भारतमा बसेर नेपालमा अपराध गर्ने गिरोहका मुख्य नाइके पक्राउ

 न्यूज विराट
भारतमा बसेर नेपालमा अपराध गर्ने गिरोहका मुख्य नाइके पक्राउ

वीरगञ्ज, ३१ भदौ । भारतमा बसेर वीरगन्ज लगायत सीमावर्ती शहरमा आपराधिक गतिविधि गरी आतंक मच्चाउँदै आएका समूहको मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज २४ रामगढवाका फुलहसन अन्सारी फुलहसन अन्सारी उर्फ विवेक सिंह छन् । भारतबाट सोमबार बिहान वीरगन्ज रामगढवास्थित घर आउने क्रममा अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतमा बसेर आपराधिक समूह बनाएर वीरगन्ज लगायत शहरका उद्योगी व्यपारीलाई फोन मार्फत धम्की दिई रकम असुल्दै आएका अन्सारी, वीरगन्जमा विगतमा भएका विभिन्न आपराधिक घटनामा संलग्न व्याक्ति हुन् ।

२०७६ साउन २४ गते वीरगन्जको वीर्ता बजारमा र त्यसको चार दिनपछि साउन २८ गते घण्टाघर नजिकैको मिना बजारमा उनी सहितको आपराधिक समूहले बम विस्फोट गराएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले त्यस बेला वीरगन्ज २४ कै इनुस अन्सारी, जौवाद अन्सारी र सद्दाम अन्सारीलाई पक्राउ गरेको थियो ।

पर्सा जिल्ला अदालतबाट २ वर्ष ६ महिना कैद र २५ हजार जरिवानाको फैसला भई तीनै जना अहिले पनि वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।

तर घटनाका मुख्य योजनाकार फुलहसन अन्सारी भने घटना पश्चात् फरार थिए । पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेका अनुसार त्यस बेला फरार भएका अन्सारीले भारतको मुजफ्फरपुरमा आफ्नो नाम र पहिचान ढाटेर अंकित पटेलको नामबाट भारतीय आधार कार्ड बनाई उतै बस्दैआएका थिए ।

मुजफरपुरमै बसेर उनले वीरगन्जका उद्योगी र व्यापारीलाई फोन मार्फत् धम्की दिई रकम असुली गर्दैआएको समेत अनुसन्धानको क्रममा खुलेको प्रहरी उपरीक्षक पाण्डेले बताए ।

सम्बन्धित समाचार

राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचन प्रक्रिया सुरु

काठमाडौं, २२ साउन-राष्ट्रियसभाका चारवटा विषयगत समितिका सभापतिका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ ।  बिहान ११ बजेबाट...

प्याब्सन स्पोर्टस मिट, रोड रेसमा मिनील्याण्ड, पब्लिक सेन्ट्रल र ग्रिनभ्याली बिजयी

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिट अन्र्तगत आइतबार विहान सम्पन्न भएको रोड रेस प्रतियोगितामा तीन वटा स्कुल विजयी भएको छ । मोरङको रंगेलीस्थित मिनील्याण्ड, लेटाङको पब्लिक सेन्ट्रल र ग्रिनभ्याली स्कुल प्रथम भएको हो...

आइटिएफ तेक्वान्दोका महासचिव थापा अमेरिका प्रस्थान

विराटनगर । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) का महासचिव घम बहादुर थापा अमेरिका प्रस्थान गरेका छन। युस आईटीएफको निमन्त्रणा मा २०२३ डिसेम्बर ९, सयुक्त राज्य अमेरिकाको फ्लोरिडा शहरमा आयोजना हुने फ्लोरिडा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी...

‘ड्रागन’ खेतीमा रमाउँदै भावना, बार्षिक २० लाखको आम्दानी

विराटनगर । नयाँ खेतीको रूपमा फस्टाउँदै गएको ‘ड्रागन फ्रुट’को खेती विस्तारै आम्दानीको राम्रो स्रोत बन्न थालेको छ  । ‘ड्रागन फ्रुट’ मा १३ प्रकारका पोषक तत्व हुने भएकाले पनि स्वास्थ्यका लागि लाभदायी रहेको बताइन्छ । अहिले ड्रागन...

नेकपाको विवादबारे घनश्याम भुसालका ३ सुझाव

काठमाडौं, १७ वैशाख-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादबारे कृषिमन्त्री एवं पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसालले मुख खोलेका छन् । उनले अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउने भन्दै पार्टीको एकता बचाउन, लोकतन्त्र...

सरस्वती स्कुलमा चार वटा अक्षयकोष, रकम बढाएर ३ लाख १३ हजार पुगो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा स्थापना गरिएको अक्षयकोषमा रकम बढाएर लगिएको छ । स्थापना गरिएको अक्षयकोषमा दाताहरूले रकम थप गरेर बढाएका हुन् । स्कुलमा चार वटा अक्षय कोष रहेको...

न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ मनाउने, सचेतनासँगै स्वास्थ्य उपचारमा सौलियत दिने

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ मनाउने भएको छ । चैत १३ गते पर्ने ‘वर्ल्ड पर्पल डे’ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । ‘वर्ल्ड पर्पल डे’...

कोरोना संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघ्यो

काठमाडौं, ८ असोज-नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरबाट आज ४ सय ५७ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्