सिमानामा चिनियाँ सैनिकविरुद्ध लड्न भारतीय सैनिकलाई करेन्टवाला त्रिशूल

 न्यूज विराट
सिमानामा चिनियाँ सैनिकविरुद्ध लड्न भारतीय सैनिकलाई करेन्टवाला त्रिशूल

एजेन्सी । भारतले चीनसँग सीमा विवाद रहेका स्थानमा चिनियाँ सैनिकविरुद्ध लड्न आफ्ना सैनिकलाई नयाँ खालका उपकरण उपलब्ध गराउन लागेको छ । भारतीय सञ्चार माध्यम एएनआईका अनुसार एक कम्पनीले हालै त्रिशूलजस्तो एक करेन्टवाला उपकरण र करेन्टवाला मुक्का प्रहार गर्न सकिने विशेष पञ्जा तयार गरेको छ ।

खासमा भारत र चीनबीचको सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखाको दुई किलोमिटर दूरीभित्र गोलीबारुद लगायत आधुनिक हातहतियार चलाउन नपाइने सम्झौता छ । यसकैको विकल्पमा सीमा विवाद भएका क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच बेलाबेला हुने मुठभेडमा विभिन्न अन्य उपकरण प्रयोग गरेर एक–अर्कालाई चुनौती दिने होड नै चलेको छ ।

गत साल विवादित क्षेत्र गलवान उपत्यकामा भारत र चीनका सैनिकहरूबीच मुठभेड भएको थियो । त्यस क्रममा चिनियाँ जनमुक्ति सेनाका जवानहरूले काँडेदार मुंग्रो हानेर भारतीय सैनिकको ज्यान लिएको र केही घाइते भएको बताइएको थियो । त्यसैको प्रतिकार स्वरुप अहिले भारतीय सेनाका लागि विशेया उपकरणहरु तयार पारिएको जनाइएको छ ।

समाचार एजेन्सीहरुका अनुसार भारतको नोइडामा रहेको एक स्टार्टअप कम्पनी आपास्टेरोन प्रा.लि.ले भारतीय सुरक्षाबललाई चिनियाँ बलसँग भिड्नका लागि ‘ननलिदल’ हतियार उपलब्ध गराउन लागेको हो । जसमा त्रिशूलजस्तो आकारमा एक आधुनिक उपकरण बनाइएको छ, जसको समाउने ठाउँमा स्वीच रहेको र त्यसमा दबाउँदा त्रिशुलको टुप्पोमा करेन्ट प्रवाह हुने बताइएको छ । यसले दुश्मनलाई गम्भीर घाइते वा मृत्यु नगराए पनि झट्का लाउन सकिने बताइएको छ ।

आपास्टेरोनका प्रमुख प्रविधि अधिकारी मोहित कुमारले एएनआईसँग भनेका छन्, ‘हामीले परम्परागत हतियारबाट प्रेरित भएर सिमानामा चिनियाँहरुसँग भिड्न भारतीय सुरक्षाबलका लागि टेजर तथा ननलिदल हतियार बनाएर दिएका छौँ ।’

उक्त त्रिशूलले दुश्मनलाई करेन्टको झड्का लगाउन र प्रतिबन्धित क्षेत्रमा आएका गाडीलाई रोक्न समेत सकिने उनको भनाइ छ । यस्तै करेन्टवाला पञ्जा समेत हातमा लाएर दुश्मनलाई मुक्का हान्न सकिने उनले बताए । उक्त मुक्का हान्दा समेत करेन्टको झट्का प्रवाह हुने र दुश्मनलाई केही छिनका लागि अत्याउने खालको रहेको रहेको बताइएको छ ।

सम्बन्धित समाचार

माेेरङकाे ४(२) मा कटहरिकाे एउटा वाड गणना सकिदा भिम पराजुलीलाई झिनाे मतकाे अग्रता

विराटनगर । माेरङकाे क्षेत्र नम्बर ४(२) प्रदेशतर्फ कांग्रेसका केन्द्रीय सदस्य भिम पराजुलीले झिनाे मतले सुरुवाति अग्रता लिएका छन । पराजुलीले एमालेका नेता जीवन घिमिरेलाइ २५ मतले पछि पार्दै अग्रता लिएका हुन् ।२ हजार ७ सय...

मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने १२ सय बढी सवारीसाधन कारबाहीमा

मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने साढे १२ सय सवारीसाधनलाई कारबाही गरेको छ । विभिन्न बहाना बनाएर बिनाकारण सडकमा निस्किएका सर्वसाधारण र सवारीधनीलाई कारबाही गरिएको हो । ‘लकडाउन’ उल्लंघन गरेको भन्दै प्रहरीले शुक्रबार विहानसम्म मोरङबाट ६ जनालाई...

विराटनगरसहित मोरङको ६ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना, यात्रुसँग बढी भाडा लिनेलाई कारवाही

विराटनगर । दसैं, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारीसाधनमाथि निगरानी बढाउने उद्देश्यले मोरङको ६ ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । चाडपर्वलाई लक्षित गरेर मोरङको विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक र रंगेली समेतमा...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो विद्यार्थी र एकल महिलाहरुलाई न्यानो कपडा

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बढ्दो चिसोबाट बच्नका बालबालिका र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।  क्लबले एडप्ट गरेको शिव आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्वीटर वितरण गरेको हो । विद्यालयमा अध्ययनरत...

विराटनगरका राजन श्रेष्ठ नेपाल क्षयरोग निवारण संस्थाको उपाध्यक्षमा निर्वाचित

विराटनगर । विराटनगरका समाजसेवी राजन श्रेष्ठ नेपाल क्षयरोग निवारण संस्थाको उपाध्यक्षमा निर्वाचित भएका छन् । संस्थाको काठमाण्डौमा सम्पन्न १२ औं महाधिवेशनमा श्रेष्ठ उपाध्यक्ष पदमा ८६ मत ल्याएर निर्वाचित भएका हुन् ।क्षयरोग निवारणको क्षेत्रमा लामो समयदेखि...

भारतमा कोभिड-१९ को खोप केही हप्तापछि आउँछ : प्रधानमन्त्री मोदी

एजेन्सी, १९ मंसिर-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताएका छन् । उनले शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरूसँगको बैठकका क्रममा सो कुरा बताएका हुन् । प्रधानमन्त्री मोदीले...

संखुवासभाबाट ५ विदेशी पर्यटकको उद्धार

संखुवासभाको सभापोखरी गाउँपालिकाबाट पाँच विदेशी पर्यटकको उद्दार गरिएको छ । सभापोखरी–२ बाह्रेविसे मकालु हिमाल ट्रेकिङका लागि आएका ५ विदेशी पर्यटकलाई कैलाश एयरको हेलिकप्टरबाट उद्दार गरिएको हो । अस्ट्रेलियाका २, क्यानडा २ र फ्रान्सका १ नागरिकलाई...

सरकारी गाडीबाट बिरामी बोक्न डा. केसीको अपिल

स्वास्थ्य शिक्षा अभियन्ता डा. गोविन्द केसीले सरकारी गाडीबाट बिरामी बोक्न अपिल गरेका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै निष्क्रिय रहेका सरकारी गाडीबाट बिरामी बोक्न सम्बन्धित मन्त्रालयलाई अपिल गरेका हुन् । उनले भने, 'सरकारी गाडीहरू...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्