विराटनगरमा जसपा ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण

 न्यूज विराट
विराटनगरमा जसपा ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण

विराटनगर, २३ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारीकता उपेन्द्र यादव समुहले पाएपछि जिल्ला तहमा पनि त्यसको असर परेको छ । यादवले आधिकारीकता पाएपछि महन्थ ठाकुर र राजेन्द्र महतो समुह अहिले मधेश दौडाहमा छन् । उनीहरुले तराईका जिल्ला जिल्लामा कार्यकर्ता भेला गरिरहेका छन् ।

शनिबार ठाकुर महतो पक्षको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण प्रदेश राजधानी विराटनगरमा सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य अमरेन्द्रकुमार साहको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम गरिएको हो ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि उत्पन्न अवस्थाबारे कार्यकर्तालाई जानकारी दिन कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरिएको हो ।

ठाकुर पक्ष केन्द्रीय सदस्यहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम गरिएको हो । सो बिषयमा जानकारी दिदै पार्टीका जिल्ला अध्यक्ष मोहम्मद कादिरले प्रशिक्षणका क्रममा आएका अगुवा कार्यकर्तालाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपरेको आवश्यकताका बिषयमा प्रष्ट्याइएको बताए ।

यस्तै उपेन्द्र यादव पक्षले मधेश र मधेशीलाई भ्रमित गर्न खोजिरहेकाले उनको बिषयमा समेत भण्डाफोर गरिएको बताए । सो अवसरमा बोल्दै पार्टीका केन्द्रीय सदस्य लक्ष्मण साहुले निर्वाचन आयोगको निर्णयका बिषयमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेकाले आफुहरु अहिले पनि जनता समाजबादी पार्टीमै रहेको बताए ।

उनले पार्टीका शीर्ष नेताहरुबीच सैद्वान्तिक लाइनमा मात्र विवाद रहेको बताए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तबरेज हक, शंकर साह, हिरा मण्डल, प्रदेश मजदुर अध्यक्ष राजु राजवंशी, प्रदेश सचिव माधव राजवंशी र ट्रेड युनियनका जिल्ला अध्यक्ष बब्लु श्रेष्ठ लगायतले बोल्लेका थिए । पार्टीको केन्द्रीय सर्कुलर अनुसार कार्यक्रम गरिएको अध्यक्ष कादीरले बताए ।

सम्बन्धित समाचार

एनआईसी एशियामा मुद्दती खाता खोल्दा २१ लाखको थप बीमा सुविधा

काठमाडौं, फागुन १९–एनआईसी एशिया बैंकले उच्च ब्याजदरसँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा भएको मुद्दती निक्षेप खाता सञ्चालनमा ल्याएको छ । बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाताअन्तर्गत त्यस्तो सुविधा थप गरेको हो । उच्च ब्याजदर...

प्रदेश १ मा १०६ सक्रमित थपिँदा ११९ डिस्चार्ज

विराटनगर, १० असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले...

कोरोना संक्रमणबाट विराटनगरमा दुई जनाको मृत्यु

विराटनगर, १५ वैशाख । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मोरङ र झापा घर भएका संक्रमित पुरुषको बुधबार विहान मृत्यु भएको हो । मोरङको...

आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं, २२ असोज । दशैँको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैँ घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । ब्रह्मचारिणी देवीको पूजा आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति...

काठमाडौं उपत्यकामा थपिए १२०७ कोरोना संक्रमित

काठमाडौं, २८ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार संक्रमित पुष्टि हुनेमा ५ सय २६ महिला र ६...

प्याब्सन लोकनृत्य प्रतियोगिता : सिद्धार्थ र बालप्रतिभा स्कुललाई उपाधि

विराटनगर । प्याब्सन लोकनृत्य प्रतियोगिता : सिद्धार्थ र बालप्रतिभा स्कुललाई उपाधिन जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि मोरङ सुन्दरहरैचास्थित सिद्धार्थ सेकेण्डरी स्कुल र बालप्रतिभा स्कुलले जितेको छ । प्याब्सन मोरङले विराटनगरमा आइतबार सम्पन्न गरेको जिल्ला स्तरीय...

पश्चिमाञ्चल अस्पतालमा स्यानिटाइजर टनेल, ५ सेकेन्डमा होलबडी स्प्रे

पोखरा, ८ वैशाख-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न ठाउँमा स्वचालित स्यानिटाइजर टनेल सञ्चालनमा ल्याएको छ । महानगरले यसै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पूर्वपट्टिको गेटमा...

प्रहरीलाई सफलता, विराटनगरबाट १८९ केजी गाँजासहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बोकेका दुईवटा कारसहित चारजनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । सोमबार राती छुटा छुट्टै दुई स्थानबाट १८९ केजी गाँजा सहित चार जनालाई पक्राउ गरेको हो । लागु औषध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्