‘लाङ्टाङ र गोसाइँकुण्डको रोञ्चकारी पदयात्रामा निस्कने होइन ?’

 न्यूज विराट
‘लाङ्टाङ र गोसाइँकुण्डको रोञ्चकारी पदयात्रामा निस्कने होइन ?’

रसुवा, २६ असोज-कोभिड–१९ का कारण लामो समयदेखि सुनसान जिल्लाको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

कोभिड सङ्क्रमणदर न्यून र वर्षाको प्रभाव हट्दै गएकाले हिमाली प्रकृति छटा अवलोकनका लागि पर्यटक आकर्षित हुन थालेका हुन् । लामो समयदेखि सुनसान नेपालको तेस्रो पर्यटकीय क्षेत्र लाङ्टाङ एवं पवित्र तीर्थ गोसाइँकुण्ड जाने पदयात्रीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको यहाँस्थित होटल व्यवसाय सङ्घले जनाएको छ ।

सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलका अनुसार घटस्थापनादेखि आन्तरिक पर्यटकको आगमन सुरू भएको हो । उहाँले हिमाली प्रकृति छटा अवलोकन गर्न करिब एक हजार पदयात्री लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रका भ्रमणमा रहेका र आगमनको क्रम बढ्दै गएको जानकारी दिनुभयो ।

पर्यटकको आगमन हुन थालेपश्चात भोजनका लागि उक्त पदमार्गका पर्यटन व्यवसायीले खच्चडद्वारा खाद्यान्न ढुवानी गर्ने काम धमाधम अगाडि बढाएका छन् । पर्यटकको आगमनसँगै बन्द रहेका होटल तथा लज धमाधम खुल्न थालेका छन् ।

गोसाइँकुण्ड क्षेत्रमा १७ र लाङ्टाङ क्षेत्रमा ५० भन्दा बढी होटल तथा लज रहेकाले पैदलमार्गमा खान–बस्न कुनै समस्या नपर्ने व्यवसायीहरूले स्पस्ट पारेका छन् ।

दिनप्रतिदिन मौसमको सुधारबाट अग्ला सेता हिमाल देखिन थालेको, पदमार्गमा हिँड्दा जुकाले टोक्ने, भिरबाट ढुङ्गा लड्ने, चिप्लनेजस्ता समस्या हटिसकेकाले अबको पदयात्रा रोञ्चकारी हुने पदयात्रीले अनुभव लिएका छन् ।

पदयात्राका क्रममा अवलोकनका लागि लाङ्टाङको क्याङ्जेनस्थित मानव बस्ती नजिक रहेको हिमनदी, अग्ला हिमाल, मिश्रण वनस्पति, वन्यजन्तु रहेका छन् ।

यसैगरी गोसाइँकुण्डतर्फ भने देवताका पनि देव महादेव भगवान् शङ्कर गोसाइँकुण्ड शिवजी बिराजमान रहनुभएको पवित्र कुण्डमा स्नान र पूजाआजा गर्दा आफ्ना मनेकांक्षा पूरा हुने धार्मिक मान्यता रहिआएको छ ।

पदयात्रीलाई नजिकजस्तै देखिन सकिने हिमाल, उकाली, ओराली भञ्ज्याङ चौतारी, वन, वनस्पति, वन्यजन्तुजस्ता सम्पदाले मनमोहक बनाउने गरेको छ । कोरोनाकै कारण बन्द रहेको पर्यटकीय पदमार्ग चलायमान हुन थालेसँगै आफूहरु उत्साहित हुन थालेको होटल व्यवसायीले

सम्बन्धित समाचार

१५ बैंक ह्याक गर्ने धम्की, राष्ट्र बैंक भन्छ- त्रासमात्र फैलाउने काम

काठमाडौं, ७ साउन । राष्ट्र बैंकसहित १५ बैंक ह्याक गर्ने भन्दै ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनीसहित म्यासेज आएपछि बैंकिङ क्षेत्रमा तरङ्ग पैदा भएको छ । नेपाल राष्ट्र बैंक आईटी डिपार्टमेन्टमा कार्यरत कर्मचारीको ग्रुप च्याटमा...

महिलाहरूले पुरुषसँग बसेर पढ्न नपाउने तालिबानको घोषणा, नयाँ नियम लागू

एजेन्सी, २८ भदौ । तालिबानले अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिंगका आधारमा विभाजित गरी अध्ययन अध्यापन गराइने घोषणा गरेको छ । साथै विश्वविद्यालयलमा नयाँ इस्लामी ड्रेस कोडको सुरुवात गरिने पनि तालिबानले जनाएको छ । नवनियुक्त शिक्षामन्त्री अब्दुल बकी हक्कानीले...

जुम्लामा क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु

सुर्खेत, २३ जेठ-जुम्लामा बिहीबार राती क्वारेन्टाइनमा बसेका १ वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-८ धुपी ढुस्का माध्यमिक विद्यालय तलिउमको क्वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।...

उद्योगमैत्री कर नीति ल्याउन मोरङका व्यापार संघको माग

विराटनगर । मोरङ उद्योग व्यापार संघले स्वदेशी उद्योगको संरक्षण र सम्वद्र्धनका लागि उद्योगी कच्चा पदार्थमा लाग्ने कर हटाउन माग गरेको छ ।संघीय अर्थ मन्त्रालय र मोरङ उद्योग व्यापार संघको संयुक्त आयोजनामा सोमबार विराटनगरमा सम्पन्न अन्तरक्रिया...

अघिअघि टेलिकम, पछिपछि एनसेल

कोरोना विषाणुको सङ्क्रमणबाट सतर्क रहन सन्देश प्रवाह होस् अथवा बन्दाबन्दीले घरभित्रै बस्न बाध्य भएको बेला नयाँनयाँ प्याक सुविधा उपलब्ध गराउन होस् देशका मुख्य दूरसञ्चार सेवा प्रदायक यतिबेला सक्रिय देखिन्छन् । कोरोनाका सम्भावित सङ्क्रमित पहिचान गर्न...

प्रदेश २ सरकारको निर्णयः वडा कार्यालयको समन्वयमा घरमै राहत

जनकपुर, ६ बैशाख-कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा दैनिक ज्यालादारीका मजदुरहरुको लागि प्रदेश सरकारले दोस्रो चरणको राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषदको आज सम्पन्ने बैठकले लक्षित परिवारको...

मध्यपुर अस्पतालका ३० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा  

काठमाडौं, २४ जेठ-गर्भवती महिलामा कोरोना भाइरस पोजिटिभ देखिएपछि भक्तपुरको मध्यपुर अस्पताल प्रालिका ३०  कर्मचारी क्वारेन्टाइनमा बस्न सुरू गरेका छन् । गत मंगलबार अस्पताल भर्ना भएकी दोलखा घर भएकी भक्तपुर कमलबिनायकमा बस्ने ति गर्भवतीमा आज गरिएको...

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्