आईपीएल : हैदराबादलाई ८ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा

 न्यूज विराट
आईपीएल : हैदराबादलाई ८ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा

दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोडे । यस्तै ऋषव पन्तले अविजित ३५ रन बनाए । शिखर धवनले ४२ रन जोड्दा पृथ्वी शले ११ रन बनाए ।

हैदराबादका खलिल अहमेद र राशिद खानले १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो ।

हैदराबादका अब्दुल समादले २८ रन जाेडे । रासिद खानले २२ रन बनाए । रिद्धिमान साह र केन विलियम्सनले १८/१८ रन जोडे । मनिष पाण्डेले १७ रन जोड्दा जासन होल्डरले १० रन बनाए । दिल्लीका कागिसो रबाडाले ३ विकेट लिए ।  एन्रिच नोर्किया र अक्षर पटेलले २/२ विकेट लिए ।

जितसँगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । ८ खेलमा मात्र २ अंक जोडेको हैदराबाद अंकतालिकाको पुछारमा छ ।

आईपीएल अन्तर्गत आज मुम्बई इण्डियन्स र काेलकाता नाइट राइडर्सबीच खेल हुनेछ । याे खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।

सम्बन्धित समाचार

झी पुचः का सदस्यको उपचार न्यूरोले सौलियतमा गरिदिने

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलमा र झी पुच : (नेपाल भाषा तथा सान्स्कृतिक संघ) बीच सौलियतमा उपचार गर्ने सम्झौता भएको छ । हस्पिटल र झी पुच: बीच बुधबार सौलियतमा उपचार गर्ने समझदारी भएको हो ।सम्झौता...

संक्रमितको सम्पर्कमा आएकालाई ५ दिनपछि मात्रै पीसीआर परीक्षण गर्न आग्रह

काठमाडौं, ३१ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूलाई ५ दिनपछि मात्रै कोरोना भाइरस परीक्षण गर्न आग्रह गरेको छ । संक्रमण पोजिटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूले तत्कालै परीक्षणका लागि स्वाब दिने गरेको...

प्रतिनिधिसभा विघटन असंवैधानिकः नेता आचार्य

विराटनगर, २५ पुस-नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४ (ख)ले विराटनगर स्थित हाटखोला मैदानमा विरोधसभा आयोजना गरेको छ । कांग्रेसको देशव्यापी आन्दोलनको क्रममा मोरङ क्षेत्रनम्बर ४(ख)मा पनि बिरोध सभाको आयोजना गरिएको हो । सभामा नेपाली कांग्रेसका...

१ बजे योजना आयोग बैठक

काठमाडौं, १५ जेठ-राष्ट्रिय योजना आयोगले आज दिउँसो १ बजेलाई बैठक डाकेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तयारी सकेर बजेट भाषणसमेत मुद्रण विभागमा छाप्न पठाएसँगै योजना आयोगले बैठक डाकेको हो । दिउँसो १...

सप्तरीमा ४९ वर्षीय पुरुष संक्रमितको घरमै मृत्यु

सप्तरी, ६ असोज-सप्तरीमा कोरोना भाइरस संक्रमित विष्णुपुर गाउँपालिका- १ का ४९ वर्षीय पुरुषको घरमै मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले उनको मृत्यु फरकफरक अस्पतालमा भएको जनाए पनि मृतकका परिवारका सदस्यले घरमै मृत्यु भएको स्पष्ट...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना संक्रमणमुक्त, १७७ संक्रमित थपिए

विराटनगर, १४ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट सात र मेची अस्पतालबाट एक जना संक्रमणमुक्त भएका...

प्रदेश १ मा १ वर्षमा मानवअधिकार उल्लंघनका ८ सय ५२ घटना

विराटनगर, फागुन ८–प्रदेश १ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना बढेको पाइएको छ । सन् २०१९ मा मात्र प्रदेश १ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ८ सय ५२ जना पीडित भएका छन् । प्रदेश...

रवि आधरभूत विद्यालयमा स्वास्थ्य शिविर, झण्डै दुई सय जनाले गराए स्वास्थ्य परीक्षण

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका २ मा रहेको श्री रवि आधरभूत विद्यालयमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। शिविरमा विद्यार्थी र अभिभावक गरी १८० जनाले स्वास्थ्य परीक्षण गराएको विद्यालयका प्रधानाध्यापक जितेन्द्र सरदारले जानकारी दिए।‘हाम्रो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्