कक्षा १२ को परीक्षा स्थगित

 न्यूज विराट
कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, २३ साउन ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए ।

महामारीको परिस्थिति अनुकूल भएपछि परीक्षा संचालन गर्ने निर्णय आज बसेको बोर्ड बैठकले गरेको छ । फेरि परीक्षा गर्नेबारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा महीनामा भएको थियो । परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयले सीसीएमसी र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो ।

बोर्डले आगामी श्रावण ३१ गतेबाट १२ कक्षाको परीक्षा सञ्चालन हुने भनेर सूचना निकालेको थियो । तर, कोरोना संक्रमण फेरि बढ्न थालेको भन्दै परीक्षा रोक्न सामाजिक सञ्जालमार्फत बोर्डलाई दवाव परिरहेको थियो । पौडेलका अनुसार कोभिडको परिस्थितिलाई आँकलन गरेर भविष्यमा अर्को निर्णय हुनेछ । हाल वैकल्पिक विधिबाट परीक्षा लिनेबारे कुनै निर्णय भएको छैन ।

सम्बन्धित समाचार

उच्च अदालतको आदेशले कटहरी गाउँपालिकालाई बजार लगाउने बाटो खुल्यो

विराटनगर । लामो समयसम्म मोरङको कटहरी गाउँपलिका १ स्थित तरकारी तथा फलफूलको थोक तथा खुद्रा बजार सञ्चालन गर्न नसकेर प्रयोगविहीन भएको संरचनामा कटहरी गाउँपालिकाले साप्ताहिक हटिया लगाउने बाटो उच्च अदालत विराटनगरले खुल्ला गरिदिएको छ ।...

नेपाल कराते महासंघको दोस्रो वार्षिक साधारण सभा सकियो

विराटनगर । नेपाल कराते महासंघले आफ्नो दोस्रो वार्षिक साधारण सभा निजगढ, बारामा सफलतापूर्वक सम्पन्न गरेको छ। सभाले केही महत्वपूर्ण निर्णयहरू गरेको छ। साधरणसभामा कराते खेलाडी एरिका गुरुङलाई हिमालयन वारियर उपनामले सम्मानित गरिएको छ । राष्ट्रिय...

विराटनगर महानगरका जनप्रतिनिधिलाई दियो मोरङ व्यापार संघले २० बुँदे सुझाव

विराटनगर, ११ जेठ । विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई मोरङ व्यापार संघले स्वागत गरेको छ । एक कार्यक्रमको ओजना गरि संघले महानगरपालिकाका मेयर नागेश कोईराला, उपमेयर शिल्पा निराला कार्की, सवै वडाका वडाध्यक्षहरुलगायत सवै जनप्रतिनिधिहरुलाई स्वागत...

विराट राजाको दरबार उत्खनन्

विराटनगर, ८ माघ । मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन् भइरहेको छ । पुरातत्त्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिएअनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ । विराट...

जोगबनी नाकाबाट ८ हजार भित्रिए

विराटनगर, असार २५–नेपाल–भारतको विराटनगर–जोगबनी सिमानाका हुँदै हालसम्म ८ हजार बढी ब्यक्तिको आवागमन भएको छ । लकडाउन सुरु भएयता सो सिमा हुँदै ८ हजार ९३ जनाको आवागमन भएको छ । सो सिमानाका हुँदै हालसम्म ३ हजार...

मंगलबार नेपालमा ३८० जना कोरोना संक्रमित थपिए, ११७ जनाले जिते

काठमाडौं, असार २-मंगलबार नेपालमा ३८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका विभिन्न स्थानमा रहेका प्रयोगशालमा गरिएको नमुना परीक्षणका क्रममा ३८० जनामा कोरोना भाइरस संक्रमण...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यूवा किसान मोर्चा बिच चुनावी तालमेलमा हस्ताक्षर

विराटनगर, १० वैशाख ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यूवा किसान मोर्चा बिच स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएको छ । विराटनगरस्थित होटल विगमा शनिबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको उपस्थितिमा मञ्चका संघीय...

सूर्य ग्रहण ८:४२ देखि ११:३१ सम्म

काठमाडौं, पुस १०–आज खण्डग्रास सूर्य ग्रहण लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेटबाट सुरु हुने ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अवस्थामा रहनेछ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छाड्नेछ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्