विराटनगरमा आकाशे पुल बनाउने योजना अलपत्र

 न्यूज विराट
विराटनगरमा आकाशे पुल बनाउने योजना अलपत्र

विराटनगर, १ असोज । विराटनगर महानगरपालिकामा आकाशेपुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा स्थान सुनिश्चित नगरी योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोडको योजना अलपत्र परेको हो ।

विराटनगर महानगरपालिकाको कोशी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन वर्ष पुगेको छ ।

२०७७ साल चैत २ गते महानगरपालिकाका मेयर भीम पराजुलीले नगरक्षेत्रको बरगाछीमा एक कार्यक्रमकाबीच आकाशेपुलको शिलान्यास गरेका थिए । त्यसयता आकाशेपुलको डिजाईन गरी ठेक्कासमेत लगाइए पनि हालसम्म पुल निर्माणले पूर्णता पाउन सकेको छैन ।

पुल बनाउने ठाउँको स्थलगत अध्ययन नगरी निर्माण प्रक्रियालाई अघि बढाइएको तथा सम्बन्धित निकायको ढिलासुस्तीका कारण निर्माण अलपत्र परेको पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुंगेल बताउँछन् ।

महानगरपालिकाले आकाशे पुल निर्माणका लागि भन्दै २०७६ साल फागुन १६ गते टेण्डर निकालेको थियो । त्यसको झण्डै एक वर्षपछि अर्थात ०७७ माघ २८ गतेमात्र महानगरले ढिला गरी ठेकेदारहरुको टेण्डर स्वीकृत गरेको थियो ।

नगरक्षेत्रको सुन्दरता अभिवृद्धि र सडक वारपार गर्न पैदलयात्रीलाई सहजताका निम्ति महानगरको घाँसचोक, बरगाछी र कंचनबाडीचोकमा गरी तीनवटा फलामे संरचनाको आकाशे पुल बनाउने गरी योजना अघि बढाइएको छ ।

त्यसमध्ये बरगाछी समेतको दुई स्थानमा आकाशे पुल निर्माणको ठेक्का विराटनगर–१२ को कला बिल्डर्सले पाएको छ भने कञ्चनबाडीचोकमा आरके बिल्र्डसले निर्माणको ठेक्का पाएको छ ।

महानगरले तीनवटै पुलका लागि २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएको छ । घाँसचोक र बरगाछीमा आकाशे पुल निर्माणको जिम्मा पाएको कलाबिल्र्डसले आवश्यक सामग्री र प्राबिधिक भारतबाट झिकाई सके पनि बनाउने ठाउँको सुनिश्चिता हुन नसक्दा निर्माणले पुर्णता पाउन नसकेको हो ।

यसअघि भट्टीमोड छेउको घाँसचोकमा पुल बनाउने भनिए पनि त्यो ठाँउमा अन्य संरचना निर्माण हुने भएपछि त्यहाँको पुललाई पाञ्चाली मोडमा सारिएपछि विवाद सृजना भएको हो ।

कलाबिल्र्डसले सो ठाँउमा भदौ १८ गतेयता जग निर्माणको काम सुरु गरे पनि स्थानीयको विरोधका कारण एकसातापछि निर्माण रोकिएको छ ।

पुल निर्माण गर्न लागिएको छेउका जग्गाधनीहरुसँग समन्वय नगरी त्यहाँ निर्माण गर्न खोजिएपछि सम्बन्धित जग्गाधनीहरुले निर्माण रोक्न महानगरमा निवेदन दिएपछि काम रोकिएको कला बिल्र्डस विराटनगरका प्रोपराइटर संजय दायवले दावी गरे ।

यता मेयर पराजुलीले महानगरको विकाससँग जोडिएको विषयवस्तुमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले देखिएका विवादलाई समाधान गरेर चाँडै निर्माणलाई पुर्णता दिने दावी गरे ।

सम्बन्धित समाचार

बेलबारीका सुरज भुजेल एक हप्तादेखि बेपत्ता, खोजी गरिदिन परिवारको अपिल

विराटनगर । मोरङ बेलबारी ४ पञ्चज्योती स्कुल टोलका ३० वर्षीय युवा सुरज भुजेल एक हप्तादेखि बेपत्ता भएका छन् । गत पुस १३ गते मङ्गलबार साँझ साढे ६ बजे घरबाट दुहबीस्थित आफ्नो डेरामा जान्छु भनि बस...

एम्बुलेन्स देख्ने वितिकै छिः छिः दुरदुर गर्छन : एम्बुलेन्स चालक

पथरी, जेठ २०–‘हामी एम्बुलेन्स चालक दिनरात नभनी खटिइराखेका छौँ । हामीले कुन विरामी कस्तो भनेर कसैलाई भेदभाव गर्दैनौँ तर यो लकडाउनको समयमा हामीले पानी पनि किनेर खान्छु भन्दा होटलवालले दिँदैनन् ।’ यस्तो समस्या एकजना एम्बुलेन्स...

विराटनगरमा राति १२ बजेसम्म होटल सञ्चालन गर्ने तयारी

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा...

प्रदीप ज्ञवालीले गरे माधवको एकताबिरोधी षडयन्त्रको भण्डाफोर

काठमाडौं, असार १३ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पूर्वप्रधानमन्त्रप् माधवकुमार नेपालको पछिल्लो ब्यवहारप्रति कठोर टिप्पणी गर्नुभएको छ । कसैको इसारामा नेता नेपाल एमालेबिरुद्ध अभियान छेडने काममा लागेपछि प्रवक्ता ज्ञवालीले उहाँको पछिल्लो क्रियाकलापप्रति कठोर जवाफ दिनुभएको हो...

पार्टी कब्जा गर्न आएका प्रचण्ड नसकेपछि फर्किए

काठमाडौं, माघ ४-प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले पार्टी कब्जा गर्न नसकेपछि फर्किएको टिप्पणी गर्नुभएको छ । उहाले पार्टी कब्जाको नीति लिएपछि त्यसलाई आफुले विफल बनाएको बताउनु भएको हो । अखिल नेपाल महिला संघको...

प्रदेश १ मा परिक्षण घटेपछि संक्रमण दर पनि घट्यो, आज ४० संक्रमित थपिए

विराटनगर, १० पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज ४१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेनबाट ३९९, इलाम अस्पताबाट ८, विराट मेडिकल कलेजबाट ६ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका...

विराटनगरमा कपडाको गोदाममा छापा, तस्करीको दुई गाडी कपडा बरामद

विराटनगर । विराटनगर – ७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको छ । कपडाको व्यापारी साहको गोदाममा शुक्रवार दिउँसो विराटनगर भन्सार कार्यालय र प्रहरीले छापा हानेर ठुलो परिमाणको...

मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने १२ सय बढी सवारीसाधन कारबाहीमा

मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने साढे १२ सय सवारीसाधनलाई कारबाही गरेको छ । विभिन्न बहाना बनाएर बिनाकारण सडकमा निस्किएका सर्वसाधारण र सवारीधनीलाई कारबाही गरिएको हो । ‘लकडाउन’ उल्लंघन गरेको भन्दै प्रहरीले शुक्रबार विहानसम्म मोरङबाट ६ जनालाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्