हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख

 न्यूज विराट
हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख

कञ्चनपुर, ४ कात्तिक-हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ ।
मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत रकम उपलब्ध गराइने भएको हो । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम मृतक परिवारको आश्रित हकवालालाई रु दश लाखका दरले राहत रकम उपलब्ध गराइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले बताउनुभयो । “जति छिटो कागजी आवश्यक प्रक्रिया पूरा हुन्छ ।
त्यति छिटो राहत रकम उपलब्ध गराउछौँ”, उहाँले भन्नुभयो । कागज पत्र पेश हुनासाथ तत्कालै अनलाइन बैंकमार्फत भुक्तानी गरिने उहाँले बताउनुभयो । “मृतक परिवारलाई किरिया खर्चबापत रु ५० हजार रकम एक, दुई दिनभित्रै उपलब्ध गराउँदै छौँ”, उहाँले भन्नुभयो । बुधबार बिहान हात्तीको आक्रमणबाट कार्की दम्पतीको घर आँगनमै मृत्यु भएको थियो ।
शुक्लाफाँटा नगरपालिकाले समेत मृत्यु भएका परिवारका हकवालालाई जनही रु २५ हजारका दरले किरिया खर्च उपलब्ध गराउने भएको छ । विपद् व्यवस्थापन समितिको बैठक राखेर निर्णय गरी रकम उपलब्ध गराइने नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो । दुई वर्षअघिसमेत नगरपालिकाको वडा नं १ बन्साहमा हात्तीले एक जना स्थानीयवासीको ज्यान लिएको थियो ।
जङ्गली हात्ती नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन जङ्गली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका क्षेत्रका किसानका खेतमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय क्षति गर्न थालेपछि नियन्त्रण गर्न सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।
नगरप्रमुख ऐरका अनुसार हात्ती प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ । हात्ती नियन्त्रणका लागि सुरक्षा निकायको २५ जनाको संयुक्त टोली परिचालन गरिएको छ । हात्तीबाट नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ८, ११ र १२ प्रभावित रहेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्ती भगाउनका लागि आगो बाल्न दाउरा बाल्ने व्यवस्थासँगै स्थानीय बासिन्दालाई सजग बनाउने कार्य र विद्युतीय बारलाई व्यवस्थित पार्ने कार्य भइरहेको प्रमुख संरक्षण अधिकृत पुर्जामगरले बताउनुभयो ।
हात्तीको बथानलाई निकुञ्ज क्षेत्रतर्फ फर्काउने कार्य भइरहेको उहाँको भनाइ रहेको छ । लगातारको वर्षाका कारण धानबाली भित्र्याउन नपाएका किसानको धान हात्तीले नोक्सानी गर्न थालेपछि यस क्षेत्रका किसान थप मार्कामा परेका छन् ।
जङ्गली हात्तीले मानवीय क्षति गर्न थालेपछि यस क्षेत्रका बासिन्दा त्रसितसमेत भएका छन । बस्ती नजिकैका सामुदायिक वनमा जङ्गली हात्ती दिउँसै ओहरदोहर गर्दै आएका छन् । स्थानीयवासीले हात्तीकै डरले मेलापात गर्न छाडेका छन् ।
प्रत्येक वर्ष भारतको दुधुवा नेशनल पार्क हुँदै जङ्गली हात्तीको बथान यहाँ आइपुग्ने गर्दछ । बर्सातका बेला दुधुवा नेशनल पार्कमा पानी भरिने भएकाले हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै चुरे क्षेत्रसम्म पुग्ने गर्दछ ।
निकुञ्जको मध्यवर्ती क्षेत्र, त्यसका वरिपरिका क्षेत्र र चुरे क्षेत्रका बस्तीमा हात्तीले बढी नोक्सानी पु¥याउँदै आएको छ । हिँडडुल गर्ने पुरानो प्राकृतिक बाटो(करिडोर) मासिदा हात्तीले अधिक नोक्सनी पु¥याउने गरेको वन्यजन्तु विज्ञको भनाइ रहेको छ ।
“हात्तीले समूहमा रहेका बेला आक्रमण गर्दैन”, विज्ञहरु भन्छन्, “प्रजननका बेला मात चढेको मत्त(भाले) हात्तीले आक्रमण गरी मानवीय क्षति निम्त्याउने गरेको पाइएको छ ।” छावा माथि आक्रमण हुनसक्ने ठानेमा समेत जोगाउनका लागि हात्ती हिंसक हुने गर्दछ ।

सम्बन्धित समाचार

गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्ति भित्र्याउन राज्यले पहल गर्नुपर्छःमन्त्री कार्की

लण्डन । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुको बौद्धिक र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके नेपालको विकासमा टेवा पुग्न सक्ने बताएका छन् । मन्त्री कार्कीले राज्यले यसको उपयुक्त...

प्रदेश १ सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरू

विराटनगर, २५ जेठ-प्रदेश १ को नीति कार्यक्रममाथि छलफल सुरू भएको छ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष ०७७/७८को नीति कार्यक्रम माथि आज देखि छलफल सुरू भएको...

गृहमन्त्रीमा बादल पुन: नियुक्त

नेकपा एमालेका नेता रामबहादुर थापा बादल गृहमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बादललाई गृहमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएसँगै बादल गृहमन्त्रीबाट पनि स्वत: पदमुक्त भएका थिए...

भारत पश्चिमाको चीनविरोधी नीतिको मोहरा बन्यो : रुस

एजेन्सी, २५ मंसिर-रुसले भारत पश्चिमा देशको चीनविरोधी नीतिको मोहरा बनेको आरोप लगाएको छ । रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले क्वाड समूहको कडा विरोध गर्दै भारतलाई चीनविरोधी पश्चिमी देशको ‘लगातार, आक्रामक र छलपूर्ण’ नीतिको मोहरा भएको टिप्पणी...

सामाजिक दुरी कायम गरेको भए अमेरिकामा ३६ हजार बाँच्न सक्थे : अनुसन्धान

एजेन्सी, जेठ ९-संयुक्तराज्य अमेरिकाले समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकाका कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्न सक्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ । अमेरिकाले १५ मार्चपछि...

बिहीबार जेलमुक्त हुँदै सशस्त्र प्रहरी बलका पूर्वडीआईजी कोइराला 

काठमाडौं, ६ साउन-सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त हुने भएका छन् । श्रीमती हत्याको अभियोगमा जेलजीवन भुक्तान गरिरहेका कोइराला बिहीबार जेलमुक्त हुने भएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा...

इलामको छब्बिसेमा सशस्त्रको बिओपी स्थापना

इलाम, १ कात्तिक-नेपाल-भारत सीमावर्ती क्षेत्र छब्बिसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । इलामको सूर्योदय नगरपालिका- ४ को सीमावर्ती मेचीबजार छब्बिसेमा शुक्रबार सशस्त्र प्रहरीको १७३ औँ बिओपी स्थापना गरिएको हो । सीमा...

रूसमा बढ्यो कोरोना संक्रमण, एकैदिन भेटिए २० हजारभन्दा बढी संक्रमित

एजेन्सी, १२ असार ।रूसमा शुक्रबार पनि २० हजार जनाभन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रूसमा गएको २४ घन्टा यता २० हजार ३९३ जना नागरिक संक्रमणमा परेका यहाँका सञ्चारमाध्यमहरूलाई रूसका स्वास्थ्य क्षेत्रका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्