शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी हो– प्रहरी महानिरीक्षक

 न्यूज विराट
शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी हो– प्रहरी महानिरीक्षक

विराटनगर, २८ साउन । शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताएका छन् । नव निर्मीत जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवन, तथा आवास गृहको उदघाटन गर्दै प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको हाता भित्र आज बिहान भएको भवन उद्घटान कार्यक्रममा बोल्दै वाहाले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै, नयाँ भवन संग संगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथी प्रहरी महानिरीक्षक थापाले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरेका थिए । कार्यक्रममा बोल्दै सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले उचित बासस्थानको भरपर्दो ब्यबस्था बिना नै काम कारवाही गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले सुरक्षित बासस्थान प्राप्त भए संग संगै अब थप हौशलाका साथ काम कारवाही गर्ने र बिबिध अपराधीक घटना नियन्त्रणमा थप बल पुग्ने धारणा ब्यक्त गरे ।

यसैगरी ईनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले बिकास निर्माणको पहिलो आधार भनेकै शान्ति सुरक्षा रहेको हुँदा आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवार रहेको नेपाल प्रहरी साधन श्रोतले सम्पन्न भएमा मात्र जन चाहाना बमोजिमको सुरक्षा प्रदान गर्न सक्ने हुँदा यस्ता किसिमका सुबिधा सम्पन्न नव निर्मित भवनले केही हद सम्म सहयोग गर्ने बताए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बीसीले भौतिक पुर्वाधारको अभाव र अपर्याप्ताले प्रहरी सेवाका कार्यहरुमा प्रतक्ष्य असर पर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भए संग संगै नागरीक सेवामा अब बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाढी बढ्न नव निर्मित भवनको योगदान रहने बिश्वास ब्यक्त गरे ।

२४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई यस्ता भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको साँढे २ तले कार्यालय भवन तथा तिन तले आवास गृह ९ करोड, ७० लाख, ७२ हजार, ३२० रुपैयाँको कुल लागतमा निर्माण सम्पन्न भएको भएको हो ।
उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, नागरीक समाजका प्रतिनिधीहरु, बिभिन्न महिला संजाल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मीहरुका साथै स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

कांग्रेस प्रदेश समिति सदस्य रहेका बुढीगंगाका शिव कोइराला बालिका बलात्कारको आरोपमा पक्राउ

विराटनगर, २ माघ । बालिकालाई बलात्कार गरेको आरोपमा नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् । नेपाली कांग्रेस प्रदेश १ समितिका सदस्य रहेका मोरङको बुढीगंगा गाउँपालिका–२ का ५० वर्षीय शिव कोइरालालाई प्रहरीले १० वर्षीया बालिकालाई बलात्कार...

प्रदेश १ को आगामी आर्थिक वर्षको बजेट कोरोना नियन्त्रणमा केन्द्रित हुने

विराटनगर, १४ जेठ-आगामी आर्थिक वर्षको बजेट कोरोना नियन्त्रण, आर्थिक गतिविधिलाई पुनर्जागरण गर्ने, राहत र पुनर्स्थापनामा केन्द्रित हुने भएको छ । बुधबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत...

एपिएफ विराटनगरमा जारी मिल्स गोल्डकपको फाइनलमा

विराटनगर, ११ चैत । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) पूर्वाञ्चाल फाइनलमा प्रवेश गरेको छ । विराटनगर– १६ स्थित जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एलेभेन एरोज क्बल दुहबी...

प्रधानमन्त्री‍ ओलीले डाके सर्वदलीय बैठक

काठमाडौं, १३ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार अपरान्ह ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सर्वदलीय बैठक डाकिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले सर्वदलीय बैठक...

माधव पक्षलाई ओलीको आग्रह- आममाफी भयो, आउनुस् मिलेर काम गरौँ

काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षतर्फ लक्षित गर्दै उनीहरू पार्टीमा आए आममाफी दिने बताएका छन् । ओलीले सँगै मिलेर काम गर्नेसमेत बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा...

विराटनगरको बाटा रोडमा लागो आगो, एकघण्टापछि नियन्त्रणमा

विराटनगर । विराटनगर ९ बाटा रोडको मुख्य चोकको बिजुलीको पोलमा तार सर्ट भएर आगजनी भएको छ । आज झास अम्बिका वास्त्रालय अगाडी बिजुलीको पोलमा लागेको हो । पोलमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको हो...

प्रदेश १ मा आज एकैदिन ८३९ संक्रमित थपिए

विराटनगर, १ साउन । प्रदेश १ मा आज ८३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, संखुवासभा र ते¥हथुममा ४–४, पाँचथरमा ३,...

सौन्दर्यकर्मी युनियन विराटनगरको अध्यक्षमा भली सुब्बा गुरूङ

विराटनगर । रााष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटि विराटनगरको अध्यक्षमा भली सुब्बा गुरूङ्ग निर्विरोध निर्वाचित भएकी छिन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरको चौथो अधिवेशनले सुब्बालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । मंगलबार सम्पन्न भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्