असन्तुष्ट समूहले तोडफोड गरेपछि रेडक्रसको विधान महाधिवेशन स्थगित

 न्यूज विराट
असन्तुष्ट समूहले तोडफोड गरेपछि रेडक्रसको विधान महाधिवेशन स्थगित

काठमाडौं, कात्तिक २८ । नेपाल रेडक्रस सोसाईटीको विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएको हो । विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका गैरप्रतिनिधिले सभास्थलमा तोडफोड गरेको रेडक्रस सोसाईटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले बताउनु भयो ।

‘हामी ७७ वटै जिल्लाबाट आएका प्रतिनिधिहरु भेला भएका थियौं । अचानक एकडेढ सयको हुलमा आएका गैरप्रतिनिधिहरुले सभास्थल बिथोले,’ तिम्सिनाले भन्नुभयो । उक्त समूहले वितरण गर्न राखिएका रेडक्रसका ज्याकेटहरु समेत लुटेर लगेको तिम्सिनाले बताउनु भयो । कुर्सी भाँच्दै बितण्डा मच्चाएपछि कार्यक्रम स्थगन गरिएको हो ।

अध्यक्ष तिम्सिनाका अनुसार रेडक्रसले कारबाही गरेका १६ जिल्ला समितिबाट आएकाहरुले सभास्थल बिथोलेका थिए । रेडक्रसको विधि र विधान विपरीत काम गरेका,वैधानिक दायित्व पूरा नगरेका ती जिल्ला समितिहरु भंग गरेर विधान बमोजिम केन्द्रीय समितिले तदर्थ समिति गठन गरिदिएको थियो । सुनसरी, मोरङ,सिराहा, रौतहट, पर्सा, काठमाडौं, गोरखा, रोल्पा, जाजरकोट, रूकुम पश्चिम, हुम्ला, चितवन, बागलुङ, मकवानपुरलगायतका जिल्ला समितिहरुले काम नगरेपछि नयाँ तदर्थ समिति गठन भएको थियो । तीनै जिल्लाबाट आएकाहरुले सभा बिथोलेको अध्यक्ष तिम्सिनाले बताउनु भयो ।

आइतबार रेडक्रसले संघीयता अनुकूल हुने गरी विधान संशोधन गर्नका लागि महाधिवेशन गर्न लागेको थियो । ‘संघीयता अनुकूल बनाऔं भनेर हामीले विधान महाधिवेशन गर्न लागेका थियौं,’ अध्यक्ष तिम्सिनाले भन्नुभयो, पालिका तहमा हाम्रो संस्थाको राम्रो उपस्थिति थिएन । विधान संशोधन गरेर पालिका स्तरसम्मै रेडक्रसको सञ्जाल फैलाउने उद्देश्य अनुरुप विधान संशोधन गर्न लागेका थियौं । १६ जिल्लाबाट आएकाहरुले बिथोलिदिए ।’ सभास्थल बिथोलेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । तोडफोडमा संलग्न सवै नेपाली कांग्रेसमा आवद्ध नेता कार्यकर्ता रहेको एक सदस्यले बताए ।

सम्बन्धित समाचार

भारतमा एकै दिन ८६ हजार ९ सय ६१ संक्रमित

एजेन्सी, ५ भदौ-भारतमा कोरोनाभाइरसबाट एकै दिनमा ८६ हजार ९ सय ६१ संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरूको कुल संख्या ५४ लाख ८७ हजार ५ सय ८१ जना पुगेको छ ।...

तिब्बतले नेपालसँगको निर्यात अवरोधलाई हटाउने

काठमाडौं, ७ असोज । नेपाली महावाणिज्य दूतावासको आग्रहपछि तिब्बतले दशैंतिहारजस्ता चाडपर्व लक्षित निर्यातलाई सहजीकरण गर्ने भएको छ । महावाणिज्यदूत नवराज ढकालले आज तिब्बतको वाणिज्य, भन्सार र बन्दरगाह अधिकारीहरुसँग नेपालतर्फको निर्यातमा वृद्धि गर्न र तातोपानी तथा...

नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

काठमाडौं, ९ जेठ-नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित गरिएको छ ।लिम्पियाधुरा, लिपुलेक र कालापानी समेट्दै सार्वजनिक नयाँ नक्सालाई आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो । गत सोमबार मन्त्रिपरिषद्ले पारित...

खोपका लागि विराटनगरका मेयर पराजुलीले गरे अन्तराष्ट्रिय समुदायसँग अपिल

विराटनगर, ५ असार । संघीय सरकारले खोप दिन नसकेको भन्दै विराटनगर महानगरपालिकाले खोप सहयोग गरिदिनको लागि दातृ निकाय तथा विभिन्न भगिनी सहरहरुलाई अपिल गर्ने भएको छ । आज महानगरका मेयर भीम पराजुलीले विज्ञप्ती जारी गर्दै...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा च्याउ खेती तालिम प्रदान

विराटनगर, २६ असोज । सामाजिक क्षेत्रमा निरन्तर सकृय रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउन च्याउ खेती तालिम प्रदान गरेको छ । क्लबले मोरङको जहदा गाउँपालिका–२ का ३० जना महिला तथा युवतीहरुलाई दिवसको...

नागरिकता शंसोधन विधेयक विरुद्ध जसपा मोरङले विरोधसभा गर्ने

विराटनगर, असार १२-नागरिकता ऐनलाई शंसोधन गर्न बनेको विधेयकविरुद्ध जनता समाजवादी पार्टी मोरङले प्रदर्शन गर्ने भएको छ । नेता मो. कादीर र राजकुमार यादवको अध्यक्षमा शुक्रबार विराटनगरमा बसेको जसपा मोरङको बैठकले संशोधन ऐन विरुद्ध प्रलर्शन गर्ने...

भाेलि दुवै सदनका सांसदहरूको पीसीआर टेस्ट बानेश्वरमा

काठमाडाैं, २४ वैशाख-राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनका सांसदहरूको पीसीआर टेस्ट हुने भएको छ । संसद भवन नयाँ बानेश्वरमा सबै सांसदहरूको पीसीआर टेस्ट हुने भएको हाे । २६ वैशाखदेखि सुरु हुने संघीय संसदको वर्षे/बजेट अधिवेशनको अघिल्लो...

सातै प्रदेशमा डिजिटल प्रदेश संवाद ४.० आयोजना हुने, पहिलो कार्यक्रम सोमबार बिराटनगरमा

बैशाख ३, काठमाडौँ । सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा आगामी वैशाख ४ गतेदेखि कोशी प्रदेशबाट डिजिटल प्रदेश संवाद कार्यक्रम सुरू हुँदैछ । बिराटनगरको होटेल इस्टर्न स्टारमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्