देउवा निवास अगाडि प्रमुख सचेतक कार्कीको नेतृत्वमा प्रदर्शन

 न्यूज विराट
देउवा निवास अगाडि प्रमुख सचेतक कार्कीको नेतृत्वमा प्रदर्शन

विराटनगर, २८ साउन । विधि सम्मत ढंगले तोकिएकै समयमा महाधिवेशन गर्न र फर्जी क्रियाशील सदस्य खारेजीको माग गर्दे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर युवा कांग्रेस नेता विद्यार्थीले प्रदर्शन गरेका छन् । युवाको नेतृत्व १ नम्बर प्रदेश प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्की थिए ।

बुढानिलकण्ठमा प्रधानमन्त्री तथा कांग्रेस सभापपित देउवा निवास अगाडि प्लेकार्ड प्रदर्शन गर्दै प्रदर्शन भएको हो । प्रमुख सचेतक कार्कीले भने,“समयमै महाधिवेशन गर्न र पार्टीलाई अनिर्णयको बन्दी नबनाउन माग गर्दै हामीले लोकतान्त्रिक पार्टीलाई बचाउन भनेका हौं ।” कार्कीले पार्टीलाई विभिन्न माध्यमबाट पटक पटक महाधिवेशन वैधानिक तवरले गर्न माग हुँदै आएको सुनाए ।

कांग्रेसलाई संवैधानिक संकटबाट जोगाउन समयमै महाधिवेशन गराउनुपर्ने, विधान मिच्न नपाइने, संविधान मिच्न नपाइने नारा लेखिएका प्लेकार्ड युवा नेता तथा विद्यार्थीले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले फर्जी क्रियाशील सदस्यता खारेजीको माग गरेका छन् ।

सम्बन्धित समाचार

जेठानलाई मन्त्री बनाएपछि वकिलले उठाए प्रधानन्यायाधीशबिरुद्ध महाभियोगदेखि आन्दोलनसम्मका मुद्धा

काठमाडौं, असोज २३ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका जेठान गजेन्द्र हमाल मन्त्री बनेपछि कानुन व्यवसायीहरु न्यायपालिका स्वतन्त्र नरहने निश्कर्षमा पुगेका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विस्तार गरेको मन्त्रिमण्डलमा हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त...

थप एक जनामा कोरोना संक्रमण

काठमाडौं, २१ वैशाख-नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।...

काेराेना संक्रमितलाई ल्याउन खोज्दा स्थानीयको विरोध

बुटवल, ७ जेठ-कोरोनाको इपीसेन्टर बनेको बाँकेको नरैनापुरमा रहेका कोरोना संक्रमितलाई नेपालगञ्ज ल्याउने तयारी गरिए पनि स्थानीयले विरोध जनाएका छन् । नरैनापुरमा सोमबार संक्रमण पुष्टि भएका ५७ जनामध्ये ३४ जनालाई कोहलपुरको कृषि विकास बैंकको तालिम केन्द्रमा...

सशस्त्र प्रहरी बल रानीका डिएसपी तानिए, विराटनगरको सीमा नाकामा कडाइ

विराटनगर । सशस्त्र प्रहरी बल मोरङको विराटनगर रानी प्रस्तावित सीमा सुरक्षा गुल्मका डीएसपी तानिएका छन् । रानी नाकाका डीएसपी ऋषिकेश राउतलाई सशस्त्रको नं. १ बराह बाहिनीमा तानिएको हो । बराह बाहिनी प्रमुख डीआईजी कुमार न्यौपानेले...

विराटनगर महानगरको कार्यपालिकामा एमालेको बहुमत

विराटनगर, २१ जेठ । विराटनगर महानगर कार्यपालिकाको शनिबार भएको निर्वाचनमा सत्ता गठबन्धन पराजित भएको छ । सत्ता गठबन्धनसँग निर्वाचत जित्ने गणित भएपनि पराजित भएको हो । कार्यपालिका निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस र जसपाले गठबन्धन...

अरनिको कलेजका २३ औं ब्याजका विद्यार्थी विदाई

विराटनगर । विराटनगर – १० मा रहेको अरनिको आवसिय माविले कक्षा १२ का विद्यार्थीलाई बिदाई गरेको छ । कलेजमा अध्यनरत २३ औं ब्याचको विद्यार्थीहरुलाई विराटनगरको कञ्चनजङ्गा होटेलमा शनिबार एक कार्यक्रम आयोजना गरी मायाँको चिनो प्रदान...

लहानमा फेरि सुनचाँदी व्यवसायीको घरमा लुटपाट

सिरहाको लहानमा सुनचाँदी व्यवसायीको घरमा लुटपाट भएको छ । लहान-२३ मा सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मा हत्या र लुटपाट घटनाको ३६ घण्टा पनि नबित्दै लहान-७ मा फेरि लुटपाट भएको हो । लहान-७ का सुनचाँदी व्यसायी राजेश...

अर्बौंको भुक्तानी रोकिएको भन्दै मोरङका निर्माण व्यवसायी आन्दोलित (भिडिओ)

विराटनगर । असार मसान्त भइसक्दा पनि निर्माण व्यवसायीहरूको अर्बौ भुक्तानी रोकिएको भन्दै मोरङका निमार्ण व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल सरकारबाट म्याद थपको विषयमा भएको त्रुटीपूर्ण आदेशको विरोध गर्दै निमार्ण सम्पन्न भएको आयोजनाको भुक्तानी राज्यले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्