काठमाडौं, असोज ३ । संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले प्रदान गरेको बिभुषणप्रति गम्भीर आपत्ति जनाउनु भएको छ । संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा एमालेलेअ ाज आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका संबिधानसभा अध्यक्ष नेम्वाङले बिभुषण संबिधानमाथि खेलवाड गर्नेहरुलाई छानीछानी दिएको भन्दै आपत्ति जनाउनु भयो ।
‘बिभुषणको मापदण्ड कस्तो थियो मलाई थाह छैन तर जसरी दिइएको छ, त्यो हाम्रो संबिधानले परिकल्पना गरेको भन्दा बिल्कुलै फरक छ, एमाले बिभाजन र संबिधानको अपब्याख्या गरी यो सरकार बनाउन लाग्नेहरुलाई दिइएको छ, यस्तो त कहिँ हुन्न,’ नेम्वाङले भन्नुभयो । उहाँले बिभुषित हुनेहरुको योगदान मुलुकका लागि के थियो भन्ने हेर्न पनि सुझाव दिनुभयो । सरकारले एमाले र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध आमाचकारी गर्नेलाई बिभुषित गर्ने मापदण्ड बनाएको देखिएको संकेत पनि नेम्वाङले गर्नुभएको छ ।