देशभर चिसो बढ्यो

 न्यूज विराट
देशभर चिसो बढ्यो

काठमाडौँ, २४ कात्तिक-काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि बिहानबेलुका जाडो बढेको महसुस भएको छ । “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उहाँले भन्नुभयो ।

वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ । दिउँसो प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबै भन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

सम्बन्धित समाचार

गृहजिल्ला झापाबाट ओलीको उद्‍घोष- प्रधानमन्त्रीबाट हटाए दुई तिहाइ बहुमतसहित फेरि सिंहदरबार फर्किन्छु

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाए दुई वर्षपछि दुई तिहाइ बहुमतसहित सिंहदरबार फर्कने उद्घोष गरेका छन् । ‘मलाई हटाउन सजिलो छैन । यदि कसैले हटाउन सक्छ भने हटाओस् खुसीसाथ हट्छु । तर, आउँदो...

प्रचण्डका परिवारका सबै सदस्यमा देखिएन कोरोना

काठमाडौं, २२ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित परिवारका सबै सदस्यको कोरोना भाइरस (कोभिड-१९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।  प्रचण्ड पुत्री गंगा दाहालले फेसबुकमार्फत आफ्नो परिवारका सदस्यमा कोरोना संक्रमिण देखिएको जानकारी...

छिमेकी बालकको हत्या आरोपमा एक दम्पती पक्राउ

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका १ का १४ वर्षीय बिशाल माझीको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय विरेन्द्र पासवान र उनकी ३४ वर्षीया श्रीमति डल्ली पासवान रहेका छन्...

विराटनगरका राजन श्रेष्ठ नेपाल क्षयरोग निवारण संस्थाको उपाध्यक्षमा निर्वाचित

विराटनगर । विराटनगरका समाजसेवी राजन श्रेष्ठ नेपाल क्षयरोग निवारण संस्थाको उपाध्यक्षमा निर्वाचित भएका छन् । संस्थाको काठमाण्डौमा सम्पन्न १२ औं महाधिवेशनमा श्रेष्ठ उपाध्यक्ष पदमा ८६ मत ल्याएर निर्वाचित भएका हुन् ।क्षयरोग निवारणको क्षेत्रमा लामो समयदेखि...

चिनियाँ प्रतिनिधिमण्डलले भेट्यो बाबुराम भट्टराईलाई

काठमाडौं, १३ पुस-नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईसँग आज साँझ ६ बजे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ...

‘सबैको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयार छ’

काठमाडौं, ४ कात्तिक-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताएका छन् ।  मन्त्री ढकालले आज भिडियो सन्देश दिँदै सरकार सबै नागरिकको जीवनरक्षाका...

पछिल्लो २४ घण्टामा नेपालमा २२ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ५ मंसिर-गएको २४ घन्टामा देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  यासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको छ । शुक्रबार देशभर  १० हजार ३ सय ४०...

एसइई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, २७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्