दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा एक युवकको मृत्यु

 न्यूज विराट
दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा एक युवकको मृत्यु

बुटवल, कात्तिक १ । रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा डुवेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका ४ का २१ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।

कोटहीमाई गाउँपालिका ५ दानव नदी र तिनाउ नदीको संगमस्थल रहेको दुई मोहानमा मूर्ति विसर्जन गर्न आएका युवाको शव अबेर राति भारतीय गोताखोरले निकालेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीले रातिसम्म शव फेला पार्न नसकेपछि भारतीय गोताखोरको सहयोग लिइएको थियो ।

भारतीय गोताखोरले शव फेला पारेपछि स्थानीयहरू नेपाली सुरक्षाकर्मीप्रति आक्रोशित भएका थिए । सोही क्रममा शवको मुचुल्का गर्न नदिने र पोष्टमार्टमको लागि पनि अवरोध गरिएको थियो । अवरोध गरिए पनि प्रहरीले सम्झाइबुझाइ शव भैरहवा भीम अस्पतलामा ल्याइ पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो ।

दुर्गा मूर्ति विर्सजनको क्रममा प्रायः वर्ष जसो दुर्घटना हुने गरेको छ । गत वर्ष पनि एक युवाको यसैगरी मृत्यु भएको थियो । विर्सजनलाई लिएर प्रहरीले उच्च सतर्कता अपनाउने गरे पनि दुर्घटना हुने गरेको छ ।

सम्बन्धित समाचार

प्रदेश प्रमुख अधिकारीलाई थप उपचारका लागि काठमाडौं लगियो

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण भई अक्सिजनको कमीका कारण आज अपराह्न थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । प्रदेश प्रमुख अधिकारी यही १२ मंसिरमा कोरोना संक्रमित भएर विराटनगरस्थित निवासमा...

अमेरिकामा बाइडेन जितनजिक, अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने

एजेन्सी, २० कात्तिक-अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन् । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउँदै उनले निलो पर्खाल बनाएका छन् भने राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउँदै...

विराटनगरमा मनाइयो विश्व मुटु दिवस

विराटनगर । विराटनगरमा विश्व मुटु दिवस मनाइएको छ । आइतबार विराट मेडिकल कलेज शिक्षण अस्पतालको सहकार्यमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विश्व मुटु दिवस मनाइएको हो । सो अवसरमा मानिसको महत्वपूर्ण शारीरिक अंग मुटुलाई...

कर्तब्य ज्यान मुद्दामा माफि पाएका अभियुक्तबाट मारिए उर्लाबारीका कुशल, थप दुई जना फरार

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका ४ का २१ वर्षीय कुशल दाहालको हत्या आरोपमा प्रहरीले जनालाई पक्राउ गरेको छ । दाहालको हत्या आरोपमा मोरङ प्रहरीले उर्लाबारी– ५ का सुवास तामाङलाई बुधबार पक्राउ गरेको हो । पक्राउ...

संशोधन विधेयकमा कुनै पनि दलले विरोध नजनाएपछि संसदमा छलफलका लागि बाटो खुल्ला

काठमाडौं, १८ जेठ-संविधान दोस्रो संशोधन विधेयकमा कुनै पनि दलले विरोध नजनाएपछि संसदमा छलफलका लागि बाटो खुल्ला भएको छ । सभामुख अग्नि साप्कोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पेस गरेको नेपालको संविधानको दोस्रो...

रोटरी क्लब डाउनटाउनद्वारा बाढी पीडितलाई राहत वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बाढी पीडितलाई राहत वितरण गरेको छ । जहदा गाउँपालिकाको बुधनगरमा बाढीबाट प्रभावित विपन्न परिवारलाई क्लबले राहत वितरण गरेको हो । आइतबार एक कार्यक्रमको आयोजना गरी बाढीपीडितलाई चामल, पिठो,...

लकडाउन भएमा राजस्व पूरा गर्न कठिन:अर्थमन्त्री

काठमाडौं, १५ कात्तिक-अर्थमन्त्री विष्णु पौडेलले कोरोना महामारीको कारण पुन: लकडाउन लगाइएमा राजस्वको लक्ष्य पूरा गर्न कठिन रहेको बताएका छन् । गत आर्थिक वर्षमा ७ खर्ब ९३ अर्ब मात्रै राजस्व उठेकोमा चालू वर्ष विभाज्य कोषसहित १०...

कान्तिपुर कलेजद्धारा खेलाडिलाई सम्मान

विराटनगर । विराटनगर– १० मा रहेको कान्तिपुर कलेजले हिसान स्पोर्ट्स मिटमा सहभागि हुने खेलाडीहरुलाई सम्मान गरेको छ । कलेजमा मंगलबार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । कान्तिपुरले हिसान स्पोर्टस् विकमा क्रिकेटमा साविक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्