प्रधानमन्त्री देउवाद्वारा नेपाल संवत ११४२ को शुभकामना

 न्यूज विराट
प्रधानमन्त्री देउवाद्वारा नेपाल संवत ११४२ को शुभकामना

काठमाडौँ, १९ कार्तिक ।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल संवत नयाँ वर्ष ११४२ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभयो । नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गर्नुभएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो ।

नेपाल संवतको प्रचलन र गरिवी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोमा उहाँलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले नेपाल संवत् ११४२ को उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा दिनदहाडै युवामाथि तरबार प्रहार गर्ने दुई जना पक्राउ, ६ जना अझै फरार

विराटनगर । विराटनगरको व्यस्त बजारमा दिनदहाडै एक युवामाथि तरबार प्रहार गरेको घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका – ८ का २२ वर्षीय समीर हुसेन र विराटनगर – ६ का...

सिरहामा कोरोना संक्रमित युवकको मृत्यु

वीरगञ्ज, २३ साउन-सिरहामा १ जना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सिरहाको गोलबजार नगरपालिकाका- १२ का २१ वर्षीय युवकको मृत्यु भएको हो ।   सिरहाका प्रमुख जिल्ला...

आज ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण

काठमाडौं, ५ कात्तिक-गत २४ घण्टामा नेपालमा ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको २० हजार १ सय १८ को पीसीआर गर्दा आज देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना पोजिटिभ...

ढुकुटीमा प्रयाप्त भुक्तानी मौज्दात छ, बजेट खर्च गर्न समस्या हुँदैन : मुख्यमन्त्री राई

विराटनगर, ९ साउन । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताएका छन् । बजेटको अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै...

फेरी बढ्यो पेट्रोलिम पदार्थको मूल्य, पेट्रोल अब १२५ रुपैयाँ प्रतिलिटर

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजल/मट्टितेल र हवाई ईन्धन (आन्तरिक उडान) को साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो । मृल्यवृद्धिसँगै काठमाडौंका लागि...

नेकपा स्थायी समिति बैठक सर्‍यो

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमीटिको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमै सकिएको हो । आजको बैठकमा आफू उपस्थित हुन नसके पनि ओलीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

मदरल्याण्ड एकाडेमी साँस्कृतिक कार्यक्रम

विराटनगर । विराटनगरस्थित मदरल्याण्ड एकाडेमीमा विभिन्न कार्यक्रम आयोजना गरी सरस्वती पूजा मनाएको छ । स्कुल परिसरमा बुधबार सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण र भोजन कीर्तन प्रतियोगिता आयोजना गरेको हो । दुई चरणमा गरी आयोजना गरिएको कार्यक्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्