, सुनसरीकी सदीक्षा राई दोस्रो, रातो पेटीमा इलामकी वन्दना श्रेष्ठ प्रथम, सुनसरीकी बिट्नी राई दोस्रो, कालो पेटीमा मोरङकी कुसुम राजवंशी प्रथम, सुनसरीकी करुणा विष्ट दोस्रो र कालो पेटी दोस्रो डानमा सुनसरीकी एलिजा राई प्रथम भइन् ।
एकल पुरुष प्याटनतर्फ हरियो पेटीमा धनकुटाका दिप्रशन राई प्रथम, सुनसरीका पवन रेग्मी दोस्रो, निलो पेटीमा मोरङका लक्ष्मण राजवंशी प्रथम, सुनसरीका मिक्सेन राई दोस्रो, रातो पेटीमा मोरङका आरकेश चौधरी प्रथम, झापाका सनम चौधरी दोस्रो, कालो पेटीमा सुनसरीका आशिष मगर प्रथम, मोरङका मञ्जित राजवंशी दोस्रो र कालो पेटी दोस्रो डानमा झापाका मिसन श्रेष्ठ प्रथम, मोरङका निशान्त भुजेल दोस्रो भए ।
चैत ९ र १० गते विराटनगरमा भएको प्रतियोगितामा मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, धनकुटा र भोजपुरका १६१ जना महिला तथा पुरुष खेलाडीको सहभागिता भएको थियो । कोशी प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा हुने प्रतियोगितामा एकल स्पाइरिङ र एकल प्याटन विद्यामा खेलाडीहरुले प्रतिस्पर्धा भएको थियो ।

सम्बन्धित समाचार

भारतले फिर्ता लग्यो काठमाडौंमा रोकिएका आफ्ना नागरिक

काठमाडौं, २२ जेठ-भारतीय सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ ।विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आइ रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश फिर्ता लगिएको छ । लामो समय जारी रहेको...

सुर्खेतमा भारतबाट आएका १ युवकको  मृत्यु

सुर्खेत, १४ जेठ-सुर्खेतमा भारतको गुजरातबाट आएका १ युवकको मृत्यु भएको छ । ५ दिनअघि गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल भर्ना गरिएको र मंगलबार राती मृत्यु भएको प्रदेश अस्पताल...

एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा स्थगित

एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा स्थगित भएको छ । नेपाल मेडिकल काउन्सिलको मंगलबार बसेको बैठकले कोरोना भाइरसका कारण परीक्षा स्थगित गरेको हो । आगामी ८ चैतमा परीक्षा गर्ने तयारी थियो ।

विराटनगरमा सहकारी अभियान्ताहरुबिच होलीको शुभकामना आदानप्रदान

विराटनगर । विराटनगरमा सहकारी अभियान्ताहरुबिच होली पर्वको शुभकामना आदानप्रदान गरिएको छ । जिल्ला सहकारी संघ लिमिटेड मोरङ र जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेड मोरङको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान गरिएको हो ।कार्यक्रममा सहकारी अभियान्ताहरुले एक आपसमा...

९ करोड भ्रष्टाचारलाई राजनीतिक रङ दिँदै गच्छदार

काठमाडौं, माघ २३–बालुवाटारस्थित ललिता निवासको जग्गा खरिदबिक्री प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका कांग्रेस उपसभापति विजय गच्छदारले आफूविरुद्धको अभियोगलाई राजनीतिक रङ दिने प्रयास थालेका छन् । १३ पटकसम्म मन्त्री भइसकेका गच्छदारविरुद्ध हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९...

भारतीय सेना प्रमुखको अभिव्यक्तिप्रती आपत्ति प्रकट

काठमाडौं, जेठ ४–संघीय संसद्अन्तर्गतको परराष्ट्र सम्बन्ध तथा श्रम समितिका सदस्यहरुले कालापानी र लिपुलेक अतिक्रमणबारे भारत सरकारले त्यहाँको सेना प्रमुखलाई बोल्न लगाएकामा आपत्ति प्रकट गरेका छन् । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको अभिव्यक्तिको नेपाल सरकारले...

लागूऔषध नियन्त्रण गर्न ‘म सक्छु’ अभियान सुरू

विराटनगर । लागूऔषधको सेवन र कारोबार बढ्दै गएको कारणले अपराधारको घटना हुन थालेपछि प्रहरीले लागूऔषध नियन्त्रण अभियान सुरु गरेको छ ।१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले लागुऔषध न्युनिकरण कार्य योजना ‘म सक्छु’ अभियान सुरू गरेको...

थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ७५ पुग्यो

काठमाडौं, १२ जेठ-नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, भेरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्