कर्सियाको सिटिजन्स बैंक लुटपाट प्रकरणः थप एक लुटेरा पक्राउ

 न्यूज विराट
कर्सियाको सिटिजन्स बैंक लुटपाट प्रकरणः थप एक लुटेरा पक्राउ

विराटनगर, २ कात्तिक । मोरङको कर्सियास्थित सिटिजन्स बैंकको शाखामा लुटपाट गर्ने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको धनपालथान गाउँपालिका–४ कर्सियस्थित सिटिजन्स बैंकको शाखा लुटपाटमा संलग्न मध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको अररीया जिल्लाका २२ वर्षीय रोशन यादव रहेका छन् ।

प्रहरीको विशेष टोलीले यादवलाई पेस्तोलसहित भारतबाटै पक्राउ गरेर ल्याएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार यादव बैंकबाट लुटपाट गरेको रकम लिएर फरार भएका थिए । प्रहरी स्रोतका अनुसार यादव बैंक लुटपाटका मुख्य अभियुक्त समेत हुन् ।

यसअघि बैंक लुटपाट भएकै दिन लुटेरा समुहका तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले यसअघि लुटपाट भएकै दिन भारतको अररीया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत गौराहाका ३५ वर्षिय बिजय बहरदार र विराटनगरका ३२ वर्षीय श्याम मुखियालाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

सप्तरीमा थपिए ७ जना कोरोना संक्रमित

जनकपुरधाम, २४ जेठ-सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले...

भारतीय क्‍वारेन्टाइनमा आमाको किरिया बसेका भट्टलाई घर ल्याइँदै

भारतीय क्वारेन्टाइनमा रहेर आमाको किरिया गरिरहेका दार्चुलाको शैल्यशिखर नगरपालिका-१ का वासुदेव भट्ट घर आउन पाउने भएका छन् । गृह मन्त्रालयले भारतको क्वारेन्टाइनमा रहेका भट्टलाई आमाको मृत्यु संस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय...

वर्षाले इँटा उद्योगमा १५ करोडको क्षति

धनगढी, मंसिर ३०–वर्षाका कारण सुदूरपश्चिम प्रदेशका इँटा उद्योगमा करिब १५ करोड रुपैयाँबराबरको क्षति भएको छ । शुक्रबार र शनिबारको वर्षाले कैलाली र कञ्चनपुरका इँटा व्यवसायी मर्कामा परेका हुन् । वर्षातले कैलाली, कञ्चनपुरका ७० वटा इँटा...

आज ३ अन्तर्राष्ट्रिय कार्गो उडान, चीन र यूएईबाट सामान ल्याइँदै

काठमाडौं, ५ बैशाख-शुक्रबार ३ वटा अन्तर्राष्ट्रिय कार्गो उडान हुँदैछ । संयुक्त अरब इमिरेट्स यूएईको सारजहाबाट एयर अरेबियाको कार्गो विमान काठमाडौं आउने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । एयरबस ३२० कार्गो विमान...

क्वारेन्टाइनबाट फर्किएपछि मृत्यु भएका व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ

बर्दिया, ६ असार-बर्दियाको क्वारेन्टाइनबाट फर्किएपछि मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिका-३ खुरखुरेका ४५ वर्षीय बन्सराम थारुको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । २ साताअघि काठमाडौंबाट...

नेकपा सचिवालय बैठकमा चर्काचर्की, ओली बाहिरिए

काठमाडौं, २४ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवलाय बैठकमा चर्काचर्की भएको छ । चर्काचर्की भएपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बैठकबाट बाहिरिएका छन् । बैठकमा नेताहरूबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली शयनकक्षतर्फ लागेको...

पूर्वडीआईजी कोइरालाको मुद्दामा आज सुनुवाइ

काठमाडौं, ११ साउन-सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ । कोइरालाले पत्नी गीता...

निषेधाज्ञा तोड्दै आन्दोलनमा उत्रिएका महिलाले लगाए प्रहरीचौकीमा ताला

कपिलवस्तु, १ जेठ-कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरूद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन् । वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्