‘सबैको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयार छ’

 न्यूज विराट
‘सबैको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयार छ’

काठमाडौं, ४ कात्तिक-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताएका छन् । 

मन्त्री ढकालले आज भिडियो सन्देश दिँदै सरकार सबै नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको र कोभिड- १९ को परीक्षण र उपचारमा गुणस्तरीय सेवाको पहुँचवृद्धि गरिएको समेत जानकारी दिए । ‘मन्त्रालयले सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पताललाई कोभिड- १९को परीक्षण तथा उपचार गर्ने गरी व्यवस्था गरेको छ,’ उनले भने, ‘अक्सिजन र आवश्यक औषधि तथा उपकरणको अभाव हुन नदिन मन्त्रालयले ठोस योजना हित प्रभावकारी व्यवस्था मिलाएको छ ।’

मन्त्री ढकालका अनुसार देशभरी भेन्टिलेटरसहितको २६ सय सघन उपचार कक्ष (आइसीयू) तयारी अवस्थामा  र थप ४ सयको निर्माण भइरहेको तथा अक्सिजन र मनिटरसहितको ३ हजार ५ सय हाइ डिपेन्डेन्सी युनिट थप्ने कार्यलाई तीव्र रूपमा अगाडि बढाइएको छ । यसले कोभिड- १९का सिकिस्त बिरामीको उपचारलाई सहज बनाउने उनको भनाइ छ ।

मन्त्री ढकालले कोभिड- १९ को  महामारीविरूद्धको लडाइमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा जनताबाट प्राप्त साथ सहयोग आभार व्यक्त गर्दै   रोगको रोकथाम तथा नियन्त्रणको प्रभावकारी उपाय मास्कको उचित प्रयोग, भौतिक दुरी कायम गर्ने र पटकपटक साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु रहेको स्मरण गराए ।

उनले तोकेका कोभिड-१९ का अस्पतालहरूमा उपचारका लागि जाने बिरामीहरूका लागि उपचारको कुनै विभेद नहुने गरी व्यवस्था मिलाइएको बताए । ‘विपन्न नागरिक, अशक्तता भएका, असहाय, एकल महिला, अपाङ्गता भएका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निशुल्क परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘यो वर्गमा नपरेका सबै कोभिड-१९ को उपचारका लागि अस्पतालमा पुगेपछि आर्थिक अवस्था कमजोर भएमा अस्पतालबाट सिफारिश गरेमा वा बिरामी वा निजको परिवारले उपचार गर्न नसक्ने घोषणा गरेमा ती व्यक्तिको परीक्षण र उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने गरी व्यवस्था मिलाइएको छ ।’  रासस

सम्बन्धित समाचार

सहमतिको प्रयासस्वरूव बालुवाटारमा ओली–प्रचण्ड छलफल

काठमाडौं, २२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद हल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पुनः छलफलमा बसेका छन् । आगमी असार २४ गते ११ बजेसम्मका लागि जारी स्थायी समिति...

भोलिदेखि मालपोत कार्यालय खुल्ने

काठमाडौं, २४ जेठ-सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्न निर्देशन दिएको छ । लकडाउन सुरू भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन...

अत्याधुनिक सिमुलेटर सञ्चालन गर्दै बुद्ध एयर 

काठमाडौं, ४ असार-निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवालाई सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक उड्डयनकर्मी तालीम यन्त्र ‘सिमुलेटर’ सञ्चालनमा ल्याएको छ । कम्पनीले एटीआर जहाजमा कार्यरत पाइलट प्रशिक्षणका लागि नयाँ पुस्ताको...

रिल्ली घले समाजको पार्षद भेला सकियो

विराटनगर । रिल्ली घले वंशावली खोज एकता समाज नेपालको प्रथम ऐतिहासिक पार्षद भेला तथा वंश भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मोरङको बेलबारीमा शनिबार एक कार्यक्रम आयोजना गरी पार्षद भेला तथा वंश भेटघाट कार्यक्रम भएको...

पोलियो दिवसमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वार सचेतना र्याली

विराटनगर, ९ कात्तिक । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व पोलियो दिवसको अवसरमा विराटनगरमा सचेतना र्याली निकालेको छ । डाउनटाउनले अन्य चारवटा क्लबसहितको आयोजनामा सचेतना र्याली निकालेको हो ।रोटरी भवनबाट सुरु भएको र्याली मेनरोड हुँदै...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

औषधी व्यवसायीद्धारा ट्राफिक प्रहरीलाई ‘लापसे’ किट वितरण (भिडियोसहित)

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । संघको स्थापना दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम अन्र्तगत नेपाल औषधी व्यवसायी संघ...

अमेरिकी निर्वाचनः मतदान सम्पन्न, प्रारम्भिक नतिजा आउन सुरु

एजेन्सी, १९ कात्तिक-अमेरिकी राष्ट्रपति पदका लागि मतदान सम्पन्न भएको छ । मानिसहरूलाई केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावमा अब मतपरिणामको पर्खाई सुरु भएको छ । मतदान सम्पन्न भएलगत्तै मतगणना समेत सुरु भएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्