राशिफल

बेलबारीका सुरज भुजेल एक हप्तादेखि बेपत्ता, खोजी गरिदिन परिवारको अपिल

 न्यूज विराट
बेलबारीका सुरज भुजेल एक हप्तादेखि बेपत्ता, खोजी गरिदिन परिवारको अपिल

विराटनगर । मोरङ बेलबारी ४ पञ्चज्योती स्कुल टोलका ३० वर्षीय युवा सुरज भुजेल एक हप्तादेखि बेपत्ता भएका छन् ।

गत पुस १३ गते मङ्गलबार साँझ साढे ६ बजे घरबाट दुहबीस्थित आफ्नो डेरामा जान्छु भनि बस चढेर गएको भएपनि हालसम्म उनी सम्पर्क बिहीन छन् । उनकी बहिनी शान्ता भुजेलले इलाका प्रहरी कार्यालय बेलबारीमा खोजतलासको निवेदन दिएकी छिन् ।

‘दाजु सुरज भुजेल दुहबी डेरा कोठामा जान्छु भनि घरदेखि बस द्धढी गएकोमा हालसम्म कोठामा नगएकोले के कहाँ गयो भनि गाउँ घरलगायत आफन्तकोहरूमा खोजतलास गर्दा पनि फेला नपरेको हुँदा खोजतलास हुलियाँ परिपत्र गरि पाउँ,’ उक्त निवेदनमा उल्लेख छ ।

५ फिट ३ इन्च अग्लो, गहुँगोरो र अगाडि रातो धर्को भएको ज्याकेट, कालो जिन्सको पेन्ट र शरिरमा खैरो चक्लेटी रङको कपडा लगाएका उनी कहाँ गए भन्ने विषयमा कुनै जानकारी नभएको परिवारले जनाएको छ ।

उनको खोजीका लागि परिवार तथा आफन्तहरूले सबैसमक्ष अपिल गरेका छन् । उनको साथमा मोवाइलसमेत नभएको जानकारी दिँदै आफन्तहरूले भेटेको खण्डमा ९८२५३१३०२९ र ९८२७०६४४६३ नम्बरमा सम्पर्क गरी जानकारी दिन अनुरोध गरेका छन् ।

 

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...