३३ किलो सुन तस्करी प्रकरणमा गोरेसहित ६ जनालाई जन्मकैद, प्रहरीसहित अन्यलाई सफाइ

 न्यूज विराट
३३ किलो सुन तस्करी प्रकरणमा गोरेसहित ६ जनालाई जन्मकैद, प्रहरीसहित अन्यलाई सफाइ

३३ किलो सुन तस्करी प्रकरणमा चुडामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको सजाय भएको छ ।

मंगलबार जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला सुनाएको हो ।

३३ किलो सुन हराएको भन्दै सनम शाक्यलाई गोरे समूहले यातना दिएर हत्या गरेको आरोपमा सञ्जिप शाक्यको जाहेरीमा मुद्दा दर्ता भएको थियो । यही अभियोगमा राजनकुमारलाई ३ वर्ष कैद र माधव भन्ने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय सुनाइएको छ ।

गोरेलाई अपहरण तथा शरीर बन्धक कसुरमा समेत सजाय हुने भएको छ ।सजाय कायमको निर्णय भनेपछि तोकिने जिल्ला अदालत मोरङका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए ।

यो प्रकरणमा ७७ प्रतिवादीमध्ये २१ जना फरार छन् । फरारको मुद्दा मुल्तवीमा राखिएको छ । पछि उठान हुन मिल्ने गरी मुद्दालाई मुल्तवीमा राखिएको हो । कसुर कायम भएका आठ जना र फरार २१ जनाबाहेक अरुलाई सफाइ दिइएको छ ।

सफाइ पाउनेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत तत्कालीन एसएसपी श्यामबहादुर खत्री, डीएसपी सञ्जयसिंह राउतलगायत छन् ।

सम्बन्धित समाचार

आगामी पुससम्म इनरुवा सबस्टेशन निर्माण सक्ने लक्ष्य

काठमाडौँ, २४ असोज -मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीमा निर्माणाधीन ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जिआइएस) ४०० केभी क्षमताको इनरुवा सबस्टेशनको काम युद्धस्तरमा भइरहेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी...

नागरिकता अध्यादेशमा अन्तरिम आदेश दिने न्यायाधीशलाई महाअभियोग लगाउनुपर्छ – पूर्वमन्त्री साह

काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका पूर्वमन्त्री प्रभु साहले नागरिकता अध्यादेश कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको भोलिपल्ट...

अष्टलक्ष्मी शाक्य मसँग सल्लाह गरेरै मुख्यमन्त्री बन्नुभएको हो:माधव नेपाल

काठमाडौं, ८ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अष्टलक्ष्मी शाक्य आफूसँगै सल्लाह गरेरै मुख्यमन्त्री बनेको दाबी गरेका छन् । मंगलबार चन्द्रागिरि रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आफूसँगै सल्लाह गरेरै शाक्य बागमती प्रदेशको मुख्यमन्त्री...

भारतमा २९ हजार ६ सय संक्रमित थपिए, २९० जनाकाे मृत्यु

एजेन्सी, ९ भदौ । भारतमा पछिल्लाे २४ घण्टामा २९ हजार ६१६ जना काेराेना संक्रमित थपिएका छन् । याे अवधिमा २८ हजार ४६ जना संक्रमणमुक्त भएका छन् । यस्तै २४ घण्टाकाे अवधिमा २९० जनाकाे काेराेना संक्रमणका कारण...

न्युरो अस्पतालको रक्तदान कार्यक्रम, ६० पिन्ट रगत संकलन

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ । रोटरी क्लब अफ बिराटनगर मिडटाउनसँगको सहकार्यमा रतmदान कार्यक्रम शुक्रबार आयोजना गरेको हो । कार्यक्रममा न्युरो अस्पतालका बरिष्ठ बिशेषज्ञ प्याथोलोजिष्ट डा....

यसपालिको मनसुन जोखिमपूर्ण, १८ लाख मानिस प्रभावित हुने अनुमान

काठमायौं, २६ जेठ । मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय...

मोरङ बेरियारीको उखुबारीबाट १४ बोरा गाजा बरामद

विराटनगर । मोरङ प्रहरीले ठुलो परिमाणको गाँजा बरामद गरेको छ । भारत तस्करी हुन लागेको ठूलो परिमाणमा गाजा प्रहरीले आज बरामद गरेको हो । भारततर्फ तस्करी हुन लागेको ४२२ केजी गाँजा मोरङ प्रहरीले जहदा गाउँपालिका...

भारतमा साढे ३ लाख संक्रमित थपिए

काठमाडौं, ७ माघ । भारतमा पछिल्लाे २४ घण्टामा झण्डै साढे ३ लाख काेराेना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले २४ घण्टाकाे अवधिमा ३ लाख ४७ हजार २५४ संक्रमित थपिएकाे शुक्रबार जानकारी दिएकाे हाे ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्