पाल्पामा देखिएन सारङ्गी, सुनिएन मालश्री धुन

 न्यूज विराट
पाल्पामा देखिएन सारङ्गी, सुनिएन मालश्री धुन

दसैँको नवदुर्गा सुरु भएसँगै मालश्री गीत गाउने चलन पछिल्ला वर्षमा लोप हुँदै गएको छ । गन्धर्व समुदायका युवाले रातका समयमा मालश्री गाउन गाउँबस्तीमा जाने चलन थियो । अहिले मालश्री गाउने मानिस पाउन मुस्किल भएको स्थानीयवासीको दाबी छ । परम्परागत रुपमा गन्धर्व समुदाय सीमित रहेको यो पेसामा युवा पुस्ताको आकर्षण हुन नसक्दा संकटमा परेको हो । सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई मोहित बनाउँछ ।

तानसेन नगरपालिकाको बसपार्कका रामबहादुर गन्धर्व अहिले ७० वर्षका भए ।  मालश्री गीत गाउन  पहिला रातिको तीन बजे नै जाने चलन थियो । मालश्री गीत गाउने युवा प्रशस्त हुने भएपनि अहिले कोही पनि भएको गन्धर्वको मन खिन्न छ । पहिला जस्तो सारङ्गी बजाउने विशेष रुचि नहुँदा दसैँमा मालश्री र अन्य समय सारङ्गी बजाइ गीत गाउने चलन हराएको हो ।

सारङ्गी बजाउन रहर त्यति नै जागेको छ, तर बढेसकाल लागेकोले रहरले मात्र भएन, गाउँ बस्ती पुगेर गीत गाउन सकिँदैन । अहिले सारङ्गीको धुनसँगै गीत गाउने क्षमता भएका जिल्लाकै एउटा पात्र रामबहादुर गन्धर्व मात्र हुन् । गन्धर्व जातिमाथि अपमान र छुवाछुतकै कारण युवा पुस्ता यो पेसाबाट विस्थापित भएका छन् । युवा पुस्ता सारङ्गी बजाउने पेसामा आकर्षित हुन सकेको छैन ।

सारङ्गीको धुनसँगै गन्धर्व जातिले समाजमा सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो । सूचना प्रविधिको विकास हुनुअघि सञ्चारको भरपर्दो माध्यम सारङ्गी मानिन्थ्यो । अहिले सूचना प्रविधिको विकास र प्रयोगले यस बाजाको महत्वमा कमी आएको छ । गन्धर्व जातिको बस्ती रहेको युवा पुस्ताको आकर्षण नहुँदा परम्परागत बजाउने पेसा संकटमा परेको हो । नेपाली मौलिक लोकबाजा र लोक संस्कृतिको झल्को सारङ्गी रेटेर गीत गाउँदा आउने गर्छ ।

गैरदलित समुदायले गीत गएर ठूला महलदेखि सवारीसाधन किन्न सक्ने स्थिति हुने, गन्धर्व जातिले गीत गाउँदा जीवीकोपार्जनमा समस्याले युवाको आकर्षण हुन नसकेको गन्धर्व टोल विकास समितिका पूर्व अध्यक्ष दिनेश गन्धर्व बताए । तानसेन नगरपालिका सहित रम्भा र रिब्दिकोट गाउँपालिकामा गन्धर्व जातिको बसोबास छ । गीतसंगीतमा यसको भूमिका निकै रहे पनि अहिले यो नेपाली लोकबाजा बजाउने मानिसको अभाव देखिएको छ ।

सारङ्गी बजाउने अन्य पेशाव्यवसायमा लागेपछि यो पेसा नै धरापमा परेको छ । गन्धर्व समुदायका सारङ्गी बजाउन सीप भएपनि राज्यको बेवास्ताका कारण अन्य पेसामा लाग्नुपर्ने बाध्यता सिर्जना भएको हो । स्थानीयवासी शालिकराम गन्धर्वका अनुसार  छोरा छोरीले लेखपढ गरेपनि स्वदेशमा काम नपाइदा रोजगारीका लागि अन्यत्र जादा यो पेशा संकटमा परेको हो । सारङ्गी बाजा बजाई जीवीकोपार्जन गर्न अझै पनि समस्या हुँदा यो पेसा छाडेको  गन्धर्वको भनाइ छ । गन्धर्व जातिको पुख्र्यौली पेशा लोप हुनुमा सामाजिक, सांस्कृतिक व्यवस्था नै बाधक रहेको दलित अधिकारकर्मीको भनाइ छ ।

गन्धर्व कला र गलामा धनी भए पनि राष्ट्रियस्तरमा सम्मान पाउन सकेको छैनन् । सारङ्गी बजाउन पेसालाई निरन्तरता दिन गन्धर्व जातिबाहेकका युवा पुस्तालाई आकर्षित गर्न सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्नेमा  दलित अधिकारकर्मी तीर्थप्रसाद गौतम बताउँछन् ।

सम्बन्धित समाचार

कानूनि सचेतना जगाएर सबैलाई न्यायको पहुँचमा ल्याउन माग

विराटनगर । कानूनि साक्षरता र सचेतना अभावका कारण विभिन्न घटनाका पिडित र हिंसामा परेकाहरुले न्याय पाउनबाट बञ्चित हुन परेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । उच्च सरकारी वकिल कार्यालय विराटनगरले यहि असार २५ गते मोरङको...

विराटनगरका चार संचारकर्मी सम्मानित

विराटनग । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले चार जना पत्रकारलाई सम्मान गरेको छ । संघको २५ औं वार्षिक साधरणसभा तथा महिला उद्यम समितिकोे १२ जिल्ला अधिवेशनको अवसर पारेर शनिबार चार जना पत्रकारहरुलाई सम्मान...

एमालेको अवरोधकाबीच विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच संसदबाट विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । एमालेको नाराबाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसदबाट बहुमतले...

वामदेवका लागि मैदान खाली गर्न महेश बस्नेत तयार

नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद महेश बस्नेतले पार्टी उपाध्यक्ष वामदेव गौतमका लागि सिट खाली गर्न तयार रहेको बताएका छन् ।गाैतमलाई प्रतिनिधिसभामा ल्याउने चर्चाका माझ भक्तपुर निर्वाचन क्षेत्र नं. २ का सांसद बस्नेतले सिट खाली गर्न...

विराटनगरमा रथयात्राको तयारी तीब्र

विराटनगर । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ ।बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा रथ घुमाउने रुटमा पर्ने केवल, नेट, विद्युतको तार र सडकको अवस्थाका विषयमा निरीक्षण गरिएको छ । रथ घुमाउन...

थ्री नेसन्स कप : बंगलादेशलाई हराउँदै नेपाल बन्यो विजेता

नेपाल थ्री नेसन्स कपको विजेता बनेको छ । सोमबार बेलुका दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ को गोल अन्तरले हराएको हो । नेपालका लागि १७ औं मिनेटमा संजोक राईले गोल गर्दै सुरुवाती अग्रता...

लकडाउनलाई निरन्तरता दिन सरकारलाई उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं, २३ वैशाख-कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लकडाउन बढाउने भन्ने निर्णय नगरे पनि बढ्न सिफिरिस गरेको हो...

पत्रकारलाई सडकमा राखेर बालुवाटारभित्र नेकपा बैठक

काठमाडौं, १७ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारलाई प्रवेश रोक लगाइएको छ । नेकपाको सचिवालय बैठकमा सूचना संकलन गर्न गएका पत्रकार प्रधानमन्त्री निवासको गेटबाटै रोक लगाइएको हो । सबै पत्रकार सडकमा नै रहेका छन् । भित्र भने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्