श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनि धाकधम्की दिने श्रीमान् पक्राउ

 न्यूज विराट
श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनि धाकधम्की दिने श्रीमान् पक्राउ

विराटनगर, २३ असोज । आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनि धाकधम्की दिने भोजपुर रामप्रसादराई गाऊपालिका १ चामबोटे का ४६ बर्षीय सुजिल राई भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।

हिजो राती सँवा ८ बजे घरयासी बिबादको कारण आफ्नै श्रीमती ४५ बर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गर्दा गहिरो चोट लागि घाईते बनाई घरमा लुकाई छिपाई राखेको भरुवा बन्दुक निकाली श्रीमतीलाई ताकी मार्छु भनी धाक धम्की दिएका थिए ।

घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी ओख्रेबाट प्रहरी टोली खटि गई घाईते जुनालाई उपचारको लागी स्थानिय मेडिकल ओख्रेमा पठाईएको थियो ।

घटनास्थलमा भरुवा बन्दुक फाली तत्कार फरार रहेका सुजिललाई प्रहरीले खोजतलास गरी पक्राउ गरि जिल्ला प्रहरी कार्यालय भोजपुर पठाईएको हो । घटनस्थलबाट भरुवा बन्दुक, कोदालो सहित बरामद गरेको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

‘ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा मेरो प्राथमिकता’

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् । एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख...

सडकको विषयलाई लिएर उपभोक्ता समिति अध्यक्षमाथि कुटपिट 

विराटनगर, २९ जेठ-विराटनगरमा निर्माणाधिन सडकको सिमाना टुंगो लगाउने विषयमा विवाद हुँदा सडक उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट भएको छ । विराटनगर-११ पंचमुखी चोकस्थित धरणीधर मार्गमा निर्माण गर्न लागिएको सडक र नालाको सिमानाका बिषयमा विवाद हुँदा निर्माण...

पत्रकार पाठक झिलकुमारी लुईटेल स्मृती पत्रकारिता पुरस्कारबाट सम्मानित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजलाई सही बाटो देखाउन बाललिकालाई गुणस्तर शिक्षा दिनु आवश्यक रहेको बताउनु भएकोछ।नारदमुनि– पवित्रा लुईटेल स्मृति कोष मोरङ ग्रामथान गाउँपालिका–२ द्वारा शुक्रवार झोराहाटमा आयोजित झिलकुमारी लुईटेल स्मृती पत्रकारिता पुरस्कारबाट...

शिलन्यास भएको तीन दशकपछि कटहरीमा रेडक्रस भवन बन्यो

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा निर्माण गरिएको रेडक्रस उपशाखा भवन शिलान्यास भएको तीन दशकपछि निमार्ण पुरा भएको छ । स्थानीय विनादेवी कामतले दिएको पाँच धुर जमिनमा शिलन्यास भएको ३० बर्षपछि रेडक्रसको भवन निर्माण कार्य पुरा...

दुर्घटना रोक्न सचेतना मुलक प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्नुको साथै सडक अनुशासनको पालना गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सचेतना मुलक अभियानको थलानी गरेको छ । सचेतना मुलक सन्देश लेखेको प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा उभिएर बिहीबारदेखि...

विराटनगरको नारायण र अम्विका वास्त्रालयमा राजस्वको छापा, कागजपत्र नियन्त्रणमा

विराटनगर । विराटनगरको दुई ठूलो कपडा पसलमा राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ ।राजस्व अनुसन्धान टोलीले बुधबार दिउँसो विराटनगर मेनरोडमा रहेको नारायण स्टोर र अम्बिका बस्त्रालयमा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको हो । भारतबाट...

औषधि तथा बिक्रि प्रतिनिधि संघद्धारा अभिमुखिकरण सम्पन्न

विराटनगर । नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ बिराटनगर ईकाईले एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा पहिलोपटक संघले आफ्ना सदस्यहरुको लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । संघले औषधि प्रतिनिधि एमआर पेशासंग...

‘लामो दूरीका यातायात र विद्यालय खोल्ने परिस्थिति बनेको छैन’

काठमाडौं, २२ साउन-सरकारले तत्काल लामो दूरीका यातायातका साधन, विद्यालय तथा हवाई उडान खोल्ने परिस्थिति नबनेको बताएको छ । मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा सरकारले प्रवक्ता डा युवराज खतिवडाले यस्तो बतांएका हुन् । सरकारले पछिल्लो समय बढेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्