विराटनगर, २५ साउन । मोरङको बेलबारीमा जारी निषेधाज्ञा (लकडाउन) एक हप्तासम्म लम्बिएको छ ।
कोरोनाको संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जानथालेपछि नियन्त्रणका लागि जारी गरिएको लकडाउन एक हप्ताका लागि थप्ने कोरोना रोकथाम नगरस्तरीय समन्वय समितिको बैठकले निर्णय गरेको हो ।
नगरभरि साउन २५ गतेदेखि ३२ गतेसम्म लकडाउन रहनेछ । लकडाउनको समयमा स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण उद्योग पसल कलकारखाना, निजी तथा सरकारी कार्यालयहरू र बंैक वित्तीय सस्थाहरु बन्द रहने छन् ।
नगरपालिकाले लकडाउनको पालना गर्न सबै नगरवासीमा आग्रह गरेको छ । स्वास्थ्य शाखाका प्रमुख एवम् कोरोना फोकल पर्नन सन्तोष विश्वकर्माले दिएको जानकारी अनुसार बेलबारीमा सक्रिय संक्रमितको संख्या ६ सय ७४ रहेको छ भने २९ जनाको मृत्यु भइसकेको बताएका छन् ।