राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै

 न्यूज विराट
राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै

काठमाडौँ, २३ कात्तिक-राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत हुनुहुन्छ ।
नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्यको पनि फागुन २१ कार्यकाल समाप्त हुनेछ ।
राष्ट्रपतिबाट विषयविज्ञका रूपमा मनोनित सदस्य बिडारीको पनि सोही मितिमा चारवर्षे कार्यकाल समाप्त हुँदैछ । पदावधि समाप्त हुनेमा अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, खीमकुमार विक, चक्रप्रसाद स्नेही, जीवन बुढा, दृगनारायण पाण्डे, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, दीनानाथ शर्मा, नैनकला ओझा, राधेश्याम अधिकारी, रामलखन चमार, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवर हुनुुहुन्छ ।
विसं २०७५ असार ४ गते भएको गोला प्रथाद्वारा चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो । स्थायी सदन भएकाले राष्ट्रियसभाका एकतिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । चारवर्षे पदावधि सकिनेमा सात महिला, तीन दलित समुदाय, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट दुई र अन्य समुदायका सात सदस्य छन् ।
माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको पदावधि छ वर्षको हुन्छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । सरकारले राजनीतिक दलको सहमतिमा एकतिहाइ सदस्यको रिक्त हुने पदका लागि निकट भविष्यमै निर्वाचनको मिति घोषणा गर्ने यसअघि नै जनाइसकेको छ ।
सदस्यको पदावधि समाप्त हुनुभन्दा कम्तीमा ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रियसभा सदस्यका लागि ३५ वर्ष उमेर पुगेको हुनुपर्छ । प्रवुद्ध समूहको प्रतिनिधित्व हुने भएकाले राष्ट्रियसभालाई परिपक्व सदन मानिन्छ । विसं २०७४ भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) २७, नेपाली कांग्रेस १३, नेकपा (माओवादी केन्द्र) १२ तथा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र सड्घीय समाजवादी फोरमले दुई÷दुई सिटमा विजयी हासिल गरेका थिए ।

सम्बन्धित समाचार

कोरोनासम्बन्धी गतिविधिका लागि ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्स

पोखरा, २ बैशाख-कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशमा मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्समार्फत प्रदेशमा...

ओलीको सनकले संविधान धरापमाः भीम आचार्य

विराटनगर, १४ पुस-प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै मंगलबार विराटनगरमा नेकपा प्रचण्ड–माधवकुमार नेपाल समुहले विराटनगरमा शक्ति प्रर्दशन गरेको छ । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली गरेको संसद विघटन विरुद्ध नेकपा प्रचण्ड–नेपाल समुह मोरङले संयुक्त शक्ति...

कोशी प्रदेशको सरकार गठन असंवैधानिक भन्दै एमालेले सर्वोच्चमा हाल्यो रिट

विराटनगर । कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले शुक्रबार सर्वोच्च अदालतमा रिट हालेको छ । सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमाले सर्वोच्च पुगेको हो । एमाले...

बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित

विराटनगर । सुनवर्षी नगरपालिका–३ स्थित बभनाडोभ कृषि सहकारी संस्था लिमिटेडको आठौँ साधारणसभा सम्पन्न भएको छ । शुक्रबार अध्यक्ष लक्ष्मण बुढाथोकीको अध्यक्षतामा र सुनवर्षी नगरपालिका सहकारी विकास शाखा प्रमुख युवराज कोइरालाको प्रमुख आतिथ्यमा आठौं वार्षिक साधारण...

अरनीको माविमा भर्ना भएका एक हजार बढी विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय माविमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण र स्वागत गरेको छ । माविले मंगलबार एक कार्यक्रम आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण गराएसँगै स्वागत पनि गरेको हो । विज्ञान संकायमा ९२०...

निर्माण सुरु गरेको ८ वर्षपछि जनकपुर विमानस्थलको टर्मिनल भवन सञ्चालनमा

निर्माण सुरु भएको आठ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार उक्त भवनको उद्घाटन गरेका हुन् । टर्मिनल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

कोरोना संक्रमणबाट बच्नका लागि व्यक्ति आँफै सचेत हुनुपर्नेमा जोड

विराटनगर, साउन १३–कोरोना संक्रमणबाट बच्नका लागि व्यक्ति आँफै सतर्क हुनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कोभिड १९ संवन्धि छलफल कार्यक्रममा सरोकारवालाहरुले सो कुरा बताएका हुन्...

उपत्यकामा आज ५९४ जनामा कोरोना संक्रमण

मंगलबार काठमाडौं उपत्यकामा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ६३ महिला र ३ सय ३१ पुरुष हुन् । आज देशभर ८ हजार ९ सय ४७ को...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्