मोरङका २१ वटा सामाजिक संस्थाद्वारा भूमी सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय फिर्ता लिन माग

 न्यूज विराट
मोरङका २१ वटा सामाजिक संस्थाद्वारा भूमी सम्बन्धी  समस्या समाधान आयोग खारेजीको निर्णय फिर्ता लिन माग

विराटनगर, ३२ साउन । मानव अधिकार एलाइन्स मोरङले भूमी संवन्धि समस्या समाधान आयोग खारेजीको निर्णयले आवासको हक, दलितको हक र सामाजिक न्यायको हकको सुनिश्चिततालाई अन्यौलता तर्फ लगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत ज्ञापनपत्र बुझाउँदै भूमी संवन्धि समस्या समाधान आयोग खारेजीको निर्णयले मानव अधिकार र सामाजिक न्याय विरुद्धको कार्य भएको भन्दै निर्णय तत्काल फिर्ता लिई भूमीहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीका आधारभुत मानव अधिकारको सम्मान गर्न माग गरिएको छ ।

मानव अधिकार एलाइन्स मोरङमा आबद्ध इन्सेक, नेपाल भूमीहिन सुकुम्वासी संगठन, नेपाल उत्पिडित जातिय मुक्ती समाज सहितका २१ वटा सामाजिक संस्थाका तर्फबाट मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य अर्जुनराज अधिकारी, मोरङ अध्यक्ष खिलाराज निरौला लगायतले सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेललाई ध्यानाकर्षण गराउनु भएको थियो ।

एलाइन्सले दार्जुला जिल्लाका जयसिंह धामी महाकाली नदी तर्नेक्रममा भारतीय सुरक्षाकर्मीबाट तुईन काटी महाकाली नदमिा खसेको घटनाको छानवीन गर्नु माग गरेको छ ।

यस्तै स्थानीय तहमा पीसीआर परीक्षण गर्ने तथा महामारी फैलन नदिन प्रभावकारी कार्यका साथै खोपको सुनिश्चितता, संक्रमणकालिन न्यायलाई चाँडो व्यवस्थापन गर्न तथा दण्डहिनताको अन्त्यका लागि प्रभावकारी कदम चाल्न, अफगानस्तानमा भएका नेपालीहरुको सुरक्षामा शिघ्र ध्यान दिन एलाइन्सले माग गरेको छ ।

सम्बन्धित समाचार

सौन्दर्य कला ब्यवसायी संघ विराटनगरमा गठन, अध्यक्षमा जुली प्याकुरेल

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरमा गठन भएको छ । विराटनगरमा आज भएको सौन्दर्यकर्मीहरूको भेलाले जुलि प्याकुरेलको अध्यक्षतामा सात जनाको कमिटि गठन गरिएको छ । समितिको उपाध्यक्षमा आशा पाण्डे, सचिबमा हिरा प्रधान र कोषाध्यक्षमा...

मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए:मुख्यमन्त्री राई

नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नोसँगै अन्य पार्टीहरुमा पनि मन्त्री बन्न मरिहत्ते गर्ने प्रवृत्ति बढेको बताएका छन् । शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा राईले प्रदेश सरकारबारे...

मैथिल ब्राह्मण महासभाले वितरण गर्यो स्वाथ्य सामग्री

जनकपुरधाम, १३ धदौ–मैथिल ब्राह्मण महासभाले धनुषा जिल्लाको विभिन्न स्थानका ब्राह्मणहरुलाई कोरोनाबाट बच्न आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ । अन्यदेश सरह नेपालमा पनि कारोना संक्रमण बढीरहेको बेला संक्रमणवाट बच्न महासभाका संगठनमा रहेका पदाधिकारीका साथै अन्य...

दैनिक पत्रिकाको छापा संस्करण बन्द गर्न मिडिया सोसाइटीको आह्वान

नेपाली मूलधारका प्रकाशन गृह र स्याटेलाइट टेलिभिजनको छाता संगठन नेपाल मिडिया सोसाइटीले दैनिक पत्रिकाको छापा संस्करण तत्कालका लागि बन्द गर्न आह्वान गरेको छ । विश्वाव्यापी रूपमा फैलिएको कोविड–१९ को प्रकोप नेपालमा पनि बढ्न थालेपछि सोसाइटीले यस्तो आह्वान...

मोदीले १ करोड बढीलाई रोजगारी दिने विशेष आयोजनाको उद्घाटन गर्ने

एजेन्सी, असार १०-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले सुरु गर्न लागेको विशेष रोजगार आयोजनाको यही जुन २६ मा उद्घाटन गर्ने भएक छन् । भारत सरकारले सो आयोजना कोभिड १९ पछिको अवस्थामा यहाँका कम्तीमा पनि १...

काठमाडौंबाट मजदुर लिएर उदयपुर आउँदै गरेको बस बर्दिबासमा दुर्घटना, एकजनाको मृत्यु

काठमाडौंबाट मजदुर र विद्यार्थी लिएर उदयपुर आउँदै गरेको बस बर्दिबासमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बर्दिबास–३ पाटु भन्ने ठाउँमा बा३ख ४०३६ नम्बरको बस पल्टिएको इलाका प्रहरी कार्यालय...

प्रदेश २ का विभिन्न ठाउँमा दीपावली

जनकपुर, ११ वैशाख-मधेस केन्द्रित राजपा र समाजवादी पार्टीबीच एकता भएपछि प्रदेश २ का विभिन्न स्थानमा दीपावली गरिएकाे छ । लकडाउनका बाबजुद जनता-समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले दीपावली मनाएका हुन् । सप्तरीको राजविराजस्थित गजेन्द्र चोक र...

चट्याङ लागेर बालिकाको मृत्यु

भोजपुर, १ असार-भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका-३ मा चट्याङ लागेर १ बालिकाको ज्यान गएको छ । जिल्लाको टेम्केमैयुङ गाँउपालिका-१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्