प्रदेश १ मा ८४१ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

 न्यूज विराट
प्रदेश १ मा ८४१ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

विराटनगर, २ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा १३५–१३५, सुनसरीमा ८२, इलाममा २१, धनकुटामा १०, भोजपुरमा ३, पाँचथर, उदयपुर र तेह्रथुममा २–२, ताप्लेजुङ र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ४०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१७ महिला र १९२ पुरुष रहेका छन । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ४ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सर्वाेच्चमा एमालेको पुनरावेदन निवेदन, केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटी

काठमाडौं, असार ७ । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीलाई अकैध घोषणा र कारवाही गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन (भ्याकेट) दर्ता गरेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी...

जगदम्बा कारखानामा आगलागी हुँदा २ भारतीय मजदुरको मृत्यु

बारा, ५ असार । बाराको जगदम्बा कारखानामा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । जीतपुरसिमरास्थित जगदम्बा स्टील्समा शनिबार राति पेट्रोल र डजेल भण्डारण गर्ने ट्यांकी वेल्डिङ गरिरहँदा आगलगी भएको...

उदयपुरको भुल्केका थप ८ जनामा कोरोना पोजेटिभ, बीपी प्रतिष्ठानमा पुनः परीक्षण हुँदै

विराटनगर, ९ वैशाख-एकसाथ १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के गाउँका थप ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उदयपुरबाट गत शनिबार संकलन गरी विराटनगर ल्याएको ६९ जनाको...

अन्तःशुल्कको स्टिकरसहित व्यापारी पक्राउ प्रकरण, १९ लाख ८८ हजार धरौटिमा रिहा

विराटनगर । एक पटक प्रयोग भइसकेको अन्तःशुल्कको स्टिकर पुनप्र्रयोग गरेर राज्यलाई कर छली गरेको आरोपमा पक्राउ परेका व्यापारी मोरङको धनपालथान गाउँपालिका – ४ का ४८ वर्षीय सुनीलकुमार राजवंशी झण्डै २० लाख रुपैयाँ धरौटिमा रिहा भएका...

पाँचथरको पहिरोमा परी २१ को मृत्यु, मिक्लाजुङका मात्रै १५ जनाको ज्यान गयो

पाँचथरमा पहिरामा परी २१ जनाको मृत्यु भएको छ । हिजोदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २१ जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता छन् । यस्तै ६ जना घाइते भएका छन् । प्रमुख...

पार्टी कमिटीहरू तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै...

विद्यार्थीले प्रवेशपत्र देखाएर कोभिडविरुद्धको खोप लगाउन पाउने

काठमाडौं, २७ साउन । प्रवेशपत्रका आधारमा परिक्षार्थी विधार्थीले कोभिड-१९ विरुद्धको खोप प्राप्त गर्ने भएका छन् । संयुक्त विद्यार्थी संगठनले परिक्षार्थीलाई अनिवार्यरुपमा खोपको व्यवस्था गर्न माग गरेपछि स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो । खोप महाशाखा...

प्रदेश १ मा संक्रमितको संख्या ५३३ पुग्यो

विराटनगर, असार १३–प्रदेश नं. १ मा शनिबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मोरङको बुढीगंगा गाउँपालिकाका १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्