
काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको बन्दसत्रले पार्टीका तीन आयोगको नेतृत्व टुंग्याएको छ । माओवादीले पार्टीको अनुशासन, लेखा र निर्वाचन आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता दिएको हो ।
जसअनुसार लेखा आयोगको अध्यक्षमा पेशल खतीवडा चयन भएका छन् । त्यस्तै अनुशासन आयोगमा टंक राई तथा निर्वाचन आयोगमा विष्णुपुकार श्रेष्ठ चयन भएका छन् ।