स्वर्गीय डीएसपीद्वय केसी र खरेललाई वीरता पदक

 न्यूज विराट
स्वर्गीय डीएसपीद्वय केसी र खरेललाई वीरता पदक

काठमाडौं, ३ असोज । संविधान दिवसका दिन सरकारले कोभिड–१९ का कारण ज्यान गुमाएका डीएसपीद्वय राजकुमार केसी र समीरचन्द्र खरेललाई वीरता पदक दिने घोषणा गरिएको छ ।

केसी र खरेलले गत जेठमा कोरोना संक्रमणका कारण नेपाल प्रहरी अस्पतालमा ज्यान गुमाएका थिए । कोभिड नियन्त्रणमा खटिएकै बेला उनीहरू संक्रमित हुन पुगेका थिए ।

केसी काठमाडौं प्रहरी परिसरमा कार्यरत थिए भने खरेल प्रहरी तालिम केन्द्र महाराजगञ्जमा कार्यरत थिए । उनीहरूबाहेक सरकारले प्रहरीका १ सय १९ जनालाई विभिन्न पदकद्वारा विभूषित गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा पदकको घोषणा गरेकी हुन् ।  पदकद्वारा सम्मान गर्ने घोषणा गरिएकामा प्रहरी कार्यालय सहयोगीदेखि महानिरीक्षक आईजीपीसम्म छन् । कार्यालय सहयोगी सूर्यकुमारी अधिकारीले राष्ट्रसेवा पदक प्रथम श्रेणी पाउने भएकी छिन् ।

अधिकारी महानगरीय प्रहरी पहरा गण गुल्म नम्बर–४ सामाखुसीमा कार्यरत छिन् । नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीलाई सुकीर्तिमय राष्ट्रदीप प्रदान गर्ने घोषणा गरिएको छ ।

सम्बन्धित समाचार

मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेकपा एमालेद्धारा खेद ब्यक्त

विराटनगर । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । आज सम्पन्न जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा...

नेकपा सचिवालय बैठक : दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय

काठमाडौं, २० मंसिर-नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका प्रस्ताव स्थायी कमिटी बैठकमा लाने निर्णय गरेको छ । शनिबार शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ओली र प्रचण्डले सचिवालयमा पेस...

कोरोना पछ्याउने एप सञ्चालनमा

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना कता कस्तो छ भन्ने पत्ता लगाउने एक सञ्चालन गर्ने जानकारी गराएका छन् । केही दिनमा कोरोना कता कस्तो अवस्थामा छ भन्ने विषयमा कन्ट्याक्ट ट्रेसिङ सञ्चालन गर्ने जानकारी गराएका छन् ।

सरकारलाई सर्वोच्चको आदेश- निषेधाज्ञाभर कर नबुझाए पनि जरिवाना नलिनू

सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरे जरिवाना नतिराउन अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र...

होटल बन्द गर्ने हानको प्रस्ताव, ९ लाख श्रमिक मारमा

काठमाडौं, २२ वैशाख-होटल एसोसिएसन अफ नेपाल (हान)ले कोरोनाको कारण देखाउँदै दशैँसम्म सबै होटल बन्द गर्ने प्रस्ताव सरकारलाई गरेको छ । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण तत्काल होटल सञ्चालन गर्ने सक्ने अवस्था नदेखिएको...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

आज देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले...

एमाले स्थायी कमिटी बैठक बस्दै, कार्यदलले जुटाएको १०बुँदे सहमति अनुमोदन गर्ने

नेकपा एमालेको स्थायी कमिटीको बैठक निर्धारित समयमै बस्ने भएको छ । सोमबार साँझ पाँच बजे बालुवाटारमा बस्ने स्थायी कमिटीको बैठकले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले जुटाएको १० बुँदे सहमति अनुमोदन गर्ने कार्यालय सचिव शेरबहादुर...

विराटनगरको भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी पल्टियो, २२ प्रहरी घाइते

विराटनगर । विराटनगर १५ स्थित भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा २२ जना प्रहरी घाइते भएका छन् । डियुटी सकेर फर्किएका प्रहरी चढेको कोशी प्रदेश प्रहरी तालिम केन्द्रका २२ जना प्रहरी आज साझमा घाइते...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्