क्रियाशील सदस्यता विवाद विधिसम्मत समाधान गर्न कांग्रेसका नेताको जोड

 न्यूज विराट
क्रियाशील सदस्यता विवाद विधिसम्मत समाधान गर्न कांग्रेसका नेताको जोड

काठमाडौँ, २६ कात्तिक-नेपाली कांग्रेसका नेताहरुले पार्टीको क्रियाशील सदस्यतालगायत बाँकी रहेका विवाद यथाशिघ्र विधिसम्मत रुपमा समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी एवं सदस्यहरुको आज यहाँ भएको बैठकले पार्टीको आसन्न १४औँ महाविधेशनको तयारीलगायत विषयमा समिक्षा गर्दै सो विषयमा जोड दिएको हो ।
नेताहरुले महाधिवशेनअन्तर्गत अधिवेशनहरु निष्पक्ष हुनुपर्नेमा नेतृत्वको ध्यानाकर्षण गराएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । बैठकमा केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिमा क्रियाशील सदस्यता विवाद समाधान हुन नसकेको भन्दै समाधानका लागि विशेष पहल गर्ने सहमति भएको उहाँले बताउनुभयो ।
यसै गरी महाधिवेशनमा वरिष्ठ नेता पौडेल समूहबाट सभापतिका लागि जो भए पनि एकमात्र साझा उम्मेदवार बनाउनुपर्नेमा सहभागी नेताहरुले जोड दिनुभएको थियो ।
आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने सन्दर्भमा पनि छलफल भएको नेता केसीले जानकारी दिनुभयो । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यहरु केसी, डा रामशरण महत, डा शेखर कोइराला, डा चन्द्र भण्डरी, धनराज गुरुङ, गगनकुमार थापा, कमला पन्त, सरिता प्रसाईलगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित समाचार

चितवनमा ६२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन,  १८ असोज-चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।  भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।  १६ असोजमा कोरोना संक्रमण देखिएपछि...

मोरङको उर्लाबारीमा पनि एमालेको अग्रता

विराटनगर, ३१ वैशाख । मोरङको उर्लाबारी नगरपालिकामा पनि नेकपा (एमाले) ले अग्रता लिएको छ । २०२ मत गणना हुँदा मेयर, उपमेयर दुवै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका हुन् । मेयरमा एमालेका गंगा खरेलले एमालेका गंगा...

विराटनगरमा २९ जना सहित प्रदेश १ मा आज ८३ संक्रमित थपिए

विराटनगर, १ भदौ|प्रदेश १ सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा...

चितवनकी ६३ वर्षीया महिलाले पनि जितिन् कोरोना

चितवन, ३० वैशाख-कोरोना संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाले पनि कोरोना जितेकी छिन् । २ पटकसम्म गरिएको स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । पूर्वी...

बजेटमा पूर्वका माग समेट्न विराटनगरका उद्योगी/व्यवसायीको आग्रह

विराटनगर, १६ फागुन । आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेटमा पूर्वका माग समेट्न विराटनगरका उद्योगी–व्यवसायीले माग गरेका छन् । नेपाल राजश्व परामर्श समितिले आइतबार विराटनगरमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीले पूर्वका उद्योगी व्यवसायीले...

लकडाउनका समयमा रौतहटमा २ जना बलात्कृत

लकडाउनका समयमा रौतहटमा २ जना बलात्कृत भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेका बेला यस प्रकारको घटना सार्वजनिक भएको हो । रौतहटको कटहरिया ६ बगहीकी १७ वर्षीया किशोरी र फतुवा विजयपुर...

प्याब्सन विराटनगरको पदस्थापन

विराटनगर । निजी तथा आवासीय अर्गनाइजेशन नेपाल विराटनगरको नवर्विाचित कार्यसमितिहरुको पदस्थापन भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिएको हो । नवनिर्वाचित पदाधिकारी र कार्यसमितिहरुलाई पदस्थापन प्रमुख निर्वाचन आयुक्त डा. उद्धव पोखरेलले...

आज १६१४ जनामा कोरोना पुष्टि, मृतकको संख्या १४ सय नाघ्यो

काठमाडौं, ११ मंसिर-गत २४ घण्टामा नेपालमा १ हजार ६ सय १४ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।  त्यस्तै, बिहीबार १ हजार ४ हजार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्