प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

 न्यूज विराट
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

काठमाडौं, १४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ ।

संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न प्रधानमन्त्री देउवाले आज बिहान १० बजे सर्वदलीय बैठक आह्वान गरेका छन् ।

तर उक्त बैठकमा एमाले सहभागी नहुने भएको हो । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा आफूहरू सहभागी नहुने जानकारी दिए ।

उनले भने, ‘सत्तापक्ष र प्रतिपक्षको छलफल हुनुपर्छ । सर्वदलीय बैठकमा हामी सहभागी हुँदैनौँ भनेर पहिलेदेखि नै भन्दै आएका छौँ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।

संघीय संसद्को चालु अधिवेशनमा नेकपा एमालेले सभामुखको केही कार्यप्रति असन्तुष्टि जनाउँदै बैठक अवरुद्ध गर्दै आएको छ । यसअघि सभामुख अग्नि सापकाेटाले बाेलाएकाे सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेकाे थियाे ।

सम्बन्धित समाचार

तेलि कल्याण समाजद्धारा रक्तदान, ४१ पिन्ट रगत संकलन

विराटनगर । तेलि कल्याण समाजले विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए ।१२ पिन्ट अत्ति आवश्यक भएका...

विराटनगरमा ३८ सहित प्रदेश १ मा ४६ संक्रमित थपिए

विराटनगर, २८ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १÷१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका...

कान्तिपुर कलेज र रेड स्टार कलेजले जित्यो हिसान फुटबलको उपाधि

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार राती भएको फुटबल प्रतियोगिताको उपाधि विराटनगरको कान्तिपुर कलेज र पथरीको रेड स्टार कलेजले जितेको छ । विराटनगरको शहिदमैदानमा फ्लटलाईटमा भएको रात्रीकालिन छात्र...

आज रातीबाट मोवाइलमा रिचार्ज बराबरकै वोनस व्यालेन्स आउने

नेपाल टेलिकमले आज राती १२ बजेबाट जति रकम रिचार्ज गरेको हो सोही बरावरको बोनस रकम दिने घोषणा गरेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई रिचार्ज बराबर बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएपछि उसले...

तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह

काठमाडौं, ४ असार । जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन सूचित गरेको छ। शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रशासनले नेपाल-चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै...

‘प्याब्सन विराट कप’ सुरू, उद्घाटन खेलमा डन बक्स र सगरमाथा स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा विराटनगरस्थित डन बक्सको र सगरमाथा स्कुल विजय भइ दोस्रो चरणमा प्रवेश गरेको छ । प्याब्सन विराटनगरको आयोजनामा शुक्रबारदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा डन बक्सको...

नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको ९ औँ जिल्ला सम्मेलन सुरु

विर्तामोड, १ असार । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको जिल्ला अधिवेशन सुरु भएको छ । झापाको विर्तामोडमा मुक्ति समाजको ९ औ जिल्ला सम्मेलन बुधबारदेखि सुरु भएको हो । जिल्ला...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । एक कार्यक्रमकाबिच क्लबले श्री माध्यमिक विद्यालय कञ्चनबारीमा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो । विराटनगर ८ का वडाध्यव उद्धव अर्यालको उपस्थितीमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्