महिलाहरूले पुरुषसँग बसेर पढ्न नपाउने तालिबानको घोषणा, नयाँ नियम लागू

 न्यूज विराट
महिलाहरूले पुरुषसँग बसेर पढ्न नपाउने तालिबानको घोषणा, नयाँ नियम लागू

एजेन्सी, २८ भदौ । तालिबानले अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिंगका आधारमा विभाजित गरी अध्ययन अध्यापन गराइने घोषणा गरेको छ ।

साथै विश्वविद्यालयलमा नयाँ इस्लामी ड्रेस कोडको सुरुवात गरिने पनि तालिबानले जनाएको छ ।

नवनियुक्त शिक्षामन्त्री अब्दुल बकी हक्कानीले देशमा अब सहशिक्षा अर्थात पुरुष र महिलालाई एकसाथ अध्धयनको अनुमति दिइने छैन ।

हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने बताएका हुन् । उनले विश्वविद्यालयमा पढाई हुने विषयको समीक्षा गरिने पनि घोषणा गरे ।

सन् १९९६ देखि २००१ बीचमा तालिबानको पहिलो शासन कालका बेला पनि अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो ।

तालिबान शासनले नयाँ उच्च शिक्षा नीतिको घोषणा राष्ट्रपति भवनमा आफ्नो झण्डा फहराएइको भोलिपल्ट गरेको हो । नयाँ नीति अफगानिस्तानमा तालिबानले कब्जा गर्नु पहिले भन्दा निकै भिन्न छ ।

पहिला विश्वविद्यालयमा सहशिक्षालाई अनुमति दिइएको थियो जहाँ पुरुष र महिला एक साथ अध्ययन गर्थे र छात्रारूलाई ड्रेस कोडको पालना पनि अनिवार्य थिएन ।

तर ती नियमहरू भंग गर्दै तालिबान शासनले नयाँ नीति लिएको छ । देशका बासिन्दा मुस्लिम भएका कारण यो नियम लागू गर्न कसैले असहज नमान्ने पनि मन्त्री हक्कानीले दाबी गरे ।

उनले भने, ‘हामीलाई सहशिक्षा व्यवस्था अन्त्य गर्न कुनै समस्या छैन । मानिसहरू मुसलमान छन् र यसलाई स्वीकार गर्नेछन् । ’

केहीले नयाँ नियमका आधारमा महिलाहरू शिक्षाबाट बञ्चित हुन सक्ने बताएका छन् । विश्वविद्यालयमा अलग कक्षा सञ्चालनका लागि पर्याप्त जनशक्ति नरहेको उनीहरूको चिन्ता छ ।

तर हक्कानीले महिला शिक्षकको संख्या पर्याप्त रहेको दाबी गर्दै अभाव रहेका स्थानमा अन्य विकल्प अपनाइने बताए ।

उनले भने, ‘यो सबै विश्वविद्यालयको क्षमतामा निर्भर रहन्छ । हामी पर्दा राखेर पुरुष शिक्षक या अन्य प्रविधिको प्रयोग पनि गर्न सक्छौँ ।’

उनले देशका प्राथमिक र माध्यमिक विद्यालयमा छात्रा र छात्रलाई अलग–अलग शिक्षा दिइने बताए । अब छात्राहरूले हिजाब लगाउनुपर्ने पनि उनले बताए ।

सम्बन्धित समाचार

एग्रो टुरिजमको प्रवर्द्धनमा पर्यटन व्यवसायीको जोड

विराटनगर । एग्रो टुरिजमको प्रवर्द्धन गर्न पर्यटन व्यवसायीहरुले माग गरेका छन् । इलामको सूर्योदय नगरपालिका – ५ समालबुंगमा रहेको अन्तु डाँडा एग्रो फन्समा आयोजना गरिएको अन्तुको पर्यटन प्रवद्र्धनका लागि अन्तक्रिया कार्यक्रममा सहभागि भएका पर्यटन व्यवसायीहरुले...

माधवसहित १४ सांसदमाथि कार्वाही, पदमुक्त गर्न संसद सचिवालय र निर्वाचन आयोगमा एमालेको पत्र (सूचीसहित)

काठमाडौं, भदौ १ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । एमालेले माधवसहित १४ सांसदलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा...

विश्वभर ३ लाख २० हजारको मृत्यु

काठमाडौं, ६ जेठ-भारतमा विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ४ हजार ६ सय थपिएसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख नाघेको हो । मंगलबार बिहानसम्म...

विराटनगरमा तीन वटा आकाशे पुल बन्ने, मेयर पराजुलीले गरे शिलान्यास

विराटनगर, २ चैत । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको वढ्दो चापलाई ध्यानमा राखि नागरिकलाई सडक आरपार गर्न सहजताका लागि आज विराटनगरमा तीन वटा आकाशे पुलको संयुक्त रुपमा शिलन्यास गरिएको छ । महानगरका प्रमुख भीम पराजुलीले...

मेसु डा. यादवको पहलमा कोशी अस्पतालमा बन्यो ‘सिटीस्क्यान’

विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा बिग्रिएको दुई महिनापछि ‘सिटीस्क्यान’ मेसिन बनाएर संचालनमा ल्याएको छ । साढे आठ लाख इमेजेज निकालिसकेको कोशीको यो सिटीस्क्यानको ट्युब बिग्रिएपछि ४ कार्तिकदेखि थन्किएको थियो ।...

कोरोना संक्रमित फेला परेको भन्दै अफवाह फैलाउने पक्राउ

कैलालीको टीकापुरमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेको भन्दै सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने एक जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरले सामाजिक सञ्जाल फेसबुकमा कोरोना संक्रमित ब्यक्ति भेटिएको भन्दै अफवाह फैलाउनले टीकापुर...

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं, २६ पुस-राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेकी हुन् । आज बिहान बसेको...

कोरोना नियन्त्रणका लागि खटाएको ठाउँमा नजाने स्वास्थ्यकर्मी पक्राउ

काठमाडौं, १५ साउन-कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि खटाएको ठाउँमा नगएर बहानाबाजी गर्ने २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । खटाइएको ठाउँमा नगएको भन्दै पर्सा प्रहरीले उनीहरूलाई बिहीबार दिउँसो पकाउ गरिएको हो । वीरगञ्ज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्