साफ उपविजेता नेपाली टिम स्वदेश फिर्ता, स्वागतमा बिमानस्थल पुगे खेलकुद मन्त्री

 न्यूज विराट
साफ उपविजेता नेपाली टिम स्वदेश फिर्ता, स्वागतमा बिमानस्थल पुगे खेलकुद मन्त्री

काठमाडौं, कात्तिक १ । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३(० गोल अन्तरले पराजित भएको थियो ।

नेपाली टिम बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएको थियो । नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपदाधिकारी लगायतले भव्य स्वागत गर्नुभयो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी भने फाइनल अघि नै राजीनामा दिइसकेका कारण माल्दिभ्सबाट कुवेत पुग्नुभएको छ । यस्तै राष्ट्रिय टोलीका सदस्य रोहित चन्दसमेत नेपाल झर्नुभएन । व्यावसायिक फुटबलका लागि इन्डोनेशिया लिग वान खेलिरहेका रोहित जाकार्ता नै लाग्नुभएको छ । यसअघि रोहित जाकार्ताबाट सिधै माल्दिभ्स पुग्नुभएको थियो ।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो । लिग चरणमा नेपालले माल्दिभ्सलाई १-० र श्रीलंकालाई ३-२ ले हराएको थियो । यस्तै भारतसँग १-० ले पराजित हुँदा अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक फिर्ता हुँदै

काठमाडौं, २४ असार । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची...

मोरङको ग्रामथानमा सौन्दर्यकर्मी संगठित, अध्यक्षमा सुजता

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन मोरङको ग्रामथान गाउँपालिकामा गठन भएको छ । जिफन्टको तीन महिने अभियान अन्र्तगत ग्रामथानमा सौन्दर्यकर्मी यूनियन गठन भएको हो । राष्ट्रिय सौन्दर्यकर्मी युनियन ग्रामथानको अध्यक्षको सुजता भट्टराई रहेकी छिन् । समितिको...

अनेरास्ववियूका ऐन महरलाई रञ्जित तामाङले कारबाही गरे, ओली पक्ष प्रतिवाद गर्दै

काठमाडौं, १० पुस-अनेरास्ववियूका सहसंयोजक रञ्चित तामाङको समूहले संयोजक ऐन महरलाई कारबाही गरेको छ । संगठनको नीति, निर्णय र विधान विपरीतका काम जारी राखेकाले संगठनको बहुमतको निर्णयअनुसार महरलाई संयोजक पदमा नरहने गरी सहसंयोजक तामाङको समूहले कारबाही...

विराटनगरको कोभिड–१९ अस्पतालमा आईसियु र भेन्टिलेटर सेवा शुरु

विराटनगर, ४ भदौ-प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा सुरु गरिएको छ । कोरोनाका लक्षण सहितका संक्रमितको उपचार गर्नेगरि आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको सामाजिक विकास...

कोशी अस्पतालमा चरम बेथितीः स्वास्थ्यकर्मीले यसरी पढाउँछन् निजी हस्पिटलमा बिरामी

घटना १ विराटनगर महानगरपालिका–२ सरस्वती टोलका ५८ वर्षीय सुरेश भुजेल उच्च रक्तचापका कारण घरमा ढले । १६ कार्तिक घरमै ढलेपछि परिवारका सदस्यले उनलाई तत्काल राति १० बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पु¥याए । भुजेल परिवारको...

बालुवाटारमा दीप प्रज्वलन

काठमाडौं, २५ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा दीप प्रज्वलन गरिएको छ । २५६४ औँ बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, र मन्त्रीहरूको उपस्थितिमा आज साँझ ७ बजे दीप प्रज्वलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले...

नगद सहित ब्राउन सुगर कारोबारमा संलग्न ४ जना पक्राउ

विराटनगर, १५ असार ।झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो सँवा ३ बजे दमक-६ थाना रोड स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक...

महोत्तरीमा नीलगाई मृतावस्थामा फेला

महोत्तरी, ३ बैशख-महोत्तरीको गौशाला नगरपालिकामा जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ ।जिल्ला वन कार्यालयका अनुसार गौशाला नगरपालिका—१ स्थित एभरेष्ट चिनी मिलमा नीलगाई मृतावस्थामा फेला परेको हो । वनमा डढेलो लागेका कारण वनबाट भागेर चिनी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्