एमालेको केन्द्रीय कमिटी अद्यावधिक, निर्वाचन आयोगमा पुग्यो २६० केन्द्रीय सदस्यको विवरण

 न्यूज विराट
एमालेको केन्द्रीय कमिटी अद्यावधिक, निर्वाचन आयोगमा पुग्यो २६० केन्द्रीय सदस्यको विवरण

काठमाडौं, भदौ १ । सरकारले राजनीतिक दल बिभाजन सम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गर्ने निर्णय लिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा विवरण पेस गरेको छ ।

एमालेले आजै निर्णयको आधिकारिक माइन्युटसहित आधिकारिक बिवरण आयोगमा बुझाएको हो ।

एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र सदस्य बाबुराम दाहालसहितको टोली आज दिउँसो निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको हो । यसअघि २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा अब २६० सदस्यीय रहने गरी पार्टीको निर्णय पठाइएको छ ।
२०३ जनामध्ये ४ जनाको निधन भएको र प्रकाश ज्वाला निष्काशनमा परेकाले २६० जनाको विवरण निर्वाचन आयोगमा पठाइएको एमालेले जनाएको छ ।

एमालेले नेकपा एकीकरणसँगै थपिएका सदस्यसहित २६५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ ।

सो कमिटीलाई हालै सर्वोच्च अदालतले पनि मान्यता दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बिगतमा आफैले प्रतिगामी कदम भनेको तथ्य भुलेर संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न पाउनेगरी अध्यादेश पारित गरे लगत्तै एमालेले केन्द्रीय कमिटीको विवरण अद्यावधिक गरेको हो ।

अब एमाले विभाजनका लागि माधव नेपाललाई कम्तीमा ५२ जना केन्द्रीय सदस्य आवश्यक पर्छ । यो संख्या जुटाउन माधवलाइृ मुस्किल पर्ने बताइएको छ ।

सम्बन्धित समाचार

पूर्णता नपाउँदासम्म थारू आयोगका क्रियाकलापले गति लिन नसक्ने

काठमाडौं, २३ असार-थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगले पूर्णता नपाउँदासम्म आयोगका क्रियाकलापलाई गति दिन नसकिने बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको मंगलबारको बैठकमा सरकारले थारू आयोगलाई पूर्णता नदिएकाले आयोगका क्रियाकलापलाई गति...

भगत परिवारको घर भत्काएपछि रतुवामाईका मेयर विवादित, मेयरविरुद्ध खनिए स्थानीय राजनीतिक दल

विराटनगर, बैशाख २३–मोरङको रतुवामाई नगरपालिकाका मेयर रवीनले राई स्थानीय गंगाप्रसाद भगतले बनाउँदै गरेको घर भत्काइदिएपछी विवाद सुरु भएको छ । रतुवामाई–५ गोविन्दुर बजार स्थित भगतको आधा बनिसकेको घर मेयर राई आफै पुगेर भत्काइदिएपछी विवाद सुरु...

टी – २० क्रिकेट प्रतियोगिता, सुदूरपश्चिम र एपिएफ विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपिएफ विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जितसँगै...

ओलीलाई जवाफ दिँदै प्रचण्डले पेस गरे राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ कात्तिक-लामो विवाद र रस्साकस्सीपछि शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२ पेज लामाे राजनीतिक प्रतिवेदन पेस गरेका छन् । सो प्रतिवेदनमा पार्टीभित्रका अन्तरविरोध र विवाद समाधानबारे उल्लेख गरिएको बताइएको...

कोरोनाबाट ७ जनाको मृत्यु

काठमाडौं, २ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट देशभर निधन हुनेको संख्या ११४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका...

नक्कली प्रह रीबनेर पैसा असुल्ने ३ जना पक्राउ

धनगढी, माघ २९–कैलालीको धनगढीमा नक्कली प्रहरी बनेर रकम असुल्ने ३ जना पक्राउ परेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका–१ घर भई धनगढी उपमहानगरपालिका– ७, मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालिका–५, हसनपुरका ३५ वर्षीय...

सोलुखुम्बुकाे तापक्रम माइनस १३ मा झर्‍याे, ७० प्रतिशत मानिसले गाउँ छाडे

सोलुखुम्बु, १० माघ । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झरेको छ । यहाँका बासिन्दा घरबाट खासै...

झापाकाे काँकरभिट्टास्थित जुत्ता कारखानामा भीषण आगलागी

विराटनगर, २० माघ । झापाकाे काँकरभिट्टामा रहेको एक जुत्ता कारखानामा आगलागी भएकाे छ । मेचीनगर- ६ काँकरभिट्टाकाे एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको हाे । आगलागी नियन्त्रणकाे प्रयास भइरहे पनि नियन्त्रण हुन सकेकाे छैन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्