हाँस्य कलाकार शम्भुराज थापाको निधन

 न्यूज विराट
हाँस्य कलाकार शम्भुराज थापाको निधन

काठमाडौं, ५ भदौ । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ ।

शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालमा उपचारकै क्रममा ६४ वर्षकाे उमेरमा थापाको निधन भएको हो ।
थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका  थिए । ​चलचित्रहरू, विज्ञापनमा पनि उनी देखिँदै आएका थिए । थापाका श्रीमती, एक छोरो र एक छोरी छन् ।

सम्बन्धित समाचार

इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि विराटनगरलाई

विराटनगर । इन्डो –नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी (विसिसिए) ले जितेको छ ।३ खेलको टि–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई सोमबार...

मोरङको सुन्दरहरैचामा श्रीमतिको हत्या आरोपमा श्रीमान पक्राउ

विराटनगर । आफ्नै पत्नी ४५ वर्षीया मनमाया तामाङको हत्या गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–५ गोर्खाली टोलका ५० वर्षीय श्रीमान पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैँचा–५ स्थित बूढी खोला किनारमा भाग्दै गरेका पदमबहादुरलाई इलाका...

डोजरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

सर्लाही, १२ असार ।सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको गए राति हत्या भएको छ । प्रहरीका अनुसार वडामा रहेको मुखलाल दास पोखरीको सौन्दर्यकरणको निरीक्षण गर्न गएका वडाध्यक्ष श्रेष्ठको डोजरको बकेटले हानेर...

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन, ४ भदौ-चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचारत ६५ वर्षीय पुरुष संक्रमितको बिहीबार मृत्यु भएको हो । रत्ननगर नगरपालिका- १३ का ती पुरुषको स्वास्थ्य अवस्था गम्भीर भएपछि...

कक्षा कोठामै उपस्थित भएर पठनपाठन गराउने अवस्था छैन : शिक्षामन्त्री

काठमाडौं, २३ साउन-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतकाे शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको...

मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल सर्यो, अर्को शनिबार भव्य हुने

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको भदौ १६ गते शनिबार हुने भनिएको फाइनल सरेको छ । उक्त प्रतियोगिताको फाइनल अर्को शनिबार हुने आयोजकले जनाएको छ । भदौ १६ गते हुने भनिएको फाइनल...

कोशी प्रदेशका मन्त्री राजभण्डारीलाई पाँच दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्विकुमार राजभण्डारीलाई पाँच दिनभित्र उच्च अदालतमा आफँै उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार मन्त्री राजभण्डारी विरुद्ध...

नेपाल प्रहरीको आईजीपीमा थापा नियुक्त

काठमाडौं, २३ असार-नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षत्री नियुक्त भएका छन् । क्षत्रीलाई सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले आईजीपीमा नियुक्त गरेको हो । क्षत्री नेपाल प्रहरीका २८औँ आईजीपी हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्