प्रदेश १ मा ७६९ संक्रमित थपिए, ५ जनाको मृत्यु

 न्यूज विराट
प्रदेश १ मा ७६९ संक्रमित थपिए, ५ जनाको मृत्यु

विराटनगर, २९ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ र १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापामा १३६, सुनसरीमा १०८, मोरङमा १०४, धनकुटामा १२, इलाममा ११, ते¥हथुममा ५, संखुवासभा र भोजपुरमा ४–४, उदयपुरमा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा २९, विर्तामोडमा २६, भद्रपुरमा २४ सुनसरीको इटहरीमा ५५, धरानमा ४१ मोरङको विराटनगरमा ४१, बेलबारीमा १८, उर्लाबारी र पथरीशनिश्चरेमा १३–१३, बुढीगंगा र मिक्लाजुङमा ४–४, लेटाङ, सुन्दरहरैचा र ग्रामथानमा २–२, केराबारी, कानेपोखरी, रंगेली, रतुवामाई र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ६७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा ३ सय महिला र ३७५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

भेरासेलको दोस्रो डोज आजदेखि, कहाँ गएर लगाउने ?

कोरोना भाइरसविरूद्धको भेरासेल खोपको दोस्रो डोज आजदेखि लगाइने भएको छ । काठमाडौं तथा काभ्रेमा आजदेखि भेरासेलको दोस्रो डोज लगाउन लागिएको हो । यसअघि कोरोना भाइरसविरूद्धको खोपको पहिलो डोज लगाएकालाई भेरासेलको दोस्रो डोज लगाइन लागेको हो ।...

अब ३३ ठाउँबाट काेराेनाकाे पीसीआर परीक्षण हुने

काठमाडाैं, १३ असारस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड–१९ को पीसीआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ ।कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न लागिएकाे मन्त्रालयका इन्सिडेन्ट कमाण्ड...

कुलमानविरुद्ध परेको मुद्दामा मिसिल कागज झिकाउन सर्वोच्चको आदेश

काठमाडौं, भदौ ८ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्ति गर्ने सरकारको निर्णय गैरकानुनी भएको भन्दै हितेन्द्रदेव शाक्यले दर्ता गरेको रिटमा सर्वोच्चले मिसिल कागज झिकाउन आदेश दिएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर...

व्यवस्थापन संकायमा अब्बल मेरिल्याण्ड, विद्यार्थीको रोजाइमा पर्दै कलेज

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एक हो, विराटनगर – ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी व्यवस्थापन...

निजी विद्यालयलाई शिक्षा मन्त्रालयले भन्यो : आफूखुसी शुल्क नलिनुहोस्   

काठमाडौं, ८ असार-निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुसी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्नरनगराउन अनुरोध गरेको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी...

दाइजोविरुद्ध अभियान थालेका साजिद सङ्कटका सारथि बन्दै

जनकपुरधाम, ८ वैशाख-जनकपुरधामका एक मुस्लिम युवकको समाजसेवाबारे निकै चर्चा भइरहेको छ । लकडाउनका बेला गरिबलाई राहत दिने नाममा सरकारी पक्ष उदासीन रहेको वेला स्थानीय समाजसेवीले गरिबको पीडामा मलहम लगाउन काम गरेका छन् । कोरोना भाइरसका...

३ जिल्लामा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्दै

काठमाडौं, २४ साउन-आगामी १५ वर्षको पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरी कम्तीमा १ महिनालाई पर्याप्त हुनेगरी चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्ने भएका छन् । चालू आर्थिक वर्ष २०७७/७८ मा नै...

आरडीटी पोजिटिभ देखिएकी वीरगञ्जकी युवतीको मृत्यु

जनकपुर, १४ वैशाख-आरडीटीमा पोजिटिभ देखिएकी पर्साको वीरगञ्जकी १ युवतीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आज बिहान मृत्यु भएको हो । ब्लडक्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्