दुई वर्षपछि समातिए वीरगञ्ज बम विस्फाेटका मुख्य याेजनाकार

 न्यूज विराट
दुई वर्षपछि समातिए वीरगञ्ज बम विस्फाेटका मुख्य याेजनाकार

भारतमा लुकेर वीरगञ्जलगायत सीमावर्ती शहरमा आपराधिक गतिविधि गर्दै आएकाे समूहका मुख्य नाइके ३३ वर्षीय फुलहसन अन्सारी उर्फ विवेक सिंह पक्राउ परेका छन् । वीरगञ्ज- २४, रामगढवाका अन्सारी २४ साउन २०७६ मा वीरगञ्जकाे बिर्ताबजार र  त्यसको चार दिनपछि २८ साउनमा घण्टाघरनजिकै मिना बजारमा भएकाे बम विस्फाेटकाे मुख्य याेजनाकार पनि हुन् । त्याे बेला घटनामा संलग्न इनुस अन्सारी, जौवाद अन्सारी र सद्दाम अन्सारीलाई प्रहरीले पक्राउ गरे पनि विवेक सिंह भने भाग्न सफल भएका थिए ।

पाण्डेका अनुसार यसअघि ७ पुस २०६५ मा वीरगञ्ज आदर्शनगरका उद्योगी राजेश क्याललाई गोली हानी हत्या गरेको अभियोगमा पनि अन्सारी हतियारसहित समातिएका थिए । उक्त मुद्दामा अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएकाे थियाे ।  तर, ८ असाेज २०७४ मा दसैँकाे अवसरमा सरकारले ५६ प्रतिशत बाँकी कैद मिनाहा गरेपछि उनी छुटेका थिए ।

त्यसपछि उनले भारतमा आपराधिक समूह बनाएर सीमावर्ती शहरका उद्योगी, व्यवसायीलाई फोनमार्फत धम्की दिई रकमसमेत असुल्दै आएका थिए । भारतको मुजफ्फरपुरमा आफ्नो पहिचान ढाँटेर अंकित पटेलको नामबाट भारतीय आधार कार्ड बनाई उतै बस्दै आएका अन्सारीलाई हिजाे बिहान वीरगञ्जस्थित घर आउने क्रममा पक्राउ गरिएकाे पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । अन्सारीविरुद्ध विस्फोटक पदार्थ खरखजानासम्बन्धी कसुर तथा संगठित अपराधमा मुद्दा चलाइने पाण्डेले बताए ।

सम्बन्धित समाचार

आज प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई बन्दै

विराटनगर, १६ कात्तिक । प्रदेश १ मा मंगलबार पाँच दलीय गठबन्धनको सरकार बन्दैछ । नेकपा एमालेका सचिव भीम आचार्यले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्थामा मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी...

विराटनगरमा तस्करीको मटर, गोदाम छापा हानेर १२ सय केजी बरामद

विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै विराटनगरमा तस्करीको मटर भण्डारण गर्ने र पूर्वी सहरमा पढाउने गरेको पाइएको छ । क्यारिङ मार्फत तस्करीको मटर विराटनगरमा भण्डारण गरेर पूर्वी सहरमा पढाउने गरेको पाइएको हो । सशस्त्र प्रहरी...

यूएईले प्रभावशाली विदेशीलाई नागरिकता दिने

एजेन्सी, १८ माघ-संयुक्त अबर इमिरेट्स (यूएई) ले विदेशी नागरिकलाई पनि नागरिकता दिने कानून ल्याएको छ । यूएईले सक्षम व्यक्तिलाई नागरिकता दिन लागेको जनाएको छ । खाडीका देशका लागि योगदान दिन अझै उत्कृष्ट कार्य गर्न सकुन्...

झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १४ जेठ-बुधबार झापामा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट स्वाब परीक्षणका क्रममा...

आजदेखि आपूर्ति व्यवस्थापनका लागि नयाँ पासको व्यवस्था

काठमाडौं, ४ जेठ-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पासकाे व्यवस्था गर्ने भएकाे छ । यसअघि दिइएको सबै पास रद्द भएपछि शनिबार आपूर्ति व्यवस्थापन सवारी पास जारी गर्ने मापदण्ड बनाएर विभागमा...

कटहरीमा पालिका स्तरीय अध्यक्ष कप सुरु, उद्घाटनमा द राइजिङ क्लब विजय

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा प्रथम पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । कटहरी गाँउपालिका ५ को खेलमैदान बुधबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।उद्घाटन खेलमा कटहरी ४ मा रहेको द राइजिङ...

मोरङमा श्रृंखलाबद्ध चोरीको घटना बढ्यो, सहकारीको सुरक्षा माग गदैै प्रजिअलाई ज्ञापनपत्र

विराटनगर । मोरङका सहकारी संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा चोरी,तोडफोड,कर्मचारी माथी आक्रमण जस्ता अपराधिक गतिविधिहरु ब्ढेपछि शान्ति सुरक्षा कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । अपराधिक गतिविधि नियन्त्रण गरिनुपर्ने र दोषी पत्ता लगाई कार्वाहीको माग...

विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा पुनः देवकीनन्दन शर्मा

विराटनगर । विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा देवकीनन्दन शर्मा पुनः निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न विराटनगर भन्सार एजेन्ट संघको ११औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनबाट शर्माले ३८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्