विकासशील देशमा थप ५० कराेड खाेप वितरण गर्ने अमेरिकाको घोषणा

 न्यूज विराट
विकासशील देशमा थप ५० कराेड खाेप वितरण गर्ने अमेरिकाको घोषणा

एजेन्सी, ७ असोज । अमेरिकाले विकासशील देशहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोपको थप ५० करोड मात्रा सहयोग गर्ने भएको छ ।

अर्को वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई बाँड्ने राष्ट्रपति जो बाइडेनले घोषणा गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको महासभाको समय पारेर आयोजना गरिएको एउटा भर्चुअल कोभिड–१९ सम्मेलनमा राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका हुन् ।

विज्ञहरूका अनुसार विश्वको ७० प्रतिशत जनसंख्यालाई खोप दिनका लागि ११ अर्ब मात्रा खोप आवश्यक पर्नेछ । विश्व स्वास्थ्य संगठनले सन् २०२१ भित्रै हरेक देशमा कम्तीमा ४० प्रतिशतले खोप लगाउने लक्ष्य राखेको छ ।

तर त्यस्तो लक्ष्य भेटिने सम्भावना कम रहेकाे बताइन्छ । बाइडेनले खोप वितरणका व्यवस्थापकिय चुनौतिलाई सम्बोधन गर्न समेत थप रकमको घोषणा गरेका छन् । धनी देशहरूले आफ्ना आधाभन्दा धेरै नागरिकलाई कम्तीमा एक मात्रा खोप दिएको अक्सफर्ड विश्वविद्यालयको तथ्यांकले देखाउँछ। तर न्यून आय भएका गरिब देशमा २ प्रतिशतले मात्र पहिलो मात्रा खोप लगाउन पाएका छन् ।

अमेरिकाले यसअघि नै कम आय भएका देशहरूलाई ५८ करोड मात्रा खोप उपलब्ध गराउने वाचा गरेको थियो । त्यसमध्ये १६ करोड मात्रा खोप विभिन्न देशमा पुगेको छ । अहिले बाइडेनले थप ५० करोड मात्रा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

धनी देशहरूले चाहिनेभन्दा धेरै खोप सञ्चय गरेको र तिमध्येका केही खोप काम नलाग्ने हुन सक्ने चिन्ता विज्ञहहरूले गरिरहेका बेला अमेरिकाले विकाशशील देशहरूलाई थप खाेप वितरण गर्ने घोषणा गरेको हो ।

सम्बन्धित समाचार

जीवन विकासको वार्षिक उत्सवमा विविध कार्यक्रम 

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । बुधबार लघुवित्तले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको हो । जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्तले २४...

हुम्लामा आरडीटी सुरु

हुम्ला, चैत ३०-हुम्लाको सदरमुकाम सिमकोटमा रहेको रानीवन क्वारेन्टाइनका २२ र अन्य क्वारेन्टाइनका ३ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरिएको छ । शनिबारदेखि सुरु भएको जाँचमा २५ जनाकै नेगेटिभ रिपोर्ट आएको रानीवन क्वारेन्टाइनका सूचना अधिकारी प्रजित...

२४ घण्टामा थप ४०४७ जनामा कोरोना पुष्टि, १४७३ डिस्चार्ज

काठमाडौं, २६ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

बाघ संरक्षणमा सरोकारवालाको क्रियाशीलता प्रशंसायोग्य : राष्ट्रपति भण्डारी

काठमाडौं, १४ साउन-राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदानको सराहना गरेकी छन् । विश्व...

वीरगञ्जका ३ संक्रमितको सम्पर्कमा आएका २० जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

हेटौंडा, २ वैशाख-बागमती प्रदेशको मुकाम हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा बीरगञ्जका २० जनाको स्वाब परीक्षण रिपोर्ट आएको छ । सोमबार बीरगञ्जका ३८ जनाको स्वाब परीक्षणको लागि हेटौँडा ल्याइएको थियो...

ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण मेरो पहिलो प्राथामिकता : ट्राफिक प्रहरी निरीक्षक लम्साल

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् । एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख लम्सालले...

श्रीच्छा प्रधान भइन् मिस नेपाल

काठमाडौँ । २३ वर्षीया श्रीच्छा प्रधान यस वर्षको मिस नेपाल वर्ल्ड २०२३ बनेकी छन् । शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले यो उपाधि जितेकी...

ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छः अध्यक्ष प्रचण्ड

काठमाडौं, २५ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुक्कसँग संसद् बैठक बस्नसक्ने वातावरण बनेको प्रतिक्रिया दिएका छन् । संसद्को वर्षे अधिवेशनको पूर्वसन्ध्यामा आज बानेश्वरस्थित संसद् भवनको निरीक्षण तथा कोभिड–१९ परीक्षणका लागि स्वाब...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्