
आज १ हजार ४९७ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु
काठमाडौं, ८ असोज-पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४ सय ९७ जनामा कोराना भाइरस (कोभिड- १९) पोजिटिभ देखिएको छ । ११ हजार ४ सय ४९ को स्वाब परीक्षण गर्दा आज देशभर एक हजार ४ सय...
पाँचथरमा बाढीपहिराेका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।
यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन । पाँचथरमा बाढीपहिराेमा परी छ जना बेपत्ता भएका छन् भने आठ जना घाइते भएका छन् । पाँचथरमा पहिराले पुर्दा इलामका दुई स्वास्थ्यकर्मी समेत बेपत्ता छन् ।
बाढीपहिराेमा परी मृत्यु हुनेमा फिदिम नगरपालिका– १३ लुङरुपाकी २२ वर्षीया ममता लिम्बू र सोही स्थानका चार वर्षीय रोमन मगर, फाल्गुनन्द गाउँपालिका– ३ मालिङ्गेका १० वर्षीय युगेश तामाङ र सोही स्थानका २८ वर्षीय फुर्वा तामाङ, फाल्गुनन्द गाउँपालिका–४ च्याप्लुङकी ३५ वर्षीया प्यारीमाया तुम्बापो चेम्जोङ र कुम्मायक गाउँपालिका–२ लोक्तापाकी ४० वर्षीया डम्बरकुमारी शेर्मा छन् ।
यस्तै जिल्लाको मिक्लाजुङ गाउँपालिका– ५ कारबारीका ७५ वर्षीय धनबहादुर लावती, सोही वडाको हुलाक भन्ने ठाउँकी ३६ वर्षीया चन्द्रकला राई, मिक्लाजुङ गाउँपालिका–१ आठभैयाका ३५ वर्षीय सन्तोष नेपाली, मिक्लाजुङ वडा नं ५ सिक्तेम्बाका ४७ वर्षीय मनबहादुर राई र सोही स्थानकी ४६ वर्षीया बिमला श्रेष्ठ राई, सोही वडाको पञ्चमी भन्ने स्थानका ३१ वर्षीय विष्णुबहादुर लावती, ३१ वर्षीय सन्दीप लावती, १७ वर्षीय अनिल राई, १७ वर्षीय अनिया चोङबाङ, २८ वर्षीय प्रताप चोङबाङ, ६५ वर्षीय पदमसिंह चोङबाङ, ३१ वर्षीय सुरज चोङबाङ, ५५ वर्षीय भद्रमाया लावतीको पहिरोमा परी मृत्यु भएको छ ।
यस्तै मिक्लाजुङ गाउँपालिका–४ पञ्चमीका २५ वर्षीय बबिन राई र २७ वर्षीय अनिल राई, धनकुटा घर भएका ६० वर्षीय मगर साइला भनिने व्यक्ति, मिक्लाजुङ– २ नाकेदिमकी ५१ वर्षीया मानमती शेर्मा र सोही स्थानकी २१ वर्षीय निशा शेर्मा तथा मिक्लाजुङ–७ का मनमाया राई र वीरमान राईको बाढीपहिराका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
काठमाडौं, ८ असोज-पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४ सय ९७ जनामा कोराना भाइरस (कोभिड- १९) पोजिटिभ देखिएको छ । ११ हजार ४ सय ४९ को स्वाब परीक्षण गर्दा आज देशभर एक हजार ४ सय...
विराटनगर । विराटनगरस्थित ग्रिनल्याण्ड कलेजले २०८० सालको परीक्षामा एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने ८ जना विद्यर्थाीहरुलाई सम्मान गरेको छ । कलेज परिसरमा आज एक कार्यक्रमको बीच ८ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो । कलेजका...
विराटनगर । विराटनगर–७ धाडेवा रोडमा रहेको एक हार्डवयरको गोदामबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई साताअघि बन्द भएको गोदाममा प्रहरीले पेस्तोल फेला पारेपछि गोदमका कामदार...
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेस भएकाे छ । नेकपा ओली समूहका मुख्यमन्त्री राईविरुद्ध नेकपा प्रचण्ड-माधव समूहले अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेस गरेकाे हाे । केही साताअघि मुख्यमन्त्री राईले अर्थमन्त्रीबाट हटाएका इन्द्र आङ्बोले बैठकमा अविश्वास...
काठमाडौं, १७ भदौ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उनले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर...
एजेन्सी, असार ५-गत सोमबारराति गलवान घाँटीमा भएको झडपका क्रममा चिनियाँ सेनाले नियन्त्रणमा लिएका १० जना भारतीय सैनिकलाई रिहा गरिएको छ ।सो हिंसात्मक झडपपछि चीनले नियन्त्रणमा लिएका सेनालाई रिहा गरिदिएको हो । भारतको पत्रिका द हिन्दूले...
विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै आँच आउन नदिनुका साथै आफूलाई तागत रहुञ्जेल संविधानले दिएको भूमिका निष्ठापूर्वक निर्वाह गर्ने बताएका छन् ।नेपाल उद्योग परीसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई...
काठमाडौं, १ जेठ । १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ । नेपाल सरकारको पहलमा चीन सरकारबाट सहयोग प्राप्त सिलिण्डर नाकासम्म आइपुगेको हो । नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री तथा...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.