मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो

 न्यूज विराट
मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो

कास्की, २७ असोज-राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल) सडक आयोजनाले जनाएको छ ।

ढिलोमा आगामी माघ महिनाभित्रमा सम्पूर्ण काम सम्पन्न हुने दावी गरिएको छ । फेदीदेखि घट्टेखोलासम्मको दुई किमी सडकबाहेक अन्य सबै स्थानमा ‘अस्फाल्ट ’कालोपत्र सकिएको छ । सो स्थानमा कालोपत्रका लागि सबै काम तयारी अवस्थामा रहेको बताइन्छ ।

कालोपत्रपछि अहिले रोड मार्किङ लगायतका काम जारी छ । याम्दीदेखि सुुइखेतसम्म छ किमी र सुइखेतदेखि घट्टेखोला छ किमी २०० मिटर गरी दुई खण्डमा ठेक्का सम्झौता गरेर काम सुरु गरिएको थियो । सो सडकको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको पुष्पलाल (मध्यपहाडी)राजमार्ग आयोजनाका इञ्जिीनियर अनन्त बरालले जानकारी दिनुभयो ।

सुरुआतमा विद्युत् पोल र खानेपानीको पाइपको स्थानान्तरणको प्राविधिक समस्याले ढिलाइ भएको र पछि कोरोनाका कारणले आयोजना प्रभावित भएर तीन पटकसम्म म्याद थप गरिएको उहाँले बताउनुभयो । आयोजना निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा पोल र पाइप कसले स्थानान्तरण गर्ने भन्ने जिम्मेवारी तय नहुँदा सुरुमा लामो समय काम प्रभावित भएको दाबी आयोजनाको छ ।

इञ्जिीनियर बरालले भन्नुभयो, “सरकारले पछिल्लो पटक कोरोनाका कारण प्रभावित आयोजनाका लागि चैतसम्मको म्याद थप गरेको छ । तर यस आयोजनाको बाँकी काम त्यस भन्दा अघिनै ढिलोमा माघभित्रमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गरेका छ ।” असोजदेखि बाँकी रहेको स्थानमा कालोपत्र गर्ने योजना रहेपनि नियमितजस्तो वर्षा भएकाले काम सुरु गर्न नसकिएको बताइन्छ ।

सडकको ‘मेडियन’का कारण सडकमा पानी आउँदा सडक छिट्टै जीर्ण हुने भएकाले अहिले मेडियनको ढलानको काम भइरहेको छ । त्यसबाहेक सडक सौन्दर्यकरणको कामसमेत चालू रहेको इञ्जिीनियर बरालले बताउनुभयो । विसं २०७६ असोज मसान्तभित्रमा सम्पन्न गर्ने गरी विसं २०७४ भदौमा आयोजनाको ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनीको ढिलासुस्तका कारणले काममा ढिलाइ भएको गुनासो स्थानीयवासीले गर्ने गरेका थिए । विगतमा बर्खायाममा हिलो र हिउँदमा धुलोले लामो समय प्रभावित बनेका सर्वसाधारण अहिले भने फराकिलो चिल्लो कालोपत्र सडक बनेपछि उत्साहित बनेका छन् । सो खण्ड ३० मिटर फराकिलो छ । निर्माण कार्य तोकिएको मितिमा सम्पन्न हुन नसकेपछि विसं २०७६ असोजमा पहिलोपटक, पहिलो चरणको कोरोनाका बेला दोस्रो पटक र कोरोनाको दोस्रो चरणपछि तेस्रो पटक म्याद थप गरिएको थियो ।

“गत आर्थिक वर्षको असारभित्रमा आयोजनाको सबै काम सम्पन्न गर्ने लक्ष्य थियो ।” इञ्जिीनियर बरालले भन्नुभयो, “तराईका जिल्लामा लकडाउनमा कडाइले निर्माण सामग्री र विटुमिन समयमै ल्याउन सकिएन, यस वर्ष अर्लि मनसुनका कारणबाट पनि आयोजना निर्धारित समयमा पूर्णता पाउन सकेन ।” राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राजमार्गको कास्कीको पश्चिम खण्ड याम्दीदेखि कास्की पर्वत÷सीमाना नयाँपुलसम्म ३७ किमी पर्दछ ।

जसमा घट्टेखोला–नयाँपुलको २५ किमी सडकको काम यसअघिनै सम्पन्न भएको छ । जिल्लाको पूर्वी खण्डको भैँसेदेखि याम्दीसम्मको ‘सडक एलाइनमेन्ट’ अझै निश्चित भएको छैन । आयोजनाले याम्दी–सुइखेत खण्ड निर्माणका लागि विसं २०७४ भदौमा स्वच्छन्द इलाइट जेभीसँग रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ मा र सुइखेत–घट्टेखोला खण्ड शर्मा एण्ड कम्पनीसँग रु ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा ठेक्का सम्झौता गरेको थियो ।

सम्बन्धित समाचार

देशकै नमुना क्षेत्र बनाउने जीवन आचार्यको प्रतिवद्धता

विराटनगर । मोरङ क्षेत्र नं. ६ (क) का गठबन्धन उम्मेद्वार जीवन आचार्यले आफ्नो निर्वाचन क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिवद्धता जनाएका छन् । माओवादी केन्द्रका तर्फबाट प्रदेश सभाका लागि उम्मेदवार बनेका आचार्यले क्षेत्रको समग्र विकासमा अकल्पनीय...

केएमसी अस्पतालको आइसोलेसनमा १ जनाको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

काठमाडौं, १० जेठ-काठमाडौं मेडिकल कलेज (केएमसी) को आइसोलेसनमा उपचाररत १ वृद्धको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार बुटवलका ति व्यक्तिको आज उपचारका क्रममा मृत्यु भएको हो। ३ दिनअघि अस्पताल भर्ना भएका करिब ६५/७० वर्षीय...

मोरङको ८ स्थानीय तहका विरामीलाई निःशुल्क रगत, १७ वटै स्थानीय तहमा बितरण गर्ने रेडक्रसको तयारी  

विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङले स्थानीय तहहरुसँग सहकार्य गरेर विरामीहरूलाई निःशुल्क रगतउपलब्ध गराउँदै आएको छ । रेडक्रसले मोरङको आठ वटा स्थानीय तहहरुसँग सम्झौतागरेपछि अहिले निःशुल्क रगत विरामीलाई उपलब्ध गराउँदै आएको हो ।   स्वास्थ्य...

डाक्टरमाथि लाठी चार्ज प्रकरण : महाराजगञ्ज वृत्तका डीएसपी लम्साललाई मेट्रो तान्ने तयारी

काठमाडौं, ४ बैशाख-महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएससपी) उमेल लम्साललाई तान्ने तयारी भएको छ । महाराजगञ्ज प्रहरीले दबंग शैलीमा उत्रिएर डाक्टरमाथिनै लाठी चार्ज गरेको विषय सार्वजनिक भएपछि उनलाई कारबाही स्वरुप महानगरीय प्रहरी...

६ कम्युनिष्ट पार्टीले गरे भोली नेपाल बन्दको घोषणा

विराटनगर, ३ फागुन । अमेरिकी सहायता परियोजना एमसीसीको विरुद्धमा विभिन्न छ वटा कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी, देशभक्त गणतान्त्रीक मोर्चा नेपाल, बैज्ञानिक समाजवार्दी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र नेकपा...

ओलीलाई भेटेर फर्केका भीम रावलसहितका नेताहरू माधव नेपालसँग छलफलमा

एमालेको स्थायी कमिटी बैठक स्थगित गरी कार्यदलको १०बुँदे सहमति अनुसार अगाडि बढ्न गरेको प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि माधव नेपालनिकट नेताहरू कोटेश्वर पुगेका छन् । नेपाल पक्षका कार्यदल सदस्यहरू भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे,...

सिन्धुपाल्चोकमा बाढीले बगाएका ७ को भेटियो शव, अन्यको खोजी जारी

सिन्धुपाल्चोक, असार २-अविरल वर्षाका कारण मेलम्चीमा आएको बाढीले बगाएको सात जनाको मृत्यु भएको छ । हेलम्बु क्षेत्रमा उनीहरुको शव आज भेटिएको हो । हिजो बेलुकी मेलम्चीमा बाढी आएर स्थानीय बस्तिहरु बगाएपछि बिहानबाट प्रहरीले खोजी तथा...

कांग्रेस नेता घिमिरेको ठहरः सभापति देउवाले ठूलो राजनीतिक भुल गरे

काठमाडौँ, ९ जेठ । नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले निर्दलीय चरित्र बोकेर ठूलो राजनीतिक भुल गरेको बतउनुभएको छ । उहाँले विभाजन नै नभएको एमालेका सांसदको हस्ताक्षर बोकेर प्रधानमन्त्री हुन पाउँ भनेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्