कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

 न्यूज विराट
कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

सिन्धुपाल्चोक, २७ कात्तिक-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्ने बताउनुभएको छ । उहाँले जनताको आशा र भरोसाको पार्टी कांग्रेस मात्र भएकाले जनताको विश्वासको कदर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्वारा जिल्ला कार्यसमिति सदस्य तथा इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष स्व मिरा अधिकारी लामाको २२औँ पुण्य तिथिमा आयोजित श्रद्वाञ्जलीसभामा नेता पौडेलले जनताको भरोसाको पार्टी बनाउन आशन्न महाधिवेशनले ठूलो भूमिका खेल्ने बताउनुभयो । उहाँले आगामी १४औँ महाधिवेशनले सही नेतृत्व चुन्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।
देशलाई रूपान्तरण गर्नुपर्ने आवयश्कता रहेको बताउनुभयो । स्व लामा एक विकास प्रेमी, सुशासन प्रेमी र लोकतन्त्रको हिमायती महिला भएको पौडेलले बताउनुभयो ।
सो अवसरमा पार्टी जिल्ला सभापति एवम लामाकी श्रीमान् विकास लामा, कांग्रेस क्षेत्रीय सभापति आइतमान तामाङक, ईन्द्रावती गाउपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङलगायतले स्वर्गिय लामाले महिला सशक्तीकरणको क्षेत्रमा उल्लेख्य योगदान दिएको बताउनुभयो । उहाँको नाममा स्मृती भवन स्थापना गर्ने सो अवसरमा घोषणा गरिएको थियो ।

सम्बन्धित समाचार

मोरङको कटहरीले ल्यायो ५० करोड ८२ लाखको बजेट

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि ५० करोड ८२ लाखको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले बिहीबार दोस्रो अधिवेशनको पाँचौ गाउँसभामा सो बरावरको बजेट प्रस्तुत गरेकी हुन् ।...

पशुपतिनाथको जलहरीमा सुन हिनामिना भएको विषयमा अख्तियारद्वारा मुद्दा दर्ताको तयारी

काठमाडौँ — पशुपतिनाथको ज्योतिर्लिङ्गमा राख्न बनाइएको जलहरीमा समेत सुन हिनामिना भएको विषयमा अख्तियारले मुद्दा दर्ताको तयारी गरेको छ । ८० करोडको सुन खरिदमा अनियमितता भएको प्रमाणसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको हो । पशुपतिनाथ मन्दिरमा...

एसइइ रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सुरू : सरस्वती, कृष्टल र युनिक स्कुल विजयी

विराटनगर । विराटनगरमा सुरू भएको दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा तीन वटा स्कुल विजय भएका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा सोमबारबाट सुरू भएको...

सरकारविरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना

विराटनगर, जेठ २९–कोरोना भाईरस महामारीको जोखिम न्यूनिकरण गर्न नेपाल सरकारले खर्च गरेको १० अर्व कहाँ गयो भन्दै विराटनगरका युवाहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएका छन् । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा विभिन्न संघसंस्थामा...

ग्रेडेड स्कुलको भव्य भयो २९ औं वार्षिक उत्सव, विद्यार्थीले देखाए प्रतिभा

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलले २९ औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।स्कुल परिसरमा बुधबार विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालले वार्षिक उत्सवको...

शैक्षिक गुणस्तर सुधारका लागि समुदाय परिचालन आवस्यक : मन्त्री घिमिरे

विराटनगर, असार असार १५–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयलाई श्रोत सम्पन्न बनाउनका लागि समुदाय परिचालन आवस्यक भएको बताएका छन् । समुदायलाई परिचालन गर्न सके विद्यालयका लागि आवस्यक सामाग्री जुटाउन सहज हुने...

वर्षाले इँटा उद्योगमा १५ करोडको क्षति

धनगढी, मंसिर ३०–वर्षाका कारण सुदूरपश्चिम प्रदेशका इँटा उद्योगमा करिब १५ करोड रुपैयाँबराबरको क्षति भएको छ । शुक्रबार र शनिबारको वर्षाले कैलाली र कञ्चनपुरका इँटा व्यवसायी मर्कामा परेका हुन् । वर्षातले कैलाली, कञ्चनपुरका ७० वटा इँटा...

नेपालगंजमा थप १ जनामा कोरोना संक्रमण

 काठमाडौं, २६ वैशाख-नेपालगंजमा थप १ जनामा कोरोना भाइरस देखिएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १०२ पुगेको छ । 'नेपालगंजको भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १ जनामा कोरोना पोजेटिभ देखिएको छ । उहाँ १६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्